arrow

चार लाख १० हजार पुगे कोरोना संक्रमित, मृतक १८ हजार भन्दा बढी

logo
प्रकाशित २०७६ चैत १२ बुधबार
coronavirus-hamrakuras.jpg

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या तीव्र गतिले बढिरहेको छ । 

मंगलबार मध्यरातिसम्म संक्रमित ४ लाख ९ हजार २९३ पुगेका छन् । ज्यान गुमाउनेको संख्या १८ हजार २७४ पुगेको छ । 

१ लाख ७ हजार मात्र निको भएका छन् ।१२ हजार ५ सय ४७ जना गम्भीर बिरामी छन् । 

इटलीमा ६ हजार ८२० को ज्यान गएको छ । नयाँ मृतक ७४३ भएका छन् । ६९ हजार १७६ जना संक्रमित छन् । मंगलबार ५ हजार २४९ जना संक्रमित थपिएका छन् । 

चीनमा ३२ सय ७७ को मृत्यु भएको छ । स्पेनमा २८ सयको ज्यान गएको छ । इरानमा १९ सय ३४ को ज्यान गएको छ । 

मृतक र संक्रमितको संख्या एकाएक बढेको हो । बेलायतमा ८७ नयाँ मृतकसहित मृतकको संंख्या ४२२ पुगेको छ । फ्रान्समा ८६० को ज्यान गएको छ । 

अमेयिकामा पनि ८१ नयाँसहित ६३४ जनाको ज्यान गएको छ । भारतमा १० जनाको ज्यान गएको छ भन ५१९ संक्रमित भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ