arrow

कोरोनाको महामारी रोक्न प्रधानमन्त्रीलाई प्रदीप पौडेलका पाँच टिप्स

logo
प्रकाशित २०७६ चैत २४ सोमबार
pradip-poudel-congress.jpg.jpeg

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम, नियन्त्रणमा सरकारले देखाएको उदासिनताप्रति नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले गम्भीर चासो व्यक्त गरेका छन् । 

सामाजिक संजाल फेसबुकमा आफ्नो धारणा व्यक्त गर्दै नेता पौडेलले रोकथाममा सरकारले उदासिनता देखाएकाले नसोचेको राष्ट्रिय विपत्ति नजिकिदै गरेको प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्वोधन गर्दै भनेका छन् । 

उनले सरकारले मन्त्रीपरिषद मार्फत निर्णय गर्ने र प्रचार मात्र गर्ने शैलीले संकट झनै अवश्यम्भावी रहेको देखिएको प्रष्ट पार्दै यस संवेदनशील परिस्थितिमा कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा तत्काल पाँच काम गर्नुपर्नेमा जोड दिएका छन् । 

यस्ता छन् प्रदीप पौडेलले देखेका चाल्नै पर्ने पाँच कदम–
१, कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा संलग्न हुने स्वास्थ्य कर्मचारी तथा सुरक्षाकर्मीलाई लजिष्टिक सपोर्ट तत्काल उपलव्ध गराई संक्रमित पहिचान र उपचारका लागि हरेक स्थानीय तहमा कम्तिमा एक ‘क्विक रेस्पोन्स टिम’ गठन गरि आवश्यक कार्य अगाडि बढाईयोस् ।

२, यो कछुवा गति भन्दा पनि ढिलो हुने परीक्षण बिधिले हामी समस्या समाधान गर्न सक्दैनौ ।संक्रमितको सम्पर्कमा रहेकाकहरूको खोजी गनै,उनिहरूको परीक्षण गनै,लक्षण देखिएकाहरूको सहज परिक्षण हुने स्थिति बनाउने परीक्षणको दायरा फराकिलो बनाउन परीक्षणको गति र संख्या बढाउन आबश्यक कार्य अगाडि बढाईयोस् ।

३, उक्त कार्यका लागि आवश्यक पर्ने वजेटका लागि नेपाल सरकारद्वारा स्थापित ूकोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषूमा सरकारले चालू आर्थिक वर्षमा जनता आवास कार्यक्रम अन्तर्गत ३० हजार घर निर्माण गर्न विनियोजित रू ४३० करोड, २० हजार घरको खर तथा फुसको छानो फेर्न विनियोजित रकम रू ७३ करोड र प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सवै माननीयका लागि ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ नाम दिएर विनियोजित रू ९९० करोड रकमलाई तत्काल रकमान्तर गरी ईमान्दारिताका साथ सदुपयोग गर्ने ।

४, प्रधानमन्त्रीज्यूको निर्वाचन क्षेत्र झापामा निर्माणाधिन भ्यू टावर जस्तै पहुँचका आधारमा विनियोजित रकमलाई समेत ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा रकमान्तर गरी जनस्वास्थ्यमा संवेदनशील हुनुपर्ने ।

५,चालू आर्थिक बर्षमा विनियोजित बजेटमध्ये खर्च नभएका अन्य धेरै शिर्षकमा रहेका रकमलाई ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा रकमान्तर गरी ईमान्दारिताका साथ  सदुपयोग गर्ने। 

नेता पौडेलले ‘बजेटको समस्या होइन इच्छा शक्ति र कुशल ब्यबस्थापनको क्षेमता नपुगेर काम हुन सकिरहेको छैन। प्रधानमन्त्रीको समयमै ध्यान जाओस्; भनेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ