- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
झापा । झापाको बुद्दशान्ति गाउँ पालिका २ गोपाल टोलकी अनिता अधिकारी खनालको रहस्यमय मृत्यु भएको भन्दै उनका परिवारले सत्य तथ्य छानबिन हुनुपर्ने माग राखेका छन् ।
रहस्यमय मृत्युको आशंकामा ज्वाईलाई माइती पक्षले दोषी देखाएका छन् । मृतककी आमा राधा अधिकारीले छोरीको हत्या गरिएको भन्दै छानबिन हुनुपर्ने माग गरेकी छ्न् ।
मृतक अनिताको शव शुक्रबार धरान स्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरी झापामा दाहसंस्कार गरिएको छ ।
उक्त घटना रहस्यमय ढंगबाट भएको भन्दै अनिताको माइती पक्ष उर्लाबारी ४ निवासी मृतककी आमा राधा अधिकारिले न्यायीक छानविनको माग गरेकी छिन् ।
शनिबार पत्रकारहरुसँग गुनासो राख्दै छोरीलाई मृत्युको मुखमा पुर्याउनेलाई कडा भन्दा कडा कारवाही गर्न मृतककि आमा राधाले माग राखेकी छिन् ।
झापाको बुद्दशान्ति २ मा बस्दै आएकी अनिता स्थानीय एक निजी विद्यालयमा पढाउने गर्दथिन । उनका पति षडानन्द प्रसाद खनाल औषधि बिक्रेताको काम गर्देै आएका थिए ।
सामान्य आर्थिक अवस्था भएका उनीहरुका सात बर्षिय एक छोरा र आमा सहित चारजनाको परिवार थियो ।
यतिखेर विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण उनीहरु आफ्नै घरमा बसिरहेका थिए ।
बैशाख ३ गते बुधबार अपरान्ह ४ बजे आफ्नै कोठामा ढोका थुनेर झुन्डिएको अवस्थामा अनितालाई भेटेको उनका पति षडानन्दको भनाई छ ।
खेतमा घाँस काटेर घर आउँदा अनिता झुण्डिएको अवस्थामा देखेपछि आमा तथा छिमेकीलाई बोलाएर ढोका खोली डोरी काटी अनितालाई बचाउन बिर्तामोड स्थित बिर्तासिटी अस्पताल पुर्याइएको मृतकका पति षडानन्दले बताएका छ्न् ।
साथै अनितालाई तत्काल अस्पताल पुर्याउना साथ डाक्टरले मृत घोषणा गरेको मृतकका पतिले बताएका छन् ।
उता मृतकका आफन्तले भने अनिताको सुनियोजित तवर बाट हत्या गरिएको दाबी गरिरहेका छन् । माइती पक्षहरूले हत्याको दाबी गरिरहँदा अनिताको मृत्यु थप रहस्यमय हुँदै गएको छ ।