arrow

इञ्जाद्धारा कारोनाबारे सचेतना फैलाउन संयन्त्र प्रयोग 

logo
प्रकाशित २०७६ चैत १० सोमबार
corona-save.jpg

भर्जिनिया । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा) व्यवस्थापन समितिको आइतवार बसेको बैठकले कोरोना भाइरसबारे सचेतना जगाउन र आवश्यकता अनुसार समुदायलाई सहयोग गर्न आफनो संसारभर रहेको संगठनलाई परिचालित गर्ने निर्णय गरेको छ ।
 
यसैगरी इञ्जाले नेपाल बाहिर रहेका नेपाली समुदायलाई भाषा अनुवाददेखि स्वास्थ सेवा आवश्यक पर्दा सम्वन्धित स्वास्थ निकायसंग समन्वय गरिदिनेसम्मका कामकालागि आफ्ना सदस्यहरुलाई परिचालित गर्ने निर्णय गरेको छ ।
 
कोरोना संक्रमणको समयमा सञ्चार माध्यम वा सामाजिक सञ्जालमा विभिन्न अफवाहहरु फैलिने गरेकोप्रति ध्यान केन्द्रित गर्दै इञ्जाले अफवाह नियन्त्रणका लागि अनुगमन गर्ने र सम्वन्धित निकायहरुसंग समन्वय गरी भ्रम निवारण गरेर यथाशक्य सही सूचना सार्वजनिक गर्न भूमिका खेल्ने निर्णय गरेको छ ।
 
अहिलेको वर्तमान अवस्था भनेकै सावधानी र सचेत रहनु हो र यस अवस्थामा समुदायलाई थप जनचेतनामुलक श्रव्यदृश्य सामग्रीहरुको निर्माणलाई इञ्जाले निरन्तरता दिने निर्णय गरेको छ ।
 
त्यस्तै इञ्जाले आफ्नो संगठनमा आवद्ध पत्रकारहरुलाई कोरोना भाइरस सम्बन्धि प्राप्त सुचनाहरुलाई अधिकतम जांच गरी सत्य, तथ्य र निश्पक्ष समाचारहरु सम्प्रेषणका लागि आग्रह समेत गरेको छ । 
 
विश्वभरी नै फैलिदै गरेको कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा भारी गिरावट आएको र रोगको संक्रमणबाट जोगिन कामकाजबाट टाढा रहनु परेका कारण समुदायको आर्थिक र मानशिक अवस्था क्रमस बिग्रदो रहेकोले यस अवस्थामा आआफ्नो कार्य क्षेत्रका सदस्यहरुका लागि सहयोगी भूमिका निर्वाह गर्न सरोकारवाला स्थानिय सामुदायिक संघ संंस्थाहरुलाई ईञ्जाले अपिलसमेत गरेको छ ।  
 
इञ्जाको मुख्य कार्यालय भर्जिनियामा भएको बैठकले उक्त निर्णय गरेको बरिष्ठ उपाध्यक्ष सुनिल मणि दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ