arrow

डोटीमा निषेधाज्ञा जारी

logo
प्रकाश बम, 
प्रकाशित २०७६ चैत १० सोमबार
Doti-hamrakura.jpg.jpeg

डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले मंगलबारबाट जारी हुनेगरी निषेधाज्ञा जारी गरेको छ । सोमबार एक सूचना जारी गर्दै प्रशासनले मंगलबार बिहान १० बजेबाट जारी हुनेगरी निषेधाज्ञा लगाएको हो ।

नोवेल कोरोना भाईरस (कोभिड–१९) को संक्रमणको जोखिम घटाउन निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 ‘भारतबाट फर्केका नेपाली नागरिकहरुको संख्या दिनप्रतिदिन बढ्दै गईरहेको, यसबाट संक्रमण बढ्नसक्ने सम्भावना बढ्दै गईरहेको देखिएकाले’ निषेधाज्ञा जारी गरिएको जनाईएको छ । निषेधाज्ञामा नेपाल राजपत्रमा तोएिका अत्यावश्यक सेवाहरु भने निर्वाध चल्नसक्ने सूचनामा उल्लेख छ ।

‘भोजनालय, खाद्यान्न तथा फलफुल एबं औषधि पसल लगायत अस्पताल तथा स्वास्थ्य केन्द्रहरु, मालसामान ओसार–पसार गर्ने ढुवानीका साधनहरु, सरकारी छापाखाना, सञ्चार सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी वितरण, पेट्रोलियम पदार्थको वितरण, फोहोरमैली संकलन र ढुवा एबं विद्युत सेवाबाहेकका अन्य सबै सेवामा’ निषेधाज्ञा लगाईएको सूचनामा उल्लेख छ ।

निषेधाज्ञाका समयमा अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कीन प्रशासनले आह्वान गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ