arrow

सीमा क्षेत्रमा सयौं नेपाली अलपत्र, गौरिफण्टामा लाठीचार्ज

मोहना पुलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी रोक्ने प्रयासमा, नेपालीहरु भागेर नेपालमा

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७६ चैत ११ मंगलबार
lockdown-nepal-gaurifanta.jpg

डोकेबजार । भारतको विभिन्न स्थानहरुबाट घर फर्केर  गौरीफन्टा नाका संगैको डोकेबजारमा अलपत्र अबस्थामा रहेका छन् । 

भारतबाट घर फर्कन नेपाल भारत सीमा नाका गौरीफन्टा भएर कञ्चनपुरको डोकेबजार पुगेका उनिहरु नेपालमा लक डाउन भएपछि सयौं नेपालीहरु सीमा क्षेत्रमा फसेका छन् । 

अलपत्र नेपालीहरु लकडाउनको अवज्ञा गर्दै नेपाल धनगढी तर्फ भित्रिन खोजेपछि लाठी चार्ज भएको छ । स्थिति नियन्त्रणमा लिन लाठी चार्ज गर्नु परेको बताइएको छ ।

नाकामा अलपत्र परेका सयौँ नेपाली सुरक्षा घेरा छिचोल्दै नेपाल प्रवेश गर्न थालेका छन्। उनीहरु दशगजा क्षेत्रबाट नेपाली भूमिमा प्रवेश गरिसकेका छन् ।

सीमा संगैको मोहना पुलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनीहरुलाई रोक्ने प्रयास गरिरहेको छ। यद्यपि कतिपय नेपालीहरु भने भागेर नेपाल प्रवेश गरिसकेका छन् ।

भारतका बिभिन्न प्रान्तबाट सोमबार साँझ  कञ्चनपुर कैलालीसंगै जोडिएको भारतीय नाका गौरीफन्टा र पश्चिमी नाका बनवासा गड्डाचौकी पुगेका सयौं नेपालीहरु लक डाउनका कारण नेपाल प्रबेश गर्न पाएका छैनन् । 

अलपत्र यात्रुहरुले रातभरी सीमामाको खुल्ला चौरमा रात गुजारेका थिए । सोमबार रातिदेखि आफुहरुले केही खान नपाएको गुनासो गरे ।

रातभर भोकै रहेका उनीहरुले नेपाल प्रवेश गर्न पाउनु पर्ने भन्दै सीमा क्षेत्रमा नाराबाजीसमेत गरिरहेका छन् । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले सीमामा रहेका नेपालीहरुको व्यवस्थापनका लागि पहल भईरहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ