arrow

कोरोनाको संक्रमणबाट बच्न धनकुटा उबासंघको सचेतना अभियान

logo
प्रकाशित २०७६ चैत १० सोमबार
Untitled-111.jpg

धनकुटा । धनकुटेली जनतालाई कोरोना भाइरसको संक्रमणबाट बचाउनका लागी आज धनकुटा उद्योग बाणिज्य संघ ,धनकुटा नगरपालिका र छथरजोरपाटी गाउँपलिकाको संयुक्त आयोजनामा  हात धुने अभियान लगायत विभिन्न जनचेतना मुलक अभियान संचालन गरेको छ ।

 धनकुटा नगरपालिका र धनकुटा उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा धनकुटा र हिलेमा भएको कोरोना भाइरस विरुद्धको सचेतना अभियान अन्तर्गत १७ वटा चोक तथा सार्वजानिक स्थलहरुमा हात धुने स्थलको स्थापना गरिएको छ । 

उक्त हात धुने अभियानको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्गले धनकुटाको मदन चौक र चुवाको बोट चौकमा उद्घाटन गर्दै कोरोना भाइरसबाट बच्नका लागि सचेतना अभियान सबैले संचालन गर्नु पर्नेमा जोड दिए । 

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षतमा भएको  हात धुने स्थलको स्थापना कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग, उपाध्यक्ष खगेन्द्र विष्ट, महिला उपाध्यक्ष निर्मला राई श्रेष्ठ, महासचिव रामबहादुर तामाङ्ग, सचिव रामबहादुर राय, कोषाध्यक्ष रुपेश श्रेष्ठ, कार्यकारी सदस्यहरु उज्वल कर्माचार्य, रिदम श्रेष्ठ, रेजिना पलिखे, लिजा श्रेष्ठ, सुनिता थापा, रेवती प्रसाद अधिकारी, नगेन्द्र काफ्ले, डिजेस शाक्य, नविन श्रेष्ठ, नगेन्द्र काफ्ले, राम घिसिङ, महेन्द्र थापा, धनकुटा उद्योग बाणिज्य संघका कार्यालय प्रमुख सिचन प्रधान लगायतको सहभागीता रहेको थियो । 

यसैगरी हिले बजारमा भएको हात धुने स्थल स्थापना कार्यक्रमको उद्घाटन धनकुटा नगरपालिका वडा नं १ का वडाध्यक्ष निरन तामाङ्गले गरेका थिए । 

सो अवसरमा धनकुटा उद्योग  बाणिज्य संघका पूर्व अध्यक्ष लालचन्द्र गोङ्वा तामाङ्ग, हिले बजार व्यवस्थापन समितिका अध्यक्ष बुद्ध तितुङ्ग, समाजसेवी तथा व्यवसायीहरु भुपेन्द्र कटुवाल, समशेर गोङ्वा, दामोदर घिमिरे, नेपाल रेडक्रस सोसाइटी हिले शाखाका सभापति धिरेन थिङ, वितरक संघ धनकुटाका गोविन्द्र दाहाल, रमेश तिम्सिना लगायत सवै व्यवसायी तथा सर्वसाधारणहरुले समेत हात धुने अभियानमा सहभागी हुँदै अब सबै एकजुट भएर सवै क्षेत्रमा सचेतना कार्यक्रम संचालन गर्नु पर्ने बताए ।

यसैगरी धनकुटा उद्योग बाणिज्य संघ र छथर जोरपाटी गाउँपालिकाको संयुक्त आयोजनामा कोरोना भाइरसबाट बच्नको लागि हात धुने स्थलको स्थापना कार्यक्रम अन्तर्गत छथरजोरपाटी गाउँपालिकाको जोरपाटी बजार र सिधुवा बजारमा छथरजोरपाटी गाउँपालिकाका उपाध्यक्ष भिमकला श्रेष्ठले उद्घाटन गरेकी थिइन् । 

उक्त कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, छथरजोरपार्टी गाउपालिका वडा नं। ६ का वडाध्यक्ष दिल वहादुर थापा,धनकुटा उद्योग बाणिज्य संघ छथरजोरपाटी शाखाका अध्यक्ष शिव श्रेष्ठ, छथरजोरपाटी गाउपालिका कार्यालयका स्वास्थ्य शाखाका प्रमुख सुन्दरमान डंगोल, सिधुवा प्रहरी चौकीका इन्चार्ज दिलिप कुमार चौधरी, सिधुवा बजार व्यवस्थापन समितिका महासचिव ज्ञानेन्द्र कार्की, नविन श्रेष्ठ लगायत धनकुटा उद्योग बाणिज्य संघका पदाधकारी तथा सदस्यहरु र सिधुवा तथा जोरपाटी बजारका व्यावसायी तथा सर्वसाधारणहरुको सहभागीता रहेको थियो । 

धनकुटा उद्योग बाणिज्य संघ र छथरजोरपाटी गाउँपालिकाको आयोजनामा छथरजोरपाटी बजार र सिधुवाबाजरका गरी ७ स्थानमा हात धुने स्थलको स्थापना गरिएको छ । 

धनकुटा,हिले,सिधुवा,जोरपाटी भएको कार्यक्रम धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षतमा भएको कार्यक्रमको संचालन महासचिव रामबहादुर तामाङ्ग र सचिव रामबहादुर रायले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ