arrow

कोरोनाको असर र हाम्रो भविष्य

कोरोना पछिको समय अवसरमा बदल्नुपर्ने

logo
चित्र बहादुर केसी,
प्रकाशित २०७६ चैत २४ सोमबार
chitra-kc-congress-sanjal-vp.jpg

अहिले विश्वभरि कोरोना भाईरसको संक्रमणले आतंक मच्चाएको अवस्था छ। दिन प्रतिदिन यसको संक्रमण बढदो अनुपातमा छ। विश्वका शक्तिशाली देश कोरोना बिरूद्धको औषधी खोप बनाउने तयारीमा लागेका छन्। परीक्षण हुने क्रममा नै छन। तर, यसको प्रभावकारीको लागि कम्तिमा ५-६ महिना लाग्ने अनुमान गरिएको छ। धेरैजसो मुलूक लकडाउनको अवस्थामा छन्। आफ्नो नागरिकको सुरक्षाको लागि पनि यो आवश्यक छ। तर, लकडाऊन गर्दा सबै देशले एकै समयमा गर्दा उपयुक्त हुन्छ । फरक फरक समयमा गर्दा यसको प्रभावकारी हुनेछ। किनकी यो कुनै देश विशेषसंग सम्बन्धित समस्या होइन। एक अर्कोंमा फैलिने भएको हुँदा साझा समस्याको रूपमा सबै मुलुकले लिनु पर्दछ। 

अब बिश्व परिवेशमा यो युगलाई दुई चरणमा भाग लगाएर हेर्न सकिने अवस्था सृजना भएको छ। कोरोना पूर्व र कोरोना पछि। कोरोना युगलाई १९३०को आर्थिक मन्दीको कालभन्दा भन्दा पनि संकट र खतराको रूपमा हेरिएको छ। बिश्वभरिबाट करोडौं रोजगार गुम्ने प्रस्ट देखिसकिएको छ। अहिलेको कोरोना भाईंरसको असरले महाशक्तिसाली राष्ट्र र बिश्व समुदायलाई ठूलो शिक्षा र चुनौती समेत दिएको छ। 

अब आणविक र क्षेप्यास्त्रको यो दुनियामा कुनै महत्व छैन र यसको भूमिका र अर्थ निक़ै कमजोर रहेछ भन्ने बिषय पुष्टी भएको छ। बिश्वको शक्तिशाली महाराष्ट्र अमेरिका बेलायतको कमजोर हालत र दृश्यबाट पनि यो अवगत भएको छ। उनीहरुले अहिलेसम्म प्रकोपलाई नियन्त्रण गर्न सकिराखेको छैनन। बरु प्रकोपको अनुपात बढ़दो छ। बिश्व समुदायमा जुन अस्त्र र आणविकको होडबाजी र प्रतिस्पर्धा चलिराखेको थियो। अब यसको प्रतिस्पर्धामा बिस्तारै कमि आउने अनुमान गर्न सकिन्छ। यो अहिलेको कोरोना भाईंरसले दिएको बलियो शिक्षा हो। 

कोरोनाको कारण नेपाल पनि लकडाउनको अवस्थामा छ। नेपाल सरकारले नागरिकको सुरक्षाको लागि सबैलाई घरबाहिर ननिस्कन अनुरोध गरेको छ। आज लकडाउन भएक़ो पनि १३ दिन भइसकेको छ। यो लेख लेखिराख्दा संक्रमण हुनेको संख्या ९ जना पुगेको छ। सरकारले जुनरूपमा तयारी गर्नुपर्ने थियो, त्यो तयारी खासै देखिदैन। चीनबाट स्वास्थ्य मन्त्रालयले मेडिकलको सामग्री खरिद गर्दा अनियमितता भयो भनेर ब्यापक विरोध र आलोचना भए पछि सरकार पछि हटन बाध्य भयो। दुई पक्ष बिचमा गरिएको सम्झौता बदर गरियो। फेरी, अहिले नेपाली सेनालाई जिम्मा दिईएको छ। यो पनि विवादमुक्त हुन सकेको छैन। 

प्रवासमा आधा करोड भन्दा बढी नेपाली छन्। प्रवासमा रहने नेपालीहरुमा पनि संक्रमण भैराखेको खबर आइरहेका छन्। हिजो मात्र अमेरिकामा एकै दिनमा ३ जनाको मृत्यु भएको खबर आयो। केही दिन पहिला पनि यूकेमा बाबु छोरी लगायत अन्य एक जनाको गरि तीन जनाको मृत्यु भएको छ। सबैभन्दा बढ़ी नेपाली रहेको क्षेत्र मध्यपूर्व हो। त्यो क्षेत्रमा सक्रमण देखिएको छ। युएईमा ८ जना र बहराईंनमा १० जना नेपाली नागरिकलाई संक्रमण भएको खबर छ। यसको असर साउदी र कतारमा पनि देखिएको छ। त्यहा रहेका नेपालीहरु स्वदेश आउनको लागि सम्बन्धित निकाय र नेपाल सरकारलाई हारगुहार गरिराखेको छन्। तर, लकडाउनको अवस्थाले गर्दा ति नागरिकहरुलाई नेपाल सरकारले स्वदेश ल्याउन सकिराखेको छैन। र,सम्बन्धित देशको दूतावाससँग सम्पर्क गरि जो जहाँ छ त्यही बस्न अनुरोध गरेको छ। 

कोरोना भाईरस नियन्त्रणमा आइसकेपछि बिश्व समुदायमा आर्थिक मन्दी प्रमुख समस्याको रूपमा आउने छ। यो नयाँ युगको रूपमा देखा परेर आउनेछ। यो समस्याबाट नेपाल पनि अछूतो रहने छैन। धेरै संख्यामा रोजगारको अवसर गुम्ने छ। सबैभन्दा बढ़ी असर मध्यपूर्वमा रहेका नेपालीलाई निश्चित रूपमा पर्ने छ। नेपाल रेमीट्यांन्सले चलेको मुलुक हो। लाखौ नेपाली एकैचोटी फर्किदा शुरूको अवस्थामा समस्या आउन सक्छ। तर, यो नयाँ नेपाल निर्माण गर्नको लागि मेरुदण्ड पनि हुन सक्छ। यसको लागि नेपाल सरकारले कार्यक्रम र योजना तयार गर्नु पर्दछ। 

अहिले शहरीकरण भैराखेको अवस्था छ। गाउँ शून्य अवस्थामा छ। गाउँका खेतबारी बाझिएका छन्। कोहि काम गर्न, मिहिनेत गर्न तयार छैनन्। सबै सुविधाभोगी र विदेशबाट पठाएको पैसाले गर्दा काम गर्ने बानी हराईसकेको छ। अब गाउँफर्क अभियान सरकारले ल्याउनुपर्दछ। कृषिलाई प्रमुख आधार बनाएर विदेशबाट फर्किएका युवा शक्तिलाई तालिम सहितको वैज्ञानिक पद्धतिको विधि अपनाएर कृषिलाई आधुनिक तरिकाबाट लैजानु पर्दछ। मध्यपूर्बमा नेपाली २०-२५ हजारको लागि श्रम गर्न जाने युवा शक्तिलाई रोक्ने यो सुनौलो अवसर पनि हो। २०७२ सालमा भूकम्प जादा पनि एक किसिमको अवसर आएको थियो, युवा बिदेश पलायन हुनबाट रोक्ने। त्यो अवसरलाई सरकारले प्रयोगमा ल्याउन सकेन। अहिलेको यो अवसरलाई पनि सरकारले गुमायो भने नेपालको भविष्य सधै अन्धकारमा रहनेछ। देश निर्माण गर्ने युवा शक्तिले हो। जुन नेपाल भन्दा बाहिर छ। 

अहिलेको यो समस्याबाट स्वास्थ्यसेवा र कृषि प्रमुख पाटो रहेछ। यी दुई कुरालाई राज्यले राज्यको अंगको रूपमा लिनुपर्ने रहेछ भन्ने शिक्षा पनि मिलेको छ। अब देश निर्माण गर्ने हो भने बिदेशमा रहेका युवालाई देश निर्माणमा लगाएर विदेश पलायन रोक्नु पर्दछ। यो अवसर हो। अवसर निर्माण गर्ने माहोल सरकारको हो। सरकारले गम्भीरताका साथ अघि जानु पर्दछ। अब पनि यो नयाँ युग र अबसरलाई समात्न नसक्ने र यहि पाराले देश अघी लैजान खोज्ने हो भने भावी पुस्ताले दुःख पाउनेछ। 

(केसी एनआरएनएका निवर्तमान आइसाईसी सदस्य तथा नेपाली कांग्रेस महासमिति सदस्य हुन्।) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ