arrow

कोरोनाको विस्तारमा चीनको भूमिकालाई लिएर पश्चिमा देशको आरोप

कमजोर लोकतान्त्रिक र निरंकुश राष्ट्रहरू चीनको प्रभावमा

logo
एएनआई,
प्रकाशित २०७६ चैत २४ सोमबार
corona-worldwide.jpg

बेइजिङ्ग। कोरोनाभाइरस महामारी पछि चीनले आफूलाई जिम्मेवार विश्वव्यापी नेताको रूपमा राख्न प्रयास गरेको कतिपय कोणबाट चर्चा भयो। कतिपय पश्चिमा देशले महामारीकै बीचमा कोरोनाको बिषयलाई लिएर आरोप समेत लगाएन्। महामारीका कारण निराश जनतालाई नियन्त्रण गर्न अधिनायकवादी विधिहरू प्रयोग गरेको आरोप पनि चीनमाथि लागेको छ। चीनबाट शुरु भएको कोरोनाको घातक संक्रमणले पुरै महाद्वीपमा मानिसहरुको तीव्र रुपमा ज्यान लिदै गर्दा चीनका बारेमा पश्चिमा देशको सरकार र नागरिक तहमा बिरोधका स्वरहरु बढेका छन्।

अन्तर्राष्ट्रिय रिपब्लिकन इन्स्टिच्युटका वरिष्ठ सल्लाहकार डेभिड शलम्यानले 'वार अन दि रक्स' मा लेखे अनुसार, 'चिनियाँ नेताहरूले आफ्नो ठोस फाइदाका लागि कोभिड-१९ ले धेरै असर पुर्‍याइएका देशहरूमा वैदेशिक बयानको छलकपट र मेडिकल उपकरणको प्रबन्धलाई परिचालन गर्नेछन्। प्रवन्ध गरिएका भेन्टिलेटर, मास्क र भाइरस टेस्ट किटहरू वितरण गरिए पनि ती मध्ये धेरैले राम्रोसँग काम नगर्न सक्छन्।' चीनको सर्त अपनाउन वा हुवावे उपकरणलाई उनीहरूको ५जी पूर्वाधारमा एकीकृत गर्न नचाहने देशहरूमा दबाब आउन सक्ने शलम्यानले लेखेका छन्।

बेइजिङ्गले आफ्ना आलोचकहरूको मुख बन्द गर्नको लागि कमजोर प्रजातन्त्र भएका देशको सूचनाको मोडेल नै नियन्त्रण गर्दै गएको आरोपसँगै टिप्पणी पनि हुन थालेको छ।

चिनियाँ शासनको कारवाहीले २००३को सार्सको प्रकोपका बेला चीन सरकारलाई उत्तरदायी राख्ने मिडिया आउटलेटहरू र वकालत समूहहरू बन्द गरिएका थिए। अहिले कोभिड-१९ मा पनि नागरिकलाई जानकारी गराउने त्यस्ता संस्थाहरुमा चीनको बक्रदृष्टी रहेको आरोप छ।

चीनले संसारभरिका कमजोर लोकतान्त्रिक र निरंकुश राष्ट्रहरूमा मिडिया नियन्त्रण गर्ने वा तिनलाई उन्मूलन गर्ने बीउ रोपिरहेको आरोप लगाउँदै शुलम्यानले यसले भविष्यमा अन्तर्राष्ट्रिय संकट निम्त्याउने सम्भावना औंल्याएका छन्।

कम्बोडियादेखि सर्बियाहुँदै युगान्डासम्म चीनले जनमत, सेन्सर र सर्वेक्षण गर्ने पत्रकारहरू र नागरिक समाजका कार्यकर्ताहरूलाई चिनियाँ कम्युनिष्ट पार्टीको मोडलमा साइबर सुरक्षा नीतिहरू कसरी लागू गर्ने भन्ने बारे बृहत्तर तालिम दिइरहेको अन्तराष्ट्रिय मामिलाका जानकारहरु बताउँछन्।

तानाशाही नेताहरूका लागि चीनको समर्थनले गैरलोकतान्त्रिक शासनको अन्तर्निहित सूचना प्रवाहको समस्यालाई बढावा दिने गरेको टिप्पणी हुँदै आएको छ। असुरक्षित सरकारहरूले असुरक्षित स्वास्थ्य र अन्य संकटहरू हटाउन महत्वपूर्ण जानकारी प्राप्त गर्न सक्ने सम्भावना कम हुन्छ।  कोभिड-१९ को शुरुआती दिनहरूमा वुहानमा भएको जस्तो निम्नस्तरका अधिकारीहरूले नराम्रो खबर बाँड्ने डर देखाउँछन्।

नोभेम्बरमा चिनियाँ शहर वुहानमा पहिलो पटक देखा परेको कोरोना भाइरसले विश्वभर १३ लाख भन्दा बढीलाई संक्रमित गरिसकेको छ। अमेरिका जस्ता देशहरूले चीनलाई कोरोना भाइरसलाई विश्वको अन्य विभिन्न भागमा फैलाउन अनुमति दिएको आरोप लगाएका छन्। अन्तराष्ट्रिय मामिलाका जानकारहरु कोभिड-१९ को महामारीले कुनै एक देशको अधिनायकवादको कुरूपताले संसारभर कसरी भयावह स्थिति ल्याउँछ भन्ने प्रष्ट पारेको बताउँछन्। 

अमेरिका र यसका साझेदारहरू कोरोना भाइरसको बारेमा चीनले अझै पनि बाँकी विश्वलाई सहि जानकारी साझा नगरेर धोका दिएको आरोप लगाउँदै आएका छन्। चीनले सहि तथ्य नराखेर गुमराहमा राखेको पनि अन्य राष्ट्रहरुले बताउँदै आएका छन्। कोरोना संक्रमण केहि मत्थर भएपछि चीनका बिरुद्ध मोर्चाबन्दी हुनसक्ने पनि देखिएको छ। चिनियाँ सरकारले विश्वव्यापी पकड जमाउन लगातार प्रयास गरेको खण्डमा अमेरिका, बेलायत जस्ता देशले कसरी यसको सामना गर्छन त्यो भने भविष्यको गर्वमा छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ