arrow

एनआएनए पोर्तुगलद्धारा क्वारेन्टाइनका नेपालीलाई खाद्यान्न सहयोग

logo
बासु सत्याल,
प्रकाशित २०७६ चैत १२ बुधबार
nrna1.jpg

पोर्चुगल । पोर्चुगलको फारोस्थित क्वारेन्टाइन राखिएका नेपालीलाई खाद्यान्न लगायतका सामाग्री उपलब्ध गराइएको छ । गैह्र आवासीय नेपाली संघ पोर्चुगलले अति आवश्यकीय सामाग्रीहरु उपलब्ध गराएको हो । 

सहयोग समन्वय समितिका संयोजक एवं एनआरएनए पोर्तुगलका कोषाध्यक्ष बिक्रमजंग कुंवरको टोलीले क्वारेन्टाइनमा बसेका नेपालीसँग भेट गरी दाल चामल, लत्ता कपडा लगायतका सामान सहयोग गरेको छ । 

संयोजक कुंवरले आवश्यक सहयोग जुटाउन एनआरएनए पोर्तुगल तयार रहेकोले नआत्तिन आग्रह गरेका छन् । यस्तै, संघका बरिष्ठ उपाध्यक्ष रोशनकाजी थापाले पनि क्वारेन्टाइनमा बस्दै आएका नेपालीलाई आवश्यक सहयोग गर्न तयार रहेको जानकारी दिए । 

एनआरएनएका अनुसार दुखमा परेका अन्य नेपालीलाई पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । 

फारोमा एक नेपालीमा कोरोनाको संक्रमण देखिएको छ । संक्रमित भनिएका व्यक्तिको फारोस्थित एक अस्पतालमा उपचार भइरहेको लिस्वनस्थित वाणिज्य दूतावासले जनाएको छ । 

नेपालीमा संक्रमण फैलिएपछि लिस्वनस्थित नेपाली वाणिज्य दूतावासले पनि विरामीको उपचार र क्वारेन्टाइनमा रहेका नेपालीहरुको खानपान, चेकजाँच र सुरक्षामा आवश्यक सहयोग पुर्याइदिन सम्बन्धित निकायलाई पत्राचार र अन्य कुटनीतिक पहल गरिरहेको छ । 

बाणिज्यदूत मकरबहादुर हमालले सम्बन्धित क्षेत्रका सेफ र जिएनआरलाई सहयोगका लागि अनुरोध भइसकेको जानकारी दिए । उनले पोर्तुगलमा रहेका सबै नेपाली समुदायमा आइपर्ने सबैखाले स्वास्थ्य समस्या तथा आकस्मिक विपतमा सहयोग र परामर्शका लागि कन्सुलेट कार्यालयको मोबाइल नम्बर ९६९१९०९१९ मा सम्पर्क गर्न अनुरोध गरेका छन् । 

क्वारेन्टाइनमा रहेका नेपालीको अवस्था बुझ्न फारो पुगेका बाणिज्य दुतावासका प्रतिनिधि मोहनकुमार थापाले बाणिज्य दूतावासले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनले संक्रमणका बेला सबै नेपालीलाई सजग भइकन येहा को सरकारी कानुनको अनुसरण गरि रहि दिन आग्रह गरेका छन् । 

अहिले क्वारेन्टाइनमा तीन नेपाली, तीन बंगाली, सात पाकिस्तानी र ३९ भारतीय नागरिक छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ