arrow

कोरोना रोकथाममा धेरै हदसम्म सफल १० राष्ट्र

यसबाट हामीले के सिक्न सक्छौ ?

logo
सुशील खनाल,
प्रकाशित २०७६ चैत १२ बुधबार
spain-corona-viurs.jpg

काठमाडौं । सन २०१९ को अन्त्यतिर चीनको बुहानबाट सुरु भएको महामारीजन्य रोग कोरोनाले अहिले विश्वलाइ नै आक्रान्त बनाएको छ । कोभिड १९ नाम राखिएको यो भाइरसका कारण आज मार्च २५ सम्मको तथ्याङ्कबाट विश्व लगभग थला परेको अवस्थामा छ । हालसम्म यो रोगका कारणबाट लगभग ४ लाख ४० हजार मानिसहरु संक्रमित भएका छन । यसबाट जम्मा संक्रमित संख्याको लगभग ४ दशमलब पाँच प्रतिशत जतिले ज्यान गुमाइसके भने २५ दशमलब सात प्रतिशत जति मानिसहरु उपचारपछि घर फर्किसकेको अवस्था छ । त्यसका अतिरिक्त यो रोग लागेर उपचाररत बिरामीहरुमध्ये अझै ४ प्रतिशत बिरामीहरु सिरियस अवस्थामा छटपटाइरहेका छन् ।

सुरुसुरुमा विश्वमा प्रतिदिन सयौ वा हजारौको संख्यामा थपिने कोरोना संक्रमितको संख्या अहिले आएर दिनमा पचासौ हजारको रुपमा बढिरहेको छ भने मृत्युको संख्यासमेत हजारौको संख्यामा थपिइरहेको छ । तर यसो भन्दै गर्दा उपचार कम प्रभावकारी भएको भन्न मिल्दैन । विश्वका केहि देशहरुले अहिले मृत्युदर घटाइरहेका छन् भने उपचारपछि निको बनाउने दर बढाएका छन् ।

यसै सन्दर्भमा मैले आज मार्च २५ का दिन केहि यस्ता १० वटा देशहरु छानेको छु, जसले मृत्युदर घटाइरहेका छन् भने निको बनाउने दर बढाएका छन् । सेकेण्ड सेकेण्डमा संक्रमितको संख्या बढिरहेकोले थोरै मात्रामा तथ्याङ्क तलमाथि हुन सक्छ, अन्यथा प्राप्त तथ्याङ्कलाइ वस्तुनिष्ठ तरिकाले विश्लेषण गर्ने प्रयास गरेको छु ।

१ चीन 
यस भाइरसको सुरुवात नै चीनबाटै भएकोले होला सुरुमा यहाँ मृत्यु हुनेको संख्या र बिरामीको संख्या बढी हुनु स्वभाविक नै लाग्न सक्छ । हालसम्मको अवस्था हेर्दा चीनमा जम्मा संक्रमित संख्याको ४ प्रतिशत मानिसहरुको मृत्यु भएको छ भने ९० प्रतिशत मानिसहरु उपचारपछि निको भएर घर फर्केको अवस्था छ । त्यसका अतिरिक्त यहाँ अहिले उपचार गराइरहेका बिरामीहरु जम्मा ५ प्रतिशत मात्र छन् । यसले के देखाउँछ भने चीन अब कोरोना रोकथाममा धेरै हदसम्म सफल भएको छ ।  

२ इरान 
सुरुसुरुमा तिब्र रुपमा कोरोना संक्रमित संख्या बढिरहेको इरानमा अहिले केहि कमि देखिएको छ । हालसम्मको अवस्था हेर्दा इरानमा जम्मा संक्रमित संख्याको ७ दशमलब सात प्रतिशत मानिसहरुको मृत्यु भएको छ भने लगभग ३६ प्रतिशत मानिसहरु उपचारपछि निको भएर घर फर्केको अवस्था छ । इरानको सुखद समाचार के छ भने यहाँ अहिले उपचार गराइरहेका बिरामीहरु मध्ये कोही पनि सिरियस प्रकृतिका छैनन् । यसबाट के अब इरान कोरोना रोकथाममा सफल भएको हो त भनेर भन्ने अवस्था हो ?

३ जर्मनी 
जर्मनीमा कोरोना संक्रमित संख्या केहि हदसम्म कमी भएको छ । हालसम्मको अवस्था हेर्दा जर्मनीमा जम्मा संक्रमित संख्याको ० दशमलब पाँच प्रतिशत मानिसहरुको मृत्यु भएको छ भने लगभग १० प्रतिशत मानिसहरु उपचारपछि निको भएर घर फर्केको अवस्था छ । यहाँ अहिले उपचार गराइरहेका बिरामीहरु मध्ये ८० प्रतिशत मानिसहरु सामान्य प्रकृतिका छन् भने २० प्रतिशत बिरामीहरु सिरियस प्रकृतिका छन् । यसबाट भन्न सकिदैन र के अब जर्मनी कोरोना रोकथाममा कम क्षतीतर्फ उन्मुख भएको हो ?
 
४ दक्षिण कोरिया 
दक्षिण कोरियामा तुलनात्मक रुपमा कोरोना संक्रमित संख्या केहि हदसम्म कमी देखिएको छ । हालसम्मको अवस्था हेर्दा दक्षिण कोरियामा जम्मा संक्रमित संख्याको १ दशमलब तिन प्रतिशत मानिसहरुको मृत्यु भएको छ भने लगभग ४१ प्रतिशत मानिसहरु उपचारपछि निको भएर घर फर्केको अवस्था छ । यहाँको पनि सुखद समाचार के छ भने यहाँ अहिले उपचार गराइरहेका बिरामीहरु मध्ये जम्मा १ प्रतिशत बिरामीहरु मात्र सिरियस प्रकृतिका छन् । यसबाट भन्न सकिदैन र के अब दक्षिण कोरियाबाट अन्य देशले पाठ सिक्नुपर्ने होइन र ? 

५ मलेसिया 
प्रभावशाली तथा विकसित देशमा नामाङ्कित नभएपनि मलेसियाले कोरोना रोकथाममा उल्लेखनीय प्रगती देखाएको छ । हालसम्मको अवस्था हेर्दा मलेसियामा जम्मा संक्रमित संख्याको १ प्रतिशत मानिसहरुको मृत्यु भएको छ भने लगभग ११ प्रतिशत मानिसहरु उपचारपछि निको भएर घर फर्केको अवस्था छ । यहाँ अहिले उपचार गराइरहेका बिरामीहरु मध्ये जम्मा ४ प्रतिशत बिरामीहरु मात्र सिरियस प्रकृतिका छन् । यसबाट भन्न सकिन्छ की मलेसियाले कोरोना भाइरसलाइ सिरियस रुपमा लिएर पहलकदमी चालेको छ ।
 
६ जापान 
जापानले कोरोना रोकथाममा तुलनात्मक रुपमा राम्रै प्रगती गरेको अवस्था छ । हालसम्मको अवस्था हेर्दा जापानमा जम्मा संक्रमित संख्याको ३ दशमलब छ प्रतिशत मानिसहरुको मृत्यु भएको छ भने लगभग २४ प्रतिशत मानिसहरु उपचारपछि निको भएर घर फर्केको अवस्था छ । यहाँ अहिले उपचार गराइरहेका बिरामीहरु मध्ये जम्मा ४ प्रतिशत बिरामीहरु मात्र सिरियस प्रकृतिका छन् । यसबाट भन्न सकिन्छ की जापान कोरोना भाइरसलाइ नियन्त्रण लिन खोजिरहेको छ र सफल पनि हुनेछ आशा छौ । 

७ डायमण्ड प्रिन्सेस
डायमण्ड प्रिन्सेसले कोरोना रोकथाममा अन्य देशको तुलनात्मक रुपमा ठूलै प्रगती गरेको अवस्था छ । हालसम्मको अवस्था हेर्दा यहाँ जम्मा संक्रमित संख्याको १ प्रतिशत मानिसहरुको मृत्यु भएको छ भने लगभग ८२ प्रतिशत मानिसहरु उपचारपछि निको भएर घर फर्केको अवस्था छ । यहाँ अहिले उपचार गराइरहेका बिरामीहरु मध्ये जम्मा १ प्रतिशत बिरामीहरु मात्र सिरियस प्रकृतिका छन् । यसबाट भन्न सकिन्छ की डायमण्ड प्रिन्सेस कोरोना भाइरस रोकथाममा धेरै अगि बढेको छ । यसले सबै देशलाइ अनुसन्धान र अनुकरणीय बनाएको छ । 

८ बहराइन 
खाडी मूलुक बहराइनले कोरोना रोकथाम तुलनात्मक रुपमा फड्को नै मारेको अवस्था छ । हालसम्मको अवस्था हेर्दा बहराइनमा जम्मा संक्रमित संख्याको ० दशमलब सात प्रतिशत मानिसहरुको मृत्यु भएको छ भने लगभग ४२ प्रतिशत मानिसहरु उपचारपछि निको भएर घर फर्केको अवस्था छ । यहाँ अहिले उपचार गराइरहेका बिरामीहरु मध्ये जम्मा ० दशमलब चार प्रतिशत बिरामीहरु मात्र सिरियस प्रकृतिका छन् । यसबाट भन्न सकिन्छ की बहराइनले कोरोना भाइरसलाइ नियन्त्रण लिन खोजिरहेको छ र सफल पनि हुनेछ । 

९ बंगलादेश
दक्षिण एसियाली मूलुक बंगलादेशमा हालसम्मको अवस्था हेर्दा जम्मा संक्रमित संख्याको १२ प्रतिशत मानिसहरुको मृत्यु भएको छ भने लगभग १८ प्रतिशत मानिसहरु उपचारपछि निको भएर घर फर्केको अवस्था छ । यहाँको सुखद समाचार के छ भने यहाँ अहिले उपचार गराइरहेका बिरामीहरु कोही पनि सिरियस प्रकृतिका छैनन् । 

१० मकाउ 
मकाउमा हालसम्मको अवस्था हेर्दा यहाँ जम्मा संक्रमित मानिसहरुको संख्या ३० जनामा छ । यहाँ अहिले सम्म कसैको पनि मृत्यु भएको छैन भने १० जना मानिसहरु उपचारपछि निको भएर घर फर्केको अवस्था छ । यहाँ अहिले उपचार गराइरहेका बिरामीहरु कोही पनि सिरियस प्रकृतिका छैनन् । 

(खनाल कोटेश्वर माविका शिक्षक हुन् । उनले मार्च २५ मा यो विश्लेषण गरेका थिए । प्रतिक्रियाका लागि यो ठेगानामा इमेल गर्न सकिनेछ kshitiz727@gmail.com )



लोकप्रिय समाचार
नयाँ