arrow

लकडाउनको दोस्रो दिनः के भयो काठमाडौं उपत्यकामा २४ घण्टाको अवधिमा सडकमा ? 

logo
प्रकाशित २०७६ चैत १२ बुधबार
lockdown-ktm.jpg

काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार बिहानदेखि बुधबार बिहानसम्म कुनै अप्रिय घटना भएन । लकडाउन गर्न खोज्ने केहीलाई प्रहरीले सम्झाएर पठाएको छ । 

चन्द्रागिरीमा लकडाउनमा पसल खोलेका कारण एक जनालाई नियन्त्रणमा लिएको छ भने त्यसबाहेक कसैलाई पनि नियन्त्रणमा नलिएको प्रहरीले जनाएको छ ।

९ जनालाई मापसे गरी झैंझगडा गर्नेलाई पक्राउ गरेको छ । काठमाडौंबाट ५, ललितपुरबाट २ तथा भक्तपुरबाट २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब निरीक्षक गान्धी श्रेष्ठका अनुसार समग्रमा कुनै अप्रिय घटना हुन नपाएको र सर्वसाधारणले लकडाउनलाई पालना गरेका छन् ।  

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक लोकबहादुर विष्टका अनुसार लकडाउनको दोस्रो दिन सवारी साधन सडकमा फाटफुट देखिएका छन् । अनुमति लिएर चलाउने सवारीमात्र देखिएका छन् । 

त्यसबाहेक कसैले पनि सवारी चलाएका छैनन् । अत्यावश्यक सवारी, खाद्य सामग्री बोकेका केही सवारीमात्र चलेको विष्टले बताएका छन् । 

गाडी कम गुडेका कारण कुनै पनि कार्वाही भएन । २१ः१० बजे भक्तपुर जगातेमा दुर्घटना भएको छ । बा ९० प ४०४० नम्बरको मोटरसाइकल चालकको मृत्यु भएको छ । 

रोकिराखेको ट्रकमा ठोक्किएपछि चालकको मृत्यु भएको हो भने मोटरसाइकलको पछाडि बस्ने गम्भीर घाइते छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ