arrow

विपद्मा पनि चीनको बदमासी, कोरोना भाइरस जाँच गर्ने कीट ८० प्रतिशत नक्कली

logo
प्रकाशित २०७६ चैत १३ बिहिबार
corona-test.jpg

काठमाडौं । चीनले विपद्मा पनि बदमासी गरेको खुलेको छ । चीनको वुहानबाटै फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले विश्वमा १९४ देशलाई आक्रान्त पारिरहेको अवस्थामा उसले गरेको सहयोगमा पनि बदमासी देखिएको छ । 

चीनले चेक गणतन्त्रलाई अनुदानमा दिएको कोरोना भाइरस जाँच गर्ने कीट ८० प्रतिशत नक्कली पाइएको हो । 

त्यहाँको स्थानिय संचारमाध्यमलाई उदृध गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यममा उक्त बदमासीको समाचार प्रकाशित भएको छ।

चीनबाट प्राप्त डेढ लाख कीटमध्ये ८० प्रतिशत काम नलाग्ने एवं सहि तथ्य नदिने खालको पाइएको स्वास्थ्यकर्मीहरुलाई उदृध गर्दै स्थानिय संचारमाध्यमले जनाएका छन् ।

चेक गणतन्त्रले एक लाख किटका लागि पाँच लाख ४६ हजार अमेरिकी डलर तिरेको चेक स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

स्थानीय स्वास्थ्यकर्मीहरुले चीनबाट ल्याएका उक्त किटमध्ये ८० प्रतिशत नक्कली भएको फेला पारेका हुन् । त्यस्ता किटले कोरोनाको झुठो विवरण दिने गरेको पनि उल्लेख छ । 

विपद् व्यवस्थापनको बैठकले उक्त किटमध्ये २० प्रतिशतमात्र काम लाग्ने पाइएपछि कोरोनाको बढी शंका लागेकालाई मात्र प्रयोग गर्ने निर्णय गरेको थियो । 

ओस्त्राभाको विश्वविद्यालय अस्पतालमा समेत गरिएको परीक्षणमा किटको त्रुटी संख्या उच्च रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ