arrow

कोरना परिक्षण क्षमता दैनिक एक सय मात्र

logo
राजु रिमाल,
प्रकाशित २०७६ चैत १५ शनिबार
teku-hospital.jpg

काठमाडौं। टेकुमा रहेको केन्द्रीय प्रयोगशालाले अहिले बढीमा दैनिक १ एक सय व्यक्तिको मात्र कोरना परिक्षण गर्न सक्छ। यसको क्षमता र दायरा बढाउँदै लैजानु पर्ने सुझाव विज्ञहरूले दिएका छन्।

स्वास्थ्य मन्त्रालयले कोरना परिक्षणको क्षमता र दायार बढाउँदै लैजाने योजना बनाएको छ। मन्त्रालयका अनुसार उक्त प्रयोगशालाबाट एक हप्तामा ५ सय सम्म व्यक्तिका कोरना परिक्षण गर्ने तयारी भएको छ।  यसको क्षमता र दायरा बढाउँदै हप्तामा ४ हजारसम्म व्यक्तिको परिक्षण गर्ने योजना भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाको भनाइ छ। प्रवक्ता देवकोटाले भने,‘टेकुमा रहेको केन्द्रीय प्रयोगशालाले अरू कुनै काम नगरी कोरनाको मात्र परिक्षण गर्‍यो भने हप्तामा ४ हजार व्यक्तिसम्मको कोरना परिक्षण गर्न सक्छ।’

त्यसकोलागि तयारी भएको पनि उनले जनाए। मन्त्रालयले परिक्षण गर्ने प्रविधि, मेशीन तथा जनशक्तिलाई पनि बढाउँदै लैजाने तयारी गरेको छ।  हालसम्म टेकुस्थित  केन्द्रीय प्रयोगशालाले मात्र कोरनाको परिक्षण गर्ने गरेको छ। प्रयोगशालाले अहिलेसम्म विदेशबाट आएका तथा उनीहरूको सम्पर्कमा रहेका व्यक्तिहरूको मात्र कोरना परिक्षण गर्ने गरेको छ। यसैगरी उक्त प्रयोगशालाले चिकित्सबाट सिफारिश गरिएका व्यक्तिको मात्र परिक्षण गर्ने गरेको छ। अब यसको दायरा क्रमशः बढाउदै लगिएको मन्त्रालयले जनाएको छ। तत्कालै विपि कोइराला स्वास्थ्य विज्ञान धरानमा पनि कारना परिक्षण गर्ने तयारी सुरु गरिएको मन्त्रालयले जनाएको छ।

प्रयोगशालाको परिक्षण आएको  परिणाम सोझै स्वास्थ्य मन्त्रालयबाट पठाउने गरिएको छ। मन्त्रालयको अनुमति पछि मात्र प्रयोगशालाले आफ्नो वेभसाइटमा रेकर्ड राख्ने गरेको छ। मन्त्रालयले केन्द्रीय प्रयोग शालामात्र मात्र नभइ काठमाडौ बाहिर पनि कोरना परिक्षण गर्ने तयारी गरेको छ। यसैवीच, मन्त्रालयले ६०वर्षभन्दा माथि उमेर भएका तथा दिर्घरोग लागेका सबै व्यक्तिको कोरना भाइरसको परिक्षण गर्ने तयारी गरेको छ।

स्वास्थ्य मन्त्रालयले कोरना परिक्षणको दायरा फराकिलो बनाउँदै  ६० वर्षभन्दा माथिका, प्रतिरक्षा प्रणाली कमजोर भएका तथा दिर्घ रोग लागेका व्यक्तिहरूको कोरना परिक्षण गरिने जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने, ‘६० वर्षभन्दा माथि उमेर भएका व्यक्ति जसमा सामान्य रुघा खोकी तथा ज्वराको लक्षण देखिए पनि उहाँहरूको कोरना परिक्षण गर्ने तयारी भएको छ।’ मन्त्रालयले कोरना परिक्षणको दायारलाई फराकिलो बनाउँदै नियमित औषधि सेवन गरेका तथा दिर्घरोगीहरूको पनि कोरना परिक्षण गर्ने तयारी गरेको छ। ‘अब हामीले नियमित औषधि सेवन गर्ने तथा दिर्घरोगी जसको प्रतिरक्षा प्रणाली कमजोर हुन्छ,उहाँहरूको पनि कोरना परिक्षण गर्ने तयारी गरेका छौ’डा.देवकोटाले भने।

मन्त्रालयले कोरना संक्रमण लागेका व्यक्तिहरूको उपचार तथा रेखदेखमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले प्रयोग गर्ने सुरक्षा सामाग्री पिपिइ सेट सात वटा प्रदेशमा थप संख्यामा पठाउने तयारी गरेको छ। मन्त्रालयले अघिल्लो साता सबै प्रदेशमा ५०-५० पिपिइ सेट तथा ३०-३० हजार माक्स पठाएको थियो। 

प्रदेशहरूले भने संघीय सरकारले पठाएको पिपिइ सेट कम भएको गुनासो गर्दै आएका छन्। कोरना संक्रमणका विरामीहरूको उपचार तथा रेखदेखमा संलग्न स्वास्थ्यकमीहरूले पयाप्र्त पिपिइ सेट उपलब्ध नगराइएको गुनासो गर्दे आएका छन्। काठमाडौ बाहिरका अस्पतालहरूमा डाक्टरहरूले समेत पिपिइ सेट प्रयोग नगरी विरामीको उपचारमा संलग्न हुन परेको दुखेसो पोख्ने गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ