- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
ठूला दृश्यमा प्रधामनमन्त्री अदृश्य
लकडाउन भनेको कुनैपनि देश र त्यसका नागरिकका लागि धेरैनै ठूलो घटना हो । यसमा तोकिएको दिनसम्म मान्छे घरको संघारबाट बाहिर पाइलो समेत राख्न पाउँदैन, मानिसका सम्पूर्ण गतिविधि ठप्प हुन्छन । यसै भएर होला यस्ता कामकुरा संसारमा कुनैपनि देश र तिनका नागरिकका लागि विरलैमात्र आइपर्लान । धेरैनै ठूलो संकट परेपछि र त्यसबाट राहत पाउनका लागि मात्र त्यस अन्तर्गत यस्तो बन्दाबन्दीको घोषणा हुँदो रहेछ भन्ने यतिबेला देख्ने र भोग्ने काम भई नै रहेको छ । नेपालीका लागि त यस्तो बन्द पहिलो नै होला । त्यसकारण पनि यसलाइ ठूला परिदृश्य भनिएको हो ।
देशलाई लामो समयसम्म पूर्ण रुपले बन्द राख्ने यस्तो कामको घोषणा गर्दा संसारभरी नै त्यो देशका कार्यकारी प्रमुखले राष्ट्रका नाममा सम्वोधन गर्दा रहेछन् । त्यो सम्वोधनमा यस्तो कष्ट दिनुपरेको कारण सहित त्यसको प्रष्टिकरण पनि आउँदो रहेछ । जहाँजहाँ यस्तो लकआउट को घोषणा भयो, करिव डेढसय देशमा भयो, ती सबैमा नै राष्ट्रपति, प्रधानमन्त्री, चान्सलर आदि जे थिए ती देशका यी सबै कार्यकारी प्रमुख नै थिए ।
नेपालले यस्तो घोषणा गरेकै दिन बेलायत, भोलिपल्ट भारत, स्पेन जर्मनी, इटाली (दोस्रो पटक) लगायत संसारका धेरै देशले यस्तो लकआउट घोषणा गर्ने क्रम जारी रह्यो त्यो दुईदिन वरपरको बीचमा । यी सबै घोषणा त्यो देशका कार्यकारी प्रमुखबाट भएका थिए । छिमेकी देश भारतका प्रधानमन्त्रीले मध्यरातमा २१ दिने बन्दको घोषणा गर्दा सञ्चार माध्यमहरुबाट प्रत्यक्ष प्रसारण समेत भएको थियो ।
तर नेपालमा भने संसारभरीको भन्दा भिन्न भयो । एउटा सूचना मार्फत यो कुरा आयो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले चैत्र १० गतेका दिन अपरान्ह एउटा पत्रकार सम्मेलन मार्फत चैत्र ११ विहान ६ बजे देखि चैत्र १८ विहान ६ बजेसम्म एकहप्ताका लागि राष्ट्रलाई बन्द (लकडाउन) गरिएको सूचना जारी गरियो । यो टिपोट भएको पाँचौदिनको अवस्था पनि यसकै निरन्तरता हो ।
यसको तीन दिन (चैत्र ७) अघि मात्रै प्रधानमन्त्रीबाट राष्ट्रका नाममा सम्वोधन भएकोथियो । त्यसको तेस्रो दिन (चैत्र ९) मन्त्रिपरिषदको बैठक बसेको थियो । देशकोकार्यकारी प्रमुख प्रत्यक्ष प्रकट भएको यस्ता राज्यका औपचारिक कार्यक्रमहरु सम्पन्न भए तर यो ठाउँमा यस्तो विषयको चर्चा समेत भएको पाइएन ।
बेलायतका प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्वोधन गर्दा त्यसैदिन संसदबाट विधेयक पारित गराएका थिए भन्ने समाचारहरु आएका थिए । कार्यकारी प्रमुखको सम्वोधनको आफै एउटा अर्थ रहन्छ त्यसमाथि संसदले नै कानुन बनाइदिएको अवस्था त आफैमा विशिष्ठ नै हो । भारतका प्रधानमन्त्रीले पनि आफनो मन्त्रिपरिषदबाट कार्यक्रम वा भनौं घोषणाको मस्यौदा पारित गराएर यस्तो घोषणा गरेका थिए भन्ने कुरा आयो ।
नेपालमा यी सबै केही भएनन् । सूचनाबाट लकडाउन जारी भएको दोस्रो दिन प्रधानमन्त्रीले आफुले बालुवाटार निवासबाट नै सरकार चलाएको जानकारी दिँदै नागरिकलाई पनि घरमा नै बसेर आफ्ना काम गर्न आह्वान भएको थियो । यसको अर्थ हो यो बेलासम्म प्रधानमन्त्री सरकार चलाउन स्वस्थ्य र सक्षम नै हुनुहुन्थ्यो । यद्यपि लकआउटको तेस्रो दिन भने उहाँ अस्पताल भर्ना भएर बस्नु भयो ।
हदैसम्म हेपियो स्वास्थ्य
जुन विषयका लागि यतिठूलो काम –लकडाउन गरिएको हो – त्यसको एउटैमात्र प्रमुख विषय थियो सर्वसाधारणको स्वास्थ्यको रक्षा गर्नु । तर भयो के भने अहिले चलिरहेको यो लकडाउनमा सबैभन्दा बढी मारमा परेको विषय नै यही सर्वसाधारणको स्वास्थ्य बन्यो । रुघाखोकी सामान्य थिए पहिले । कुनैकारणले ज्वरो आएमा त्यसको कारण खोजिन्थ्यो । तर सरकाररी प्रचारले नै रुघाखोकी र ज्वरोलाई कोरोना संग जोडेर प्रचार गरेपछि स्थिति कस्तोसम्म देखियो भने कुनै पनि कारणले ज्वरो आएको बिमारी खासगरी नीजि क्षेत्रका कुनैपनि अस्पतालमा औपचारिकरुपले नै मान्यता प्राप्त अछुत जस्तो भए । यो कुनै एक ठाउँको मात्र होइन, देशैभरी एक समानले यस्तै व्यवहार भैरहेको छ अपवाद बाहेक तर सरकारले केही गर्न सकेन ।
त्यस कारण नै यो संकटका बेला यही क्षेत्र यस्तो ठाउमा देखियो जो सरकारले कतै, अलिकति पनि व्यवस्थापन गर्न नसकेको र गर्न नखोजेको भनी आरोप लागिरहेको छ । यसका थुप्रै उदाहरण पनि प्रकट भैरहेका छन ।
जस्तो अचेलभरी चिकित्सक, बिरामी, तिनका आफन्त अर्थात समग्रमा करिव करिव देशैभरीका नागरिकबाट एउटै कुरा आइरहेको पाइयो –कोरोना कोरोना भन्दाभन्दै अरु कारणले बिरामी मर्ने भए ।’
विमारी जोगाउन प्रस्ताव भएको विषयले विमारीलाई नै मार्ने अवस्थाको एकहदसम्म कारक हो सरकारको अव्यवस्था । न्यूनतम आवश्यक वस्तुको आपूर्ती र सम्वन्धित संस्थालाई न्यूनतम आदेश दिन नसकिएको अवस्थाले साधारण जो सुकैको, ती विमारी भए सामान्य उपचार नपाएर उनका स्वास्थ्य झन गम्भीर भैरहेका र आफनो परिवार भित्र यस्तो पीडा भोग्नु परेकाले तिनका सरसउँदा आफन्त झन विमारी हुने वा भएका अवस्था प्रकट भयो यो एक दुइदिनकै लकडाउनका समयमा ।
पैदल हिडदा १०–१५ मिनेटको दूरीमा अस्पताल छ, त्यो पनि नामै चलेका तर कुनैपनि बिमारलाग्दा त्यो ठाउमा प्रवेश नै पाइदैन, तालै लगाइन्छ भने अनुमान गरौं यतिबेला सर्वसाधारणको स्वाथ्य क्षेत्र कसरी गुज्रिरहेको होला ।
स्वास्थ्यमन्त्रीको व्यवहार: लकडाउनको यो समयमा चिकित्सा क्षेत्रमा सबैभन्दाबढी चर्चामा आएको विषय बन्यो औषधी भन्दा सुरक्षाका वस्तुहअरु । यो कुनै एकठाउँमा होइन देशै भरीनै ।
यस्तो बेला स्वाथ्यमन्त्रीले यसलाइ विलासिताको सामान माने र भान्सेले पनि त्यस्तो सुरक्षा वस्तु पीपीइ मागेको भनी व्यंग्य गरे । त्यती मात्र होइन उनले संक्रमितहरुको संख्या समेत लुकाउन खोजेकामा धेरै आलोचना भयो ।
निजी क्षेत्रको यत्रोठूलो सञ्जाल छ उपचारको तर परेका बेला त्यसको प्रयोग गराउन नसकेका कारण पनि व्यवहारलेमात्र होइन सैद्धान्तिक रुपले पनि स्वास्थ्यमन्त्री बढी आलोच्य भएका हुनुपर्छ । यत्रो ठूलो राष्ट्रिय बन्द स्वास्थ्यमन्त्रीकै वरिपरी घुमिरहेकाले पनि उनका बोली व्यवहार प्रति सर्वसाधारणको बढी ध्यान केन्द्रित भएको हुनुपर्छ ।
नागरिकको स्वास्थ्य यतिबेला कसैले, उपचारका क्रममा पनि छुनै नहुने रोग जस्तो भएकोछ । सरकारले तोकेका पाँचवटा अस्पतालमा सेवा नै सुरु भएन लकडाउनको पाँचौं दिनसम्म । निजी अस्पतालले विमारी छुन नै छाडे । रुघाखोकी, ज्वरो, दम मात्र होइन अन्य रोग पनि उपचारको दायरमा परेनन् लामो समय अर्थात यो कोरोनाको चर्चा बढेपछि । एकातिर लकडाउन छ हिडडुल गर्न नपाइने । अर्को तिर सरकारले तोकेका अस्पताल धेरै टाढा छन । त्यसमाथि तिनले सेवापनि सुरुगरेका छैनन् सर्वसाधारणले शंका लागेमा त्यसको निदान हुनेगरी । सार्वजनिकरुपमा आएका विवरणहरुलाई एकठाउँमा राखियो भने दुर-दराजदेखि राजधानी सबैतिर एकनासनै छ मानिसका नियमति स्वास्थ्य संकटमा पर्दैछन भन्ने ।
कोरोना मात्रै: ‘प्रादेशिक अस्पतालको सबै सेवा बन्द, कोरोना जाँचमात्र गरिने’ लकडाउनको चौथो दिन प्रकाशित समाचारको शीर्षक हो यो । त्यसको पेटबोलीमा भनिएको छ – जनकपुरस्थित प्रादेशिक अस्पतालले आकस्मिक तथा अत्यावश्यक बाहेक अन्य सम्पूर्ण सेवा बन्द गरेको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको निर्देशनअनुसार अस्पतालले आकस्मिक तथा अत्यावश्यक बाहेक अन्य सेवाहरु बन्द गरेको हो ।
विश्वभर फैलिएको कोरोना माहामारी रोकथाम तथा नियन्त्रण गर्न आवश्यक भएको भन्दै अन्य सेवाहरु बन्द गरी अस्पताल त्यतार्फमात्र केन्द्रित हुने जनाइएको छ । अस्पतालका प्रमुख डा.नागेन्द्र यादवले कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न अस्पतालको सम्पूर्ण वार्डहरु मर्ज गरी सीमित वार्डमात्र सञ्चालनमा ल्याइएको जनाएका छन् । जनकपुर नर्सिङ क्याम्पस, पोषण पुनस्र्थापना गृह, एआइटी सेन्टर, सम्पूर्ण वार्ड तथा अन्य सबै तहका चिकित्सक, पारामेडिक्स, प्रशासनिक कर्मचारीलगायत कार्यालय सहायक तथा स्वीपरहरुको रिजर्भ पुल निर्माण गरिएको र सोहि पुलबाट फिभर क्लिनिक, इमरजेन्सी आइसोलेसन वार्ड र संभावित कोभिड–१९ आईसीयू सञ्चालन गर्न सबैलाई कामकाज गर्न खटाइएको छ ।’
मोफसलका जिल्लाहरुमा साधारण नागरिकका सामान्य जीवनमा आइपर्ने रोगहरुको उपचार कसरी थातिमा पर्दैछन भन्ने यो एउटा उदाहरण हो । यस्तै रह्यो उपत्यकाको उपचार पनि । कसैले सामान्यरुपले उपचार पाए भने त्यो अपवादमा परिणत भैरहेको छ ।
दृश्य एक: चैत्र १४ बिहान १० बजेतिर एकजना बिरामी टेकु अस्पतालको प्राङ्गणमा पुगे । उनलाई सामान्य रुघा लागेको थियो, ज्वरो थिएन । तर, खोकी पनि लागिरहेको थियो । उनको नियमित डायलासिस गर्ने पालो आजै थियो । त्यसैले अस्पताल पुगे । तर, अस्पतालले डायलासिस गराउन मानेन । कारण सोध्दा भन्यो, ‘टेकु अस्पताल गएर कोरोना नभएको रिपोर्ट लिएर आउनू ।’ त्यसैले उनी टेकु आएका रहेछन् । संक्रमण फैलिएको देशबाट आएकाहरूसँग प्रत्यक्ष सम्पर्क पनि छैन । कोरोना भाइरसको लक्षण पनि छैन । तर, अस्पतालले डायलासिस गराएन । यो आमा नागरिकले व्यहोरोको समस्या हुनुपर्छ ।
दृश्य दुई: अर्को रिपोर्टले अर्को स्थितिलाई प्रतिनिधित्व गर्छ जो राज्यले नोटमा राख्नै पर्छ । प्राप्त विवरण विवरण अनुसार लोकन्थलीका एक जना (रुक्मणी पराजुली) लाई एक सातादेखि लगातार खोकी लागिरहेको थियो । क्षयरोगको शंका लागेर उनका श्रीमानले भक्तपुरस्थित नयाँ ठिमीको राष्ट्रिय क्षयरोग केन्द्रमा लगे । अस्पतालले क्षयरोग नभएको भन्दै निमोनियाको केही सामान्य औषधि दिएर पठायो ।
त्यसको हप्ता दिनपछि अचानक सहन नसक्ने गरी छाती दुख्यो, खोकी बढ्यो । चल्न चपटाउन नसक्ने भएपछि लोकन्थलीकै समिट अस्पतालमा लगियो । अस्पतालले खोकी लागेको देख्नासाथ भर्ना नगरी फिर्ता पठायो । निमोनियाको रिपोर्ट कार्ड देखाउँदा पनि अस्पतालले भर्ना लिन मानेन । बाटो बन्द छ । अनेक प्रयास गरेपछि बल्ल–तल्ल एउटा एम्बुलेन्स आइपुग्यो । त्यो एम्बुलेन्सले लोकन्थलीदेखि टेकुसम्म आइपुग्दा बाटामा पर्ने सबै अस्पतालमा छिरायो । निमोनियाको बिरामीको रिपोर्ट कार्ड देखाउँदा पनि कुनै अस्पतालले भर्ना लिन मानेनन् । रुक्मणीको अवस्था नाजुक भइसकेको थियो । एकपछि अर्को अस्पतालले फर्काइदिएपछि एम्बुलेन्सले उनीहरुलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा लगेर छाडिदियो टेकु अस्पतालले निमोनियाको बिरामी देखेपछि भर्ना लिएन । किनकी, उक्त अस्पताललाई सरकारले कोरोना विशेष अस्पताल बनाएको छ । त्यहाँ कोरोनाको बाहेक अरु बिरामीलाई भर्ना लिइँदैन । टेकु अस्पतालका चिकित्सकले वीर अस्पताल जान सुझाव दिए । तर जाने कसरी...
दृश्य तीन: रिपोर्ट शीर्षक –उपाचार नपाएरै एक बिरामीको मृत्यु । वीरगञ्ज महागनरपालिका वडा नं. २२ जगन्नाथपुरका ३० बर्षीय युवक सन्तोष यादव उच्च ज्वरो आएपछि चैत ९ गते चितवन मेडिकल कलेजमा आए । अस्पताल पुग्दा उनलाई १०२ डिग्रीभन्दा बढी ज्वरो थियो भने लगातार खोकी लागिरहेको थियो । तर, चितवन मेडिकल कलेजले उनलाई साधारण जाँच गरेर कोरोनाको आशंकामा थप उपचारका लागि ‘कोरोना विशेष अस्पताल’ मा रिफर गर्यो । कोरोना अस्पतालले उनको नाम २० नम्बरमा दर्ता त गर्यो । तर, भर्ना गर्न मानेन । सन्तोषलाई ‘कोरोना विशेष अस्पताल’बाट पुनः चितवन मेडिकल कलेजमै फिर्ता ल्याइयो । तर, चितवन मेडिकल कलेजमा केही समय राखेर डाक्टरहरुको भनसुनपछि पुनः राति ८.३० बजे फेरि ‘कोरोना विशेष अस्पताल’मै पठाइयो । बल्ल तल्ल त्यहाँ भर्ना भएका सन्तोषको करिब ३६ घण्टापछि मृत्यु भयो ।
यिनको र्याल परीक्षण गर्दा कोरोना होइन रहेछ । तर यता र उता गर्दागर्दै उपचार विनानै उनको मृत्यु भयो । सरकारले यस्ता उपचारको आवश्यकता परका बिमारीलाई सहज र सरल रुपमा उपचार दिइन्छ भन्ने भरपर्दो अनुभूति नगराएसम्म प्रत्येक नागरिकका घरघरमा उव्जिएको उपचार सम्वधी चिन्ताको खाडल डरलाग्दो हुनेछ ।
अपिल र सरकार
धेरै पहिलेदेखि नै सरकारले निरन्तर अपिल गरिरहेको थियो भिडभाडमा नजानु, एकअर्का बीच एकमिटर परबस्नु, माक्स लगाउनु आदिआदि । तर यो कुरा स्वयं भन्नेले नै पालना गरको पाइएन । त्यसका उदाहरण प्रधानमन्त्री, मन्त्री र उनका आदेशको पालना गर्न लगाउने प्रमुख जिल्ला अधिकारीदेखिका सरकारी निकाय नै देखिएनन् ।
लकडाउनको चौथो दिन प्रधानमन्त्री स्वस्थ्य भएर निवास फर्कदा बालुवाटारमा खिचिएको र संचार माध्यममा प्रकाशनका लागि प्रेषित तस्वीरमा देखिए अनुसार उनका वरीपरी खडाभएका मान्छेको संख्या ठूलो थियो र कसैले मक्स पनि लगाएका थिएनन् । यतामुखपनि एकमिटरभन्दा कमदुरीमा नै जोडिएको थियो ।
मन्त्रीका कुरा गर्ने हो भने सरकारका प्रवक्ता स्वस्थ्यमन्त्रीका पत्रकार सम्मेलन नै हेरे पुग्छ । स्वास्थ्यमन्त्रीले त पचास साठी जनानै वरीपरीराखेर पत्रकार सम्मेलन गरिरहे लकडाउन गरिएपछिका दिनहरुमा पनि । त्यसमा उनी आपैmले माक्स लगाएका देखिएनन् । पहिले यसरीनै प्रस्तुत हुँदैथिए अर्कामन्त्री तथा सरकारका प्रवक्ता पनि सरकरका पछि उनी सच्चिएका पाइए तर स्वास्थ्यमन्त्रीको अवस्था भने उस्तै ।
प्रजिअको कार्यालयमा दिनहु दुइतीन सयको भीड देखिने गरेको छ । लकडाउन नगरिँदैपनि सरकारले २५ जनाभन्दा बढीको सख्या एकठाउँमा जम्मा हुन निषेध गरेको थियो ।