- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
अमेरिका, भर्जिनिया । २० खर्व २० अर्व अमेरिक डलरको राहत प्याकेज पास भएपछि पनि कोरोना भाइरसबाट अमेरिकन बासीहरुको मृत्यु दरमा कमी आएको छैन । पछिल्लो समयमा आएर दैनिक ५-६ सयको हाराहारीमा मृत्यु हुनेको संख्या थपिन लागेको छ । सरकारी संयन्त्रलाई यस्तैनै गरी परिचालन गर्ने हो भने अमेरीकी जनजीवन कहालाही लाग्दो हुने विज्ञहरु बताइरेका छन् ।
न्युयोर्कमा कार्यरत डाक्टर नर्सहरु मात्रै होइनन् कि स्वयं न्युयोर्कका गभर्नर एन्ड्रियु मार्क तथा न्युयोर्क सिटीका मेयर बिल दि बलासियोले आफुहरुसंग पर्याप्त मात्रामा हस्पिटलमा प्रयोग हुने सामान अपुग रहको बताउनु र सो माग अझसम्म पुरा नहुनुले न्युयोर्कको अवस्था अझै झन् कहालीलाग्दो र दयनीय हुने त छँदैछ । न्युर्योको अलावा अन्य राज्यहरुमा देखिएको संक्रमति संख्या र मृत्युदर यस्तै तरिकाले बढ्दै जाने हो भने अबको ४ सातासम्म पुरै अमेरिकाभरि ८-१० लाख व्यक्ति संक्रमित हुने र ८-१० हजारको हाराहारिमानै मृत्यु हुने अहिलेको अवस्थाबाट आंकलन गरिन सकिन्छ ।
न्युकोर्कमा त अन्य विरामीको कुरै छोडौ जो गाडी दुर्घटनामा भएर उपचारको लागि अस्पतालमा आएका थिए जस्को पछि मृत्यु भयो सो व्यक्तिमा पनि कोरोना भाइरस पोजिटिभ देखिनुले यो भाइरस जो कोहीमा पनि हुन सक्ने अनुमान गर्न सकिन्छ, जुन अमेरिकनबासीको लागि डर र चिन्ताको विषय छ । अमेरिकाको भयावह स्थिति देखेर नै विश्व आतंकित छ किनकी विश्वमा अमेरीकी अस्पताललाई भरपर्दो रुपमा हेरिने गरिन्छ । स्वयं अमेरीकनहरु प्रताडिप भएपनि विश्व नै डराइरहेको छ ।
हुन त कोरोना भाइरस रोगले मात्रै मानिसहरु मरेका होइनन् । यो भाइरसले भन्दा अन्य विभिन्न भाइरसहरुले धेरै मानिसहरु विगतमा मारिएका छन् । विगत हाम्रो पुस्ताले भोगेन र पो । विगत झन कहाली लाग्दो रहेको मर्नेको संख्याले बताउँछ ।
२ हजार वर्षमा कति मरे महामारीबाट ?
ईसं को सुरुदेखि १५ औं शताब्दीसम्म अर्थात् १४९९ सम्मको १५ सय वर्षमा झण्डै ३२ करोड जनसंख्या महामारीले मरेका थिए । सन् २५० देखि सन् २६६ सम्मस्मलपोक्सका कारण युरोपमा १० लाख मानिस मारिएका थिए । त्यस्तै एबिनगभ (प्लेग) का कारण सन् ५४१ देखि ५४२ को १ वर्षको अन्तरालमा युरोपको सम्पुर्ण जनसंख्याको ४० देखि ५० प्रतिशत अर्थात् २ करोड ५० लाखदेखि १० करोड मानिसको मृत्यु भएको बताइन्छ ।
त्यसैगरी सन् ७३५ देखि ७३७ को अवधि अर्थात् २ वर्षमा जापानिज स्मलपक्सको कारण जापानको जनसंख्याको एक तिहाइ अर्थात् झण्डै २० लाख जापानिज मरेको बताइन्छ ।
सन् १३३१ देखि सन् १३५३ को अवधिलाई महामारिको कालो दिन मानिन्छ । किनकि प्लेग (एबिनगभ) नाम दिइएको सो महामारीबाट युरोप, एसिया र उत्तर अफ्रिकामा २२ वर्षको अविधिमा १० देखि ६० प्रतिशत युरोपियन अर्थात् ७ करोड ५० लाखदेखि २० करोड सम्म मरेको बताइन्छ जस्लाई ब्लाक डेथ को नामले चिनिन्छ । पछि सन् १४८५ मा हन्ता भाइरसबाट बेलायत र युरोपमा थप १० हजार भन्दा बढीको मृत्यु भएको थियो ।
त्यसैगरी १६ औं र १७ औं शताब्दीमा स्मलपक्स का कारण सन् १५२० मा मेक्सिकोका ४० प्रतिशत जनसंख्या अर्थात् ५० लाख देखि ८० लाख मानिस मरेका थिए ।
त्यसैगरी सन् १५४५ देखि १५४८ को ३ वर्षको अवधिमा सालमोनेला इन्टरिका का कारण मेक्सिकोका जनसंख्याको ८० प्रतिशत अर्थात् ५० लाख देखि १ करोड ५० लाख मानिस मरेका थिए । त्यस्तै सन् १५६३ देखि १५६४ को १ वर्षमा प्लेगका कारण लण्डनमा २० हजार भन्दा बढी मानिस मरेका थिए ।
त्यस्तै सन् १५७६ देखि १५८० को ४ वर्षको अन्तरालमा सालमोनेला का कारण मेक्सिकोका जनसंख्याको ५० प्रतिशत अर्थात् २० लाख देखि २५ लाखसम्म मानिस मरेका थिए । ६० वर्षको बिचमा महामारीका कारण मेक्सिकोमा मात्र झण्डै २ करोड ५० लाख मानिस मरेका थिए ।
सन् १५९२-९३ को प्लेगका कारण लण्डनमा १९९०० भन्दा बढी मानिस मरेका थिए । १५ औं शताब्दी मेक्सिकनका र लण्डनका लागि फलदायी रहेनन् । यो १०० वर्षको अवधिमा झण्डै ३ करोड मानिस महामारिका कारण मारिएका थिए ।
त्यसैगरी सन् १६१६ देखि १६२० को अवधिमा यल्लो फिवर, प्लाग्यु, स्मलपोक्स, चिकनपोक्स, हेपाटाइटिस बि र डि का कारण दक्षिणी नया इग्ल्याण्डका ३० देखि ९० प्रतिशत मानिस मरेका थिए ।
त्यस्तै सन् १६२९ देखि १६३१ सम्म प्लेगका कारण इटलीमा २ लाख ८० हजार मानिस मरेका थिए । त्यस्तै स्मलपोक्स का कारण १६३४ देखि १६५७ सम्ममा चाइना, इटली लगायत युरोपका देशमा गरि १५ हजार देखि २५ हजार मानिस मरेका थिए ।
त्यस्तै सन् १६६३-६४ मा प्लेगका कारण नेदरल्याण्डमा २४ हजार मानिस मरेका थिए । सोही रोगका कारण सन् १६६५।६६ मा इल्याण्डमा १ लाख, सन् १६६८ फ्रान्समा ४० हजार, सन् १६७५ मा माल्टा र स्पेनमा गरि ११३००, सन् १६७९ मा अष्टेलियामा ७६ हजार मानिस मरेका थिए ।
त्यसैगरी १८ औं शतान्दीको सुरुवात अर्थात् सन् १७०७ मा आएको स्मलपोक्स का कारण आयरल्याण्डका जनसंख्याको ३६ प्रतिशत अर्थात् १८ हजार मानिस मरेका थिए । त्यस्तै सन् १७२० मा प्लेगका कारण फ्रान्समा १ लाख मानिस मरेका थिए ।
सन् १७३८ को ग्रेट प्लाग्यु का कारण बालकास का ५० हजार मानिस मारिएका थिए । त्यसैगरी प्लेगका कारण सन् १७७० मा रसियामा ५० हजार मानिस मरेका थिए । त्यस्तै सन् १७७२ देखि १७९८ सम्ममा प्लेग लगायतका महामारीबाट २ लाख भन्दा बढी मानिस मारिएका थिए । १६ औं तथा १७ औं शताब्दीका तुलनामा १८ औं शताब्दी केही मात्रामा भएपनि सुखद भए ।
१९ औं शताब्दी को सुरुवात तथा सन् १८१३ प्लेगका कारण माल्टामा ४हजार ५ सय तथा रोमानियामा ६० हजार मानिस मारिएका थिए । सन् १८१६ मा कोलेराका कारण एसिया, युरोपका १ लाखभन्दा बढी मानिस मारिएका थिए । पछि १८२९ देखि १८५१ को अवधिमा सोही रोगका कारण एसिया, युरोप र उत्तरी अमेरिकामा गरी १ लाख भन्दा बढी मानिस मारिएका थिए ।
त्यसैगरी इपिडमिक टाइफसका कारण सन् १८४७ मा क्यानाडामा २० हजार भन्दा बढी मानिस मारिएका थिए । त्यस्तै सन् १८५२देखि १८६० को अवधिमा कोलेरका कारण रसिया, अमेरिका, इग्ल्याण्डमा गरि १० लाख मानिस मारिएका थिए । त्यस्तै सन् १८५५ बाट प्लेगका कारण विश्वभरिका १ करोड २० लाख भन्दा बढी मानिस मरेका थिए । जसलाई तेस्रो प्लाग्यु पानडामिक नामाकरण गरिएको थियो ।
त्यस्तै दादुरा का कारण सन् १८७५ मा फिजीमा ४० हजार, सन् १८८१देखि १८९६ का अवधिमा कोलेरका कारण इण्डिया र जर्मनीमा ९ हजार भन्दा बढी तथा सन् १८८९ मा आएको इन्फूलुएन्जा फूलुका कारण विश्वभरि १ लाख मानिस मारिएका थिए ।
२० औ शताब्दी भने विश्वको लागि त्यति फलदायी रहेन । महामारीका कारणबाट मात्रै झण्डै ६५ करोड मानिस १०० वर्षको अवधिमा मारिएका थिए ।
२० औं शताब्दीको सुरुवाती नै विश्वको लागि कष्टकर रह्यो । कोलेराका कारण युरोप, एसिया, अफ्रिका लगायतका देशमा सन् १९२३ सम्ममा ८ लाख भन्दा बढी मारिए । सन् १९१० मा चाइना प्लेगका कारण चीनमा ४० हजार, इन्सेफ्लाइटिस लेथरजिका कारण सन् १९१५ देख १९२६ सम्ममा विश्वभरिमा १५ लाख मानिस मारिएका थिए ।
पोलियोमाइलाईटिसका कारण सन् १९१६ मा अमेरिकामा ७ हजार भन्दा बढी मानिस मारिएका थिए । त्यसैगरी स्पेनिस फ्लुका कारण सन् १९१८ देखि १९२० अर्थात् २ वर्षको अवधिमा विश्वभरिमा १ करोड ७० लाख देखि १० करोडसम्म मारिएको बताइन्छ ।
त्यसैगरी इसियन फ्लुका कारण सन् १९५७।५८ मा २ लाख, स्मलपोक्स को कारण सन् १९७७ सम्म्मा ५० करोड मानिस मारिएका थिए । हंगकंग फ्लुका कारण सन् १९६८-६९ मा विश्वभरि १ लाख मानिस मारिएका थिए ।
सन् १९७४ मा स्मलपोक्स का कारण इण्डियामा थप १५ हजार मानिस मारिएका थिए । सन् १९२० देखि हालसम्म एचआईभी रोगका कारण विश्वभरि गरि ३ करोड २० लाख भन्दा बढी मानिस मारिए । महामारिबाट मात्रै २० औं शताब्दीमा झण्डै ६५ करोड मानिस मारिएका थिए ।
प्रथम तथा दोश्रो विश्वयुद्ध पनि यही शताब्दीमा भए । २ वटा विश्वयुद्दबाट मारिने १२ करोड पनि थप्ने हो भने झण्डै ७७ करोड मानिस २० औं शताब्दीमा मात्रै मारिए जुन विश्वको लागि दुखद पक्ष हो ।
सन् २१ औं शताब्दीका सुरुवाती सुखद भएपनि सन् २००९ मा देखिएको स्वाइन फ्लुका कारण विश्वभरि १८ हजार भन्दा बढीको मृत्यु भएको पाइन्छ । त्यस्तै हाइटीमा देखिएको कोलेरका कारण सन् २०१० देखि हालसम्म १० हजार भन्दा बढीको मृत्यु भैसेकेको छ ।
दादुरा कारण कंगोमा सन् २०११ देखि २०१४ सम्म ४हजार ५ सय मानिस मारिए । त्यस्तै इबोला भाइरसका कारण विशेषगरि पश्चिम अफ्रिका सहित विश्वभरि ११ हजार ३ सय मानिस मारिए ।
त्यस्तै सन् २०१६ मा यमनमा कोलेराका कारण झण्डै ४ हजार, सन् २०१८ मा सोही रोगका कारण कंगो, उगाण्डामा गरि थप २२ सय मानिसको मृत्यु भएको छ । त्यसैगरी सन् २०१९ मा दादुरा का कारण कंगोमा ५ हजारभन्दा बढी, सोही साल डेंगुका कारण एसिया तथा ल्याटिन अमेरिकामा गरि २ हजार भन्दा बढीको मृत्यु भएको छ ।
हाल देखिएको कोरोना भाइरस २१ औं शताब्दीमा डरलाग्दो रुपमा विश्वभरि देखा परेको छ । हालसम्म विश्वभरि गरि ३२ हजारको हाराहारिमा मानिसको मृत्यु भैसकेको छ भने झण्डै ७ लाखको हाराहारिमा संक्रमित भएका छन् । रोगको दबाई नभेटिइएको कारण मर्नेको संख्या कति पुग्ने हो यसै भन्न सकिन्न । आशा गरौं विज्ञहरुले चाँडै नै रोगको निदान गर्नेछन् ।
यो २ हजार वर्षको इतिहासलाई हेर्ने हो भने महामारीबाट मात्रै झण्डै १ अर्व भन्दा बढी मानिस मारिइसेकेको बताइन्छ । २० औं शताब्दी नै सबैभन्दा अत्यासलाग्दो थियो । २० औं शताब्दी भन्दा २१ औं शताब्दी सुखद हुने आशा गरौं । श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् । अस्तु