arrow

काठमाडौंमा आइसोलेटेड वर्षा, पहाडी भेगमा सावधानी अपनाउन आग्रह

logo
प्रकाशित २०७६ चैत १३ बिहिबार
weather11.jpg

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।

हाल देशको  पश्चिमी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार काठमाडौं उपत्यकाको मौसम बिहीबार बिहान सफा रहेको छ । बिहानको तापक्रम १३ डिग्री सेल्सियस रहेको छ । 

भिजिबिलिटी ४ किलोमिटर रहेको छ । कणेलका अनुसार काठमाडौं उपत्यकामा छोटो समयको वर्षा हुने सम्भावना छ । उनले भनिन्, ‘काठमाडौं उपत्यकामा आज आइसोलेटेड– छिटफुट स्थानमा वर्षा हुनेछ ।’
 
पोखरा लगायतका क्षेत्रमा बदली भएको छ । दिउँसोतिर चट्याङसहित वर्षा हुनेछ । बिहीबार रातिदेखि बदली बढ्ने र शुक्रबार देशव्यापी वर्षाको सम्भावना रहेको छ । 

विशेषगरी पश्चिमी भेगका सबैजसो भागमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

दिउँसो देशको पश्चिमी भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया सफादेखि आंशिक बदली हुने देखिन्छ । पहाडी भूभागका  एक दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले देशका पहाडी भूभागका थोरै  स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेकोले चट्याङ्गबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

यस्तो छ शुक्रबार र शनिबारको मौसम पूर्वानुमान
चैत १४ गते शुक्रबार

दिउँसोः देशको पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ। पश्चिमी भूभागका  केही स्थानहरुमा र मध्य र पूर्वका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ। हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

रातिः देशको पश्चिमी र मध्य भूभागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ। पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ । हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

चैत्र १५ गते (शनिबार)
दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया सफादेखि हुने देखिन्छ। पहाडी भूभागका  एक दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।

राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया सफादेखि हुने देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ