arrow

‘टेष्ट्यूब बेबी’को पछि लाग्दाको विजोग

निदानकी डा मिरा भन्छिन, 'हामीले बेस्ट गरेको हो, सफलताको दर भने ५० प्रतिशत मात्रै छ'

logo
यमुना भण्डारी,
प्रकाशित २०७६ चैत ११ मंगलबार
nidan-hospital-dr-Mira-thap.gif

काठमाडौं । नेपालको बेरोजगारी समस्याले कहाँ–कहाँसम्म प्रभाव पारेको छ भनी साध्य नै छैन । तर, पछिल्लो समय बेरोजगारीले निम्त्याएको समस्या उजागर हुँदै गएको छ । 

बेरोजगारी समस्याले नेपालीका लागि यूरोप, अमेरिका पहिलो रोजाई हुने नै भयो । तर, अहिले सामान्य घर व्यवहार धान्नेदेखि आर्थिक अवस्था मजबुद बनाउन भन्दै खाडी मुलुक हानिनेको ओइरो छ । यद्यपि, यतिबेला कोरोना भाइरसको आतंकले त्यसमा अल्पविराम लागेको छ । 

पैसा कमाउने धुनमा विदेश लागेका अधिकांश महिला पुरुषमा प्रजनन क्षमता कम भएको पछिल्लो तथ्यले देखाएको छ । विकसित मुलुकमा कृषिमा आएको आधुनिकीकरण अर्थात् विजिय तत्वनै नभएका नपुंषक हाइब्रीड उत्पादनको सेवन र ठूलठूला कारखानामा शरीरले थेग्ने भन्दा बढी समय घोटिएर काम गर्नु तथा अत्याधुनिक मेसिनरीको विकिरण प्रभावले प्रजनन क्षमतामा प्रभाव पारिरेको छ । 

यो सँगै अन्य कारणहरु छन् । जस्तै, विदेश गएपछि नेपालीहरु एकोहोरो पैसा कमाउने ध्याउन्नमा लाग्दा उमेर घर्किन्छ । उमेर मात्रै होइन, खानपानमा ध्यान नदिँदा प्रजनन अंगहरुमा फेरफदल आउँछ । यो समस्या महिलामा अझ बढी देखिन्छ । 

कैलाली मालाखेतीको एक दम्पती अहिले ठूलो समस्यामा छ । मनिष सिंह र मालती शाह (नाम परिवर्तन) अहिले सन्तान नभएको मात्र हैन अस्पतालका कारण पनि तनावमा छन् । बस्नलाई उनीहरु लामै समय जापान बसे । श्रीमान ८ वर्ष, श्रीमती ६ वर्ष । २०६७ सालमा विवाह गरेपछि उनीहरु जापानमा सँगै बसे । तीन–चार वर्ष सन्तान जन्माउनेतिर ध्यान दिएनन्, उनीहरुले । नेपालमा हुँदा २ वटा बच्चा मिसक्यारेज भयो । पछि ट्युव ब्लक भएको थाहा भयो । 

जापानको टोकियोमा ट्युब खोलियो । दुईटा मध्ये एउटा ट्यूव खोलिएको थियो । यो प्रक्रियामा करिब एक डेढ वर्ष जापानमै बित्यो । पछि जापानमै चिकित्सकले आइभीएफ अर्थात् टेस्ट्यूव बेबीमा जान सल्लाह दिए । जापानबाट नेपालमा फर्कने भएपछि थप उपचार नेपालमै गर्ने निधो गरे, सिंह दम्पतीले । 

२०१९ को मार्चमा श्रीमान् र अगष्टको अन्तिमतिर श्रीमती नेपाल आएपछि आइभीएफ गर्न ललितपुरको पुल्चोकस्थित निदान हस्पिटल गए । निदानले ट्यूव खोलेका कारण नर्मलमा जानुभन्दा आइभीएफमै जान सुझाव दियो । 

सिंह दम्पती निदानले भनेअनुसार आइभीएफ गर्न तयार भयो र प्रक्रिया सुरु भयो । निदानले अण्डा बढाउने र अन्य औषधि दियो । त्यो बेला चिकित्सकले अण्डा कम भएपनि अवस्था राम्रो भएको भनेर ढाडस दिए । 

सन् २०१९ नोभेम्बर १ देखि ११ नोभेम्बरसम्म अण्डा विकसित भएको भनेर पाँच वटा अण्डा झिकियो । र, अण्डा झिकेको ३ दिनमा अण्डा राख्न बोलाएर दुईवटा राखियो भन्छिन्, मालती । तर, यहाँनेर चिकित्सकले कुरो घुमाए । पाठेघरमा कालो दाग देखिएको छ भनेर सुई लगाईयो । सिंह दम्पतीका अनुसार १० हजार दरका सूई लगाइएको थियो त्लियो बेला। 

कुरो त्यतिमै रोकिएन, त्यो बेला विभिन्न औषधि र सुई लगाईयो करिब एक हप्ता । र, गएको माघ १२ गते अण्डा राखियो । १० दिन औषधि र सुई दिइयो । र, बेड रेस्ट गर्न लगाइयो । र, त्यसको १० दिनपछि जाँदा रिजल्ट पोजेटिभ रहेको भनियो । 

र, त्यो बेला सिंह दम्पतीको खुसीको सीमा रहेन । घरमा लामो समयपछि सन्तान आउने भयो भन्दै मालतीको घर र माइतीतर्फ दुबैले खुसी साँटे । यद्यपि, त्यो खुसी धेरै दिन भने टिकेन । ५ दिनपछि नियमित चेकजाँचमा जाँदा रिजल्ट नेगेटिभ भनिएपछि, उत्साह निराशामा परिणत भयो । कारणः देखाइयो अण्डाको खराबी । रगत जाँच गर्दा पनि नेगेटिभ भनियो । र, डा. मिरा थापाको टोलीले अर्को विकल्पमा जानुपर्ने कुरा झिक्यो ।

कुरा थियो अलिक महँगो र जटिल प्रक्रियाको । पहिले नै अण्डाको खराबी भनिएका कारण सिंह दम्पती फेरि पनि निराश हुने डरले तयार भएन । पहिले राम्रो भनेर पछि गोलमाल जवाफ दिएका कारण सिंह दम्पती डाक्टरले दिएको विकल्पमा जान तयार मात्र हैन केही समय निर्णय पनि लिन सकेनन् । पछि डाक्टरलाई भेट्न खोज्दा त्यहाँ रहेका नर्ससँग विवाद नै भयो । बल्लतल्ल सम्पर्कमा आएपनि डाक्टरले परामर्श दिनुको साटो आफुहरुको संगठन लगाएर ठीक पार्ने धम्की दिएको गुनासो छ सिंह दम्पतीको। डाक्टरको धम्कीपछि अहिले पीडित न्याय खोज्दै छन् । 

डाक्टरदेखि स्टाफ सबैले पैसा नभए किन आएको आइभीएफ गर्न ? भनेर थर्काउनेदेखि प्रहरी लगाएर उपरान्त फोन नगर्न भनेको पीडितको गुनासो छ । हुँदाहुँदा पिडित महिलालाई डिप्रेसनमा गएको समेत आरोप लगाइयो । हाम्राकुराको कार्यालयमै आएर पिडित दम्पतीले यो कुरा सुनाएका थिए । 

के भन्छिन फ्याट्रिलिटी एण्ड ल्याप्रोष्कोपी सेन्टरकी डा थापा?
लगत्तै पीडितको यो गुनासो लिएर हामी निदान पुग्यौं । निकै समय कुरेपछि सी ब्लकको पाँचौं तल्लामा रहेकी डा. मिरा थापाले भित्र बोलाएर कुर्सीमा बसाइन् । कहाँबाट आएको सोधिन् । जवाफ सीधा थियो, हाम्राकुरा डटकमबाट। 

र, हामीले सोध्नु पहिल्यै उनले प्रश्न गरिन्– तपाइँहरुलाई कसैले पठाएको हो ? हामीले विनम्रतापूर्वक भन्यौ– डाक्टसा’व समाचार पत्रकार आफैँले खोज्ने हो । बिषय बाहिर आएपछि अर्को पक्षलाई समेत समेटेर समाचार बनाउन कसैले पठाउनु पर्छ । डा. मिरा मात्रै थिइनन् त्यहाँ त्रिवि शिक्षण अस्पतालबाट स्कलरसिप पाएका दुई जना अन्य पनि थिए । साथमा अण्डा बनाउने, डाक्टर पनि । 

हामीले निकै बेर धेरै खाले उदाहरण दिएपछि डाक्टरको टीमले सबै कुरा विस्तार लगायो । सिंह दम्पतीको बारेमा धेरै खुलेर नबोलेपनि आइभीएफ गरिएका मध्ये ५० प्रतिशत प्रोसिजर सक्सेस भएको उनले बताइन । उनले भनिन हामी सबैको सफल होस भन्ने नै चाहन्छौ तर सबैको सफल हुन्न यसमा हामीले सहानुभुती दिन बाहेक केहि गर्न सक्दैनौ । फेरि उपचार चाहेमा गर्न सक्छौ तर सम्भावना भने फिप्टी फिप्टी नै हुन्छ । 'उपचार सफल नभए पछि प्रसासन गुहारेर पैसा फिर्ता लिन दवाव दिएर त कसरी सम्भव हुन्छ ' उनले उल्टै प्रश्न गरिन । 

शुरुमा अण्डा राम्रो भएको भनेर पछि किन अण्डामाथि प्रश्न गरिएको बारेमा उनको प्रष्ट जवाफ थिएन । डा थापाले परामर्शमा सबैभन्दा बढी समय जान्छ भनेपनि विरामी पक्षले त्यसमै प्रश्न उठाएकोबारे उनले आफूहरुले सक्दो गरिरहेको दावी गरिन । मुख्य समस्या नै परामर्शमा रहेको आरोप लागेपनि डा थापाको टीम त्यसमा पुरा सहमत थिएन । 

पिडित दम्पतीले आफूहरुलाई डिप्रेसनको अनावश्यक टिप्पणी गरेर डा थापाको टीमले अन्य चिकित्सक तथा प्रसासनका व्यक्तिलाई भ्रम फैलाएको बारेमा थापाले आफूले त्यसो नभनेको जिकीर गरिन । 

निदानको नेपाल इन्टरनेशनल फ्याट्रिलिटी एण्ड ल्याप्रोष्कोपी सेन्टरको इतिहास
२०१४ जनवरीदेखि सुरु भएको रहेछ, निदानमा नेपाल इन्टरनेशनल फ्याट्रिलिटी एण्ड ल्याप्रोष्कोपी सेन्टर । अहिले यस्ता सेन्टर काठमाडौं  उपत्यकाका धेरै अस्पतालमा छन् । र, काठमाडौं उपत्यका बाहिर पनि । सुरुमा ओम अस्पतालले सुरु गरेको थियो, नेपालमा आइभीएफ गर्न । 

निदानमा भएको यो सेन्टरले केही हजार बढीको आइभीएफ गरिसकेको छ । त्यो मध्ये टेष्ट्यूब बेबी मात्रै ४ सय बढीको छ । यस्तो गरिएका मध्ये दुई सय प्लसको रिजल्ट पोजेटिभ आएको छ । यसको अर्थ ५० प्रतिशत प्रोसिजर सक्सेस भएको देखिन्छ । 

किन गरिन्छ आइभीएफ ? डा. मिराका अनुसार कसैको ट्यूब बन्द हुन्छ, कसैको अण्डा कम त कसैको उमेरका कारण नर्मल प्रक्रियाबाट बच्चा बस्दैन र यस्तो गर्नुपर्छ । 

केहीको सामान्य औषधिले पनि भइरहेको छ । यो आफैंमा जटिल प्रक्रिया हो, डा. मिरा भन्छिन्, ‘हामी अवस्था हेरेर काम थाल्छौँ । एकै पल्ट कोही तयार हुँदैनन् । उहाँहरुकै अनुकुल गर्छौ । कसैलाई सामान्य विधिबाट पनि हुन्छ भने कसैलाई सामान्य प्रक्रियाले हुँदैन । प्राकृतिक प्रजनन प्रक्रियालाई बाहिर राखेर त्यही वातावरण दिनु आफैँमा चुनौतीको विषय हो । तर, हामीले गरेको काममा युरोप अमेरिका भन्दा बढी सक्सेस भएको छ ।’  

सतप्रतिशत सक्सेस कतै पनि हुँदैन, उनी अगाडि थप्छिन्, ‘अमेरिका र लण्डनमा पनि ३५ देखि ५० प्रतिशतको बीचमा छ, यो रेसियो । आइभीएफ आएकै धेरै भएको छैन ।’ 

नेपालमा कति महँगो छ यो ? उनका अनुसार सामान बाहिरबाटै आउने हो । अमेरिकामा १२ देखि १५ हजार अमेरिकी डलर पर्छ, आइभीएफ गर्न । त्यहाँ महँगो हुनु कारण हेल्थ इन्सोरेन्सका कारण पनि हो । नेपालमा भने त्यति महँगो छैन । 

आफुरुहरुले बढीमा साढे तीन लाखसम्ममा काम गरिरहेको डा. मिराले बताइन् । तर, अवस्था हेरेर कहिले काँही तीन लाख ७५ हजारसम्म पुग्छ । अहिले हामी ५ दिनमा अण्डा बनाउँछौँ, उनले भनिन्, ‘इन्भोइरोमेन्ट बाहिरै क्रियट गर्ने हो। अहिले संसारभर ५ दिनको अण्डा नै बनाउने विधि चलिरहेको छ । जसको हर्मोन ठीक छ, त्यसको पाँच दिनमै अण्डा राखिन्छ । हर्मोन नभएकोमा फ्रिज गर्छौँ । फ्रिज गरिएको अण्डा २ महिना, ३ महिना अर्थात् ५ वर्षसम्म पनि राख्न मिल्छ ।’ 

यसरी फ्रिज गरेर राखिएको अण्डा एउटा बच्चा भएर अर्को पाउनसम्मलाई हुने भए पनि त्यसलाई मेन्टेन गरेर राखिने खर्च सम्बन्धित व्यक्तिले नै तिर्नु पर्छ । ता कि त्यसलाई ५ वर्षसम्म राख्नु परे नेचुरल वातावरण दिन खर्च लाग्छ । 

अण्डा राखेको ८देखि ९ दिनमा थाहा भइहाल्छ । अण्डा कम भएको खण्डमा  औषधिको डोज बढी लाग्छ र खर्च पनि त्यही अनुसार महँगो पर्न जान्छ । 

यस्तै, नेपालमा कानूनी रुपमा पनि मान्यता नभएको र जेनेटिक ल्याब नभएका कारण यस्तोमा छोरा वा छोरी छुट्याउन भने पाउँदैनन्, दम्पतीहरुले । र, यस्तो गरिए लिङ्ग भेद अन्तर्गत मुद्दा मामिला चल्नसक्छ ।

धेरै कुरा बच्चा राख्ने महिलामा भर पर्ने भएकाले सबैमा सफल भइहाल्छ भन्ने अवस्था नहुने डा. मिराको टोलीले बतायो । अहिले  पछिल्लो समय गल्फ कन्ट्रि जाने महिलामा प्रजनन क्षमता कम देखिएको बताउँदै डा. मिराले आफुहरुले काम गर्दा ठूला कारखानामा काम गर्ने, कडा खालका नसालु पदार्थ सेवन गर्ने र खानपानमा ख्याल नगर्नेहरुमा अण्डा कम हुनेलगायतका समस्या देखिएको सुनाईन् । 

यस्तो जटिल काम गर्दा मानसिक दबाब कति पर्छ ? जवाफमा उनले सँधै गरिरहेको हुनाले मानसिक दबाब नपर्ने बताइन् । तर, काउन्सिलिङमा भने आफुहरुको समय निकै खर्च हुने उनले सुनाईन् ।

तर, आफुहरुले हिस्ट्रिसहित लेखिदिने भएका कारण सरकारी अस्पतालले समेत उहाँहरुलाई कुनै  प्रकारको भेद नगरेको उनको भनाई छ । र, आफुहरुकोमा ५ पल्ट फेल भएर पनि आएका प्योसेन्टहरु रहेको तथा अमेरिका, जर्मनी, अष्ट्रेलिया छोडेर आएकाहरु समेत थुप्रै आएका उनले बताईन् । 



नयाँ