arrow

तपाईको मुखौटो उघ्रिएको याद छ प्रधानमन्त्रीज्यू ?

कांग्रेस नेतृत्वलाई समेत सुझावः सत्तापक्षिय भुमिका निर्बाह गर सरकार आफै प्रतिपक्षी बन्छ

logo
रिता खनाल,
प्रकाशित २०७७ वैशाख ७ आइतबार
rita-khanal.jpg

संसार कोरोना कहरले भयभित छ। कोरोना भाइरसले मानविय र आर्थिक क्षती कति गर्ने हो त्यो अनुमान अझै छैन। तर एउटा कुरा निश्चिति भएकव छ की यो कहरले विश्वको आर्थिक, सामाजिक, राजनितिक, संस्कार र संस्कृती, रहनसहन, खानपिन र सोचमा अवश्य परिवर्तन ल्याउने देखिएको छ। 

भनिन्छ बिनाश पछि बिकास हुन्छ । सकारात्मक सोच राखेर बिषबाट अमृत निकाल्ने संकल्प बोक्नेहरुका लागि अवस्य यो युक्ती ठीक हो। कुनै पनि देशको भबिष्य र नागरिकको सुख त्यो देशमा शासन गर्ने सरकार र त्यस्को प्रमुखको जनता तथा राष्ट्रप्रतिको संकल्प एवं इमानदारीमा निर्भर गर्दछ। यतिबेला हामी नेपाली दुई तिहाई जति देश भित्र छौ भने झन्डै एक तिहाई नागरिक संसारभर फैलिएका छौ। देशभित्र रोजगारीको उत्तम व्यवस्था नहुदा र बिस्तारै आफ्नै थातथलोमा खेतवारीमा ढुङ्गामाटोसँग लतारिनु भन्दा बिदेश गएर आफू र आफ्नो परिवारको गुजारा चलाउने लहर नै चलेको छ। बिस्तारै बिदेशी भुमीमा नेपालका बलिया पाखुराहरु र मजबुत, सृजनशिल मस्तिष्कहरु पलायन हुँदै गएको छ। तर हाम्रो राजनीतिले देशबाट बेरोजगार युबाको ठुलो बोझ पन्छिएकोमा भित्रभित्रै खुसी मान्यो। त्यो भन्दा पनि बढी खुसी उनीहरुले पठाउने रेमिटेन्सले देशको अर्थतन्त्र चल्दा मनायो।  समस्या नआएसम्म सबैलाई सजिलै भएको थियो। 

हुनत जस्का घरबाट आफ्ना परिवारका सदस्य प्रदेश भासिएका थिए त्यो घरको चुल्हो राम्रोसँग बलेको थियो होला तर घरको जिम्मेवार सदस्य घरमा नहुनुको कैयौं पीडा उनीह्यरुले पनि भोगेकै थिए। बृद्ध बाबुआमाले आफ्नो बुढेशकालको सहारा गुमाएका थिए। घरघरका कहानी धेरै सामाजिक कहानी उजागर भएको जगजाहेर छ। धेरै आमाबुबा भित्र दिनहुको खिन्नताबोधले डिप्रेसनको सिकार भएका छन्। तिनका सुगर प्रेसर दम अझै बढेको छ। भर्खर बिहे गरेका सँगै बाच्ने सँगै मर्ने कसम खाएका दम्पती बिछोडिएर बस्नुपर्दा कति कठिनाइ सहनेलाई मात्र थाहा हुन्छ। सामाजिक विकृती पनि मौलाउँदो छ।  कत्तिको त घर फर्किदा पति छैन कतिको पत्नी छैन। कमाएको सम्पत्ति पनि छैन। फेरि कमाउन जाने उमेर पनि छैन। उल्टो बर्बादीको कहानी पनि सँगै हुर्किरहेको छ। बालबालिकाहरुले आमाबुबाको बात्सल्यता गुमाएका छन। संयुक्त परिवारबाट एकल परिवारमा समाज रुपान्तरण हुँदै जाँदा संस्कार, संस्कृती र परम्परा अतिक्रमण हुँदै जाँदा हाम्रो समाजको घरायसी मायाप्रेम र एकतालाई खल्बलाएको छ। यी यावत विषयको नकारात्मक प्रभाव केलाउने चासो र फुर्सद हामी कसैलाइ कहिल्यै भएन। यस्ले भबिष्यमा के के दुरगामी परिणाम निम्त्याउने हो अनुमान मात्र लगाउन सकिन्छ। अझै यो बिदेश जाने चक्करमा कति सोझा निमुखा ठगिए, कत्तिको घर गोठ र खेत उडे, कति बौलाएर ज्यान फाले। प्रत्येक बर्ष हजारौंको संख्यामा बिदेशबाट डब्बामा शबहरु आइरहेका छन्। तिनको दुख र चीत्कारले कहि कसैलाई छोएको छैन। तत्काल राष्ट्रलाई बेरोजगारी समस्याबाट उन्मुक्ति र रेमिटेन्सको आम्दानीको न्यानो मात्र अनुभुती भएको थियो।

तर आज मानव सभ्यताले कल्पना नै नगरेको बिकराल रोगले दुनियाँलाई त्राहिमाम बनाइदिएको छ। यतिबेला शक्तिराष्ट्र त तिल्मिलाएका छन भने हाम्रो जस्तो आफ्नो जनशक्ति बिदेशमा बेचेर तिनै देशहरुसँग झोला थापेर देश चलाउनेहरुको त बिचल्ली हुनेनै भयो। आज देश भित्र महिना दिनलाई नागरिक पाल्ने हिम्मत गर्न सरकार सकिरहेको छैन। भोक भोकै मर्ने डरले आफ्नै गाउँठाउँ पुगेर खोले सिस्नु खाएर पेट पाल्छु भनेर सयौं कोष भोकै प्यासै हजारौंको लर्को राजमार्गमा लर्किदा कहिकतै सरकारलाई दुखेन। सर्वोच्चको आदेशपछि बल्ल आँखा खुलेको जस्तो गरेको छ। जनताको दुख नदुख्ने सर्बहाराको सरकारको लाजै पचाएर भएपनि उपमा लिन अझै लालायित छ। जनता झुक्याएको निर्दयी र बिबेकहिन सरकार भ्रष्ट्राचारमा लिप्त छ। राष्ट्रको ढुकुटी यिनै सर्बहाराहरुले तिरेको रगत पसिनाको कमाइले भरिएको छ। अनि भरिएको त्यो ढुकुटी सर्वहाराका नाममा विगतका सामन्ती राजा महाराजाहरुले झै भोगविलास र भ्रष्टाचार गरि सकाइदैछ। बिकराल समस्या देशभर सर्बत्र छ। 

बिदेशी राष्ट्रबाट महसुस भएको घोर अपमान र आफ्नै परिवारको सामिप्यताले आज तमाम नेपाली आफ्नै मुकुकमा फर्कन चाहिरहेका छन्। यसै पनि कम रोजगारी सिर्जना हुने देशमा ठूलो संख्यामा वाहिर श्रम गरिरहेको जनशक्ति नेपाल आएमा औपचारिक र अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमजिबी र तिनले काम गर्ने उद्योग ब्यबसाय सबैमा यो असर पर्ने छ। पर्यटन, बैकिङ्ग, यातायात, होटेल, स्वास्थ्य शिक्षा कुनै क्षेत्र अछुतो रहने छैन। सबैतिर एउटै चपेटामा पर्दा सांसरभर मन्दीको असर रहनेछ। यस्तो बेलामा बिदेशी सहयोगको ठूलो थैलो पनि खोसिने छ। अबका दिन सबैका लागि अझै पेचिलो बन्दै जानेछ। यो जटिल परिस्थितिमा दुई तिहाईको दम्भमा सबैलाइ वेवास्ता गर्दै अस्पतालको बेडबाटै हुँकार गरेको भरमा देश कदापी चल्ने छैन प्रधानमन्त्रीज्यू। यो राष्ट्र मेरो हो, म जस्ता लाखौं नागरिकको भोट् र हामीले तिरेको राजस्वको नोट माथी तिम्रो निरंकुश शासन सह्य छैन भन्ने जनता दिनानुदिन बढदै जानेछन। सत्तासीन भएको २ बर्षमा भएका शृङ्खलाबद्ध भ्रष्टाचारको घटनाहरुको रक्षा कवच स्वयं प्रधानमन्त्री भइरहनुले प्रधानमन्त्रीको भ्रष्टाचारप्रतिको शून्य सहनशिलताको मुखौटो पनि उघ्रिएको छ। कोरोना कहरका बीचमा बिचल्लीमा परेका नागरिकले भोट फिर्ता माग्न थालेको आवाज सायद प्रधानमन्त्री र सरकारको वरिपरिको घेराले सुनेकै होला। 

बिपत्तिले केही समय त कष्टको घेरामा निसास्सिनु पर्ला। तर हरेक बिनाश र बिपत्ती पछि बिकाशको फडको मारेको विश्व ईतिहासका ज्वलन्त उदाहरण हाम्रा सामु छ। केबल अराजक गतिबिधी, ओठे जवाफ, आफू भन्दा बाहेक अरुलाइ स्विकार्दै नस्विकार्ने तानाशाही स्वभाव भएको प्रधानमन्त्री र गैरजिम्मेवार सरकारसँग नागरिकको भरोसा टुटिसकेको छ। यिनका सुन्दै नसुन्ने कान र दुख्दै नदुख्ने हृदयलाई कति कोट्याई रहने? नेपाली कांग्रेस हिजो रैती र प्रजालाई जनता र नागरिक बनाएको पार्टी हो। दुइतिहाईको सरकार, बहुमत, अल्पमत, संयुक्त सरकार, प्रतिपक्षी सबै अनुभव छ कांग्रेसलाई। हिजो सरकार र पार्टी चलाउदा गरेको सबै गल्ती कमजोरीलाई आत्मसात गरि फेरि पनि जनताको आशा र भरोसाको पार्टी बन्ने गृहकार्यमा कांग्रेस लाग्नु पर्छ। यसका लागि जनताको दुख सुखमा कांग्रेस उभिनु पर्छ। जनजिवीकाको पक्षमा वकालत गर्न सक्नुपर्छ। जनताले पटकपटक पूर्ण रुपमा पत्याएको र आज पनि प्रतिपक्षीको जनादेश पाएको पार्टी कांग्रेस जनता र राष्ट्र सर्वाधिक अप्ठ्यारोमा परेको बेला प्रमुख प्रतिपक्षीको हैसियतमै पनि जिम्मेवारी बहन गर्ने ठाउँमा छ। यो कांग्रेसका लागि अवसर पनि हो। राष्ट्रियताले ओतप्रोत भएको, प्राबिधिक शिक्षा सहितको ठूलो आप्रवासी जनशक्ति देशमा भित्रदै छ। नयाँ नेपाल, सुखी नेपाली र सम्बृद्ध नेपालको नाममा झुक्किएका लाखौं लाख नागरिहरु इमान्दार र लोकतान्त्रिक नेतृत्वको खोजीमा पुन परिवर्तित हुनेछन। यो विश्वासका साथ कांग्रेस फेरि जनताका बीचमा जानुपर्छ। गणतन्त्रमा निरंकुश जङगे उर्दी मन पराउने कदापी छैनन! आज देशको बिद्वत बर्ग एउटा गतिलो र भरपर्दो राजनितीक शक्तिको खोजिमा छ। हिजो सरकार संचालनका क्रममा कांग्रेसबाट भएको केही त्रुटिहरु र त्यो भन्दा पनि ठूलो तत्कालिन प्रतिपक्षीहरुको असहयोग र प्रोपोगन्डाबाट निरास भएका नागरिकहरुको फेरि पनि बिस्वासिलो पार्टी बन्ने गरि कांग्रेस हिड्न जरुरी छ। रैती र प्रजालाई सार्बभौमसत्ता सम्पन्न नागरिक बनाएको विरासत अझै पनि कृयाशिल छ। सिङगो युवा जगतले पत्याएका आशा र भरोशा गरेको दर्जनौ उदीयमान युवा नेतृत्व मरिहत्ते गरेर समर्पित छ। यसैलाई पूँजीकृत गरि कांग्रेस अघी बढ्नुको विकल्प छैन। त्यसैले घटनाक्रमलाई सुक्ष्म विश्लेषण गरेर नेपाली कांग्रेसले यो महाबिपत्तीले निम्त्याएको समस्या समाधानमा अग्रमोर्चामा रहि जिम्मेवारी बहन गरे सरकार आफै लतारिएर पछि लाग्न वाध्य हुनेछ। त्यसैले कांग्रेस नेतृत्वलाई आग्रह छ तिमि आफू सत्तापक्षिय भुमिका निर्बाह शुरु गर सरकार आफै प्रतिपक्षी भएको प्रतीत हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ