arrow

नेपालका वायुसेवा कम्पनीहरु अब मर्जमा जानुपर्छ 

कोरोना त्रासदी 

logo
लक्ष्मण सिटौला,
प्रकाशित २०७६ चैत २० बिहिबार
sitoula.png

सडक सुनसान छ । पसलहरु बन्द छन । मानिसहरू एकान्तवासमा छन। सन्त्रासले जलिरहेको छ सबैको मुटु । हरेक सुर्यास्त सगै एक प्रकारको त्रास भित्रीन्छ दैलोबाट । बिहानीको घामसगै एक दिन बाच्न पाएकोमा भगवानलाई धन्यवाद दिनुपर्ने भएको छ । ग्यास सिद्दिदै छ । चामलको बोरा रित्तिदै छ । एक मुठी रायोको साग पचास रुपैयाँले पनि पाउन सकिन्न। हरियोपरियो नखाको धेरै दिन भो । गुन्द्रुकले पेटमा ग्यास बढाउन थाल्यो। दुध र फलफूल त धनीको घरमा पुगेका छन रातारात । धनीहरुलाइ कोरोनाको लकडाउनले केही असर गरेकै छैन। ग्यास भनेको पन्ध्र दिन भो । पसलेले पनि गरीबलाई नराम्ररी हेप्छन । गाउँ जान पनि सकिएको छैन। गाउँ जाउ भनेपनी बिच बाटो मै अलपत्र परिएला भन्ने त्रास।फेरि गाउँ जादा पनि गाउलेले कोरोन्टाइनमा बस्न लगाउछन। गाउँले पनि यतिबेला त्रासमै छन।

नयाँ मान्छे कोहि देख्यो भने गाउँ प्रवेशमै रोक लगाएका छन रे ।
सहरमा बसु भने पनि  कति दिनको लकडाउन हो केही टुङ्गो छैन।
एउटा कोठामा पाँच जानाको परिवार । घरपेटिको कचकच उस्तै छ । हातमा पन्जा र मुखमा मास्क नलागाए बाहिर निस्किने गेट नै खोल्दैन। गरिबले चामल किन्नुकी पन्जा किन्नु । हरे शिव यो कोरोना भन्ने कस्तो भाइरस रहेछ । दिन दिनै कमाएर खानुपर्नेलाई त कोरोनाले भन्दापनी भोकले पो लैजाला जस्तो छ । रोग त बरु सहिएला भोक खप्न नसकिने रहेछ । भोकभोकै बस्नुपर्ने दिन पनि आउदो रहेछ। ज्याला गरेर खानिलाइ राहत दिने कुरा त सुनियो तर खै दुइचोटी धाइयो सम्पर्क कार्यलय कोरोनाको त्रासले अध्यक्षनै गुमनाम छन रे । 

ग्यास भोलिसम्मलाइ पुग्ला जेनतेन । चामल सकिए पनि मकै भुटेर त खान हुन्थ्यो नि । दाउरा बाल्न पनि पाइन्न। घरपेटिले कोठा कालो हुन्छ भन्छ । घरपेटिको चुलोमा पाँच पाँच वटा भरिएका ग्यास सिलिन्डर छन । माग्ने आट पनि गर्न सकेको छैन मैले। बोल्दा त राम्रोसँग नवोल्नेले ग्यासको सिलिन्डर देलान् भन्ने कसरी आश गर्नु र। धनीकै घरमा चामलका बोरा । धनीकै घरमा १० वटा भरिएका सिलिन्डर । धनीकै घरमा खाना फालाफाल।

निजि डाक्टरले दिनदिनै स्वस्थ चेक जाँच। अलिकति पातलो दिसा आउन हुन्न डाक्टर दौडिएर उन्कै घरमा आउछन । हामी गरिब । हामीले देख्दैनौ डाक्टर र मैलेत भगवानसग एउटै वर मागेको छु कि यो डाक्टरको अनुहार जिन्दगीमा कहिले पनि हेर्न नपरोस।

अबको आर्थिक गतिविधि 
हवाईसेवा बन्द छ । स्कुल कलेज बन्द छन। ठमेलका प्रायः सबै ट्राभल एजेन्टहरु बन्द छन। सहरको यो कोरोना कहरले खर्लप्पै निलेको छ मध्यम परिवार र गरीबहरुको खुसी । कतिका जागिर गए। कतिका जागिर जाँदै छन। कतिका बन्द ब्यापार नउठ्ने गरि थला पर्दै छ । नेपालमा "नेपाल" गरीब हो ब्यक्ति धनी छन।भ्रष्टाचार गरेर कमाउनेलाइ एक बर्ष लकडाउन भए पनि केही खुत्लिने होइन । आखिर मर्ने गरीबगुरुवा हुन। देशमा अब आर्थिक मन्दी लाग्दै छ । उत्पादन र निर्यात ठ्याक्कै बन्द भएको अवस्था छ । कुखुरा पाल्नेहरु पनि गुनासो गर्न थालेका छन मासु बिक्री हुन छोड्यो । अब आन्तरिक पर्यटन पनि दुई तीन बर्षका लागि लकडाउन जस्तै हुने छ । सरकारले जस्तोसुकै आर्थिक प्याकेज ल्याए पनि त्यो निम्नमध्यम बर्गका लागि लक्ष्यित हुनुपर्छ। ऋण लिएर गर्ने के त प्रश्न यहाँनीर उठ्छ । भारतबाट आयात हुने चीजबीजमा बन्देज लगाउनुपर्छ र नेपाल भित्र उत्पादन भएका सबै चीजबीज नेपाली उपभोक्ताले नै उपभोग गर्ने वातावरण सिर्जना हुनुपर्छ ।

कोरोनाको सन्त्रासका कारण हवाई यातायातसेवा नराम्ररी थला पर्दै छ । अरबौ ऋण गरेर ल्याएका जाहाजहरु घाम ताप्न बाध्य छन। बैंकहरु जस्तै हवाइसेवाका सस्थाहरु पनि एक आपसमा मर्जमा जानू अनिवार्य छ। अन्तर्राष्ट्रिय उडानलाई प्रमुख आधार मानेर अहिलेसम्म टिकिरहेको नेपाल वायुसेवा निगमको यो अवस्थालाई सुधार गर्न दुई सस्थाबाट लिएको करिब ४० अरब ऋण सरकारले पुजिकृत गरेन भने भोलि यो सस्था बन्द हुने छ ।

अन्य निजि हवाईसेवा संचालकहरुका कठिनका दिनहरु आइरहेका छन। अब नेपालमा भएका निजि हवाईसेवाहरु पनि मर्जमा गयो भने सम्भवत बाच्ने र बजारमा टिक्न सक्ने संभावना रहला। अब नेपालको आर्थिक भविस्य भनेको कोरोनाको कम प्रभावमा निहित छ । नेपालमा जति कम कोरोनाको प्रभाव हुन्छ त्यतिनै यो देशको भविस्य उज्यालो हुन्छ। मिडियाका साथीहरूले पनि कोरोना सम्बन्धि अफाव फैलाउने काम नगरु किनभने यस्को प्रत्यक्ष असर अन्तत तपाईलाई पनि पर्छ। कोरोनाको कारण सन्सारको सबैभन्दा शक्तिशाली देश अमेरिका त आफै धराशायी हुँदै छ। त्याहाको आर्थिक मन्दीका बारेमा अहिले कसैले पनि आकलन गर्न सकिरहेको छैन । यो बिश्व र ,बिश्वका मानवजाती अहिले नराम्रो अवस्थाबाट गुज्रिरहेको छ। सन्सारको आर्थिक गति यतिबेला टक्क रोकिएको अवस्थामा छ । नेपाल जति कोभीड - १९ बाट बच्यो त्यतिनै नेपाल बिश्वको घुम्न लायकको स्थानमा चुनिने छ। भगवानले हामीलाई देखुन यो भुस्वर्गमा कुनै दाग नलागोस भनी हामी प्रार्थना गरौ।

पर्यटन र रेमिट्यान्समा अब निर्भर नरहु
अहिलेसम्म हामीले कुनै पनि नेपालीलाइ कोरोनाका कारण गुमाउन परेको छैन। र जो जो हस्पिटलमा हुनुहुन्छ उहाँहरुको पनि स्वस्थ राम्रो स्थितिमा रहेको कुरा जानकारीमा आएको छ । कोरोनालाइ जति पराजित गर्न सकियो त्यति नै नेपालको आर्थिक वृद्धि दरमा खास त्यस्तो ठुलो असर नगर्ला । नेपालको पर्यटन ब्यावशाय अब केही बर्ष सुस्त गतिमा अगाडि लम्किने छ किनभने कोरोनाको त्रासदी  कोरोनाको अन्तर्राष्ट्रिय प्रभाव कस्तो रहन्छ अबको लकडाउन पनि  त्यस्मै निर्भर रहने छ । नेपालको पर्यटन ब्यावशाय युरोपेली जनताको भ्रमणबाट लगभग टिकिरहेको अवस्था हो। अब युरोपेलीहरुको भविस्य एउटा अध्यारो गर्तमा धकेलिएको छ । युरोपेलीहरु अब केही बर्ष नेपाल घुम्न आउने सम्भावना नै छैन। राज्यहरु रोगका कारण धराशायी बनिरहेका छन। बेरोजगारीको संख्या अत्यन्तै चुलिएको छ । यतिबेला त्याहाका सरकारले जतिसुकै गुलियो आर्थिक प्याकेज ल्याए पनि  छिटो त्याहाको जनजीवन सामान्य अवस्थामा आउनेवाला छैन।

युरोपमा कोरोनाको त्रास यो सताब्दी भरिनै रहिरहने छ । इटालीको इतिहासमा अहिलेको कोरोना त्रासदी बिसौ बर्ष सम्म रहिरहने छ। कोरोनाको इपिसेन्टर अब अमेरिकामा फर्किएको छ। नेपालको पर्यटन ब्यावशाय अब छिटो तैरिनेवाला छैन । रेमिटान्स बाट बाचिरहेको यो मुलुक अब रेमिटान्स बन्दको अवस्था हो कोरोनाको महामारिका कारण  नेपालीहरुले दोस्रो तेस्रो मुलुकमा भोगिरहेको पीडाले पनि अब बिदेश जुनसुकै । मुलुक पनि सुरक्षीत छैन भन्ने अभिबोध भएको छ । अब पहिलेको गतिमा पुग्नका लागि यो बिश्वले धेरै त्याग गर्न पर्ने छ। यो पुस्ताको विलयपछि दोस्रो पुस्तामा गए पछि मात्रै यो त्रासदी मेटिने छ । 

आशाको किरण 
कोरोनालाइ नेपालले एउटा अवसरका रूपमा लिनुपर्छ किनभने नेपालको अहिलेको युवा पुस्ता प्रायः बिदेशिन बाध्य थिए। गाउँ युवा बिहिनको अवस्थामा छ । बाबुआमाहरु एक्लिदै गएका छन। कोरोनाले नेपाली परिवारलाइ एक प्रकारले जोडीदिएको अवस्था पनि हो । अब बिदेश जानू भनेको दुख पाउनु हो भन्ने कुरा सबै युवाहरूलाई बोध भएको छ । अबका युवाले कृषिप्रधान देश नेपाललाई कृषिकै माध्यम बाट समृद्ध बनाउने छन। अब सहरमा होइन गाउँमा जानी हो । सहरमा कुनैपनी चुल्हो निभ्न सक्छ तर गाउँमा ग्यास नपाएर कोहि भोकै मर्ने छैन। अब सहरको चुलो निभ्दै छ । गाउँमा उज्यालो आउदै छ । उत्पादन क्षेत्रमा राज्यले लगानी गर्नुपर्छ । अबको भविस्य हाइड्रोपावर र कृषि नै हो । आफुलाइ कृषिप्रधान देश भन्ने नेपाल अब कृषिका सबै उत्पादनमा आत्मनिर्भर हुनुपर्छ । गाउँ जानुपर्छ । अहिलेसम्म बन्झर रहेका खेतीयोग्य जमीनलाई हराभरा बनाउनुपर्छ । आशाको किरण अब क्षितिजमा देखिएको छ । गाउँ जाउ। गाउँ बनाउ। गाउँमा नै फुल्दैछ अब समृद्धिको सपना ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ