arrow

ताजाकोटका दलित परिवारलाई नेता शाहीको सहयोग

logo
जनकबहादुर शाही,
प्रकाशित २०७७ वैशाख ८ सोमबार
District-61-Humlat-hamrakura.jpg.jpeg

हुम्ला। हुम्ला जिल्लाको सदरमुकाम सिमकोटबाट ४४ कोष टाढा पर्ने ताजाकोट गाउँपालिकामा बसोबास गर्ने २ सय ९६ दलित परिवारलाई खाद्यान्न वितरण गरिएको छ। नेपाल तरुण दल हुम्लाका पुर्ब अध्यक्ष एवं व्यवसायी तिलक शाहीले आफ्नो व्यक्तिगत पहलमा ताजाकोट गाउँपालिकामा बसोबास गर्ने २ सय ९६ घरधुरिलाई प्रतिघर ५ केजी चामल राहत वितरण गरेका हुन्।

कोरोना भाइरसको संक्रमणको जोखिम हुन नदिन गरिएको लकडाउनले गर्दा कुनै पेशा, व्यवसाय नभएका ज्यालादारी काम गरी बिहान बेलुका खानाको जोहो गर्ने ताजाकोट गाउँपालिका दलित परिवारलाई खर्च चलाउन मुस्किल भएपछी ताजाकोट गाउँपालिका कांग्रेस नेता शाहीले दलितहरुलाई १४ क्विन्टल ८० केजी चामल सहयोग गरेका हुन्। शाहीले खाद्यान्न वितरण गरेका परिवारलाई ताजाकोट गाउँपालिकाले पनि राहत वितरण गरेको थियो।

गाउँपालिकाले उपलब्ध गराएको खाद्यान्नले पनि नपुगेपछि आफुले सहयोग गरि सरकारलाई सघाएको शाहीले बताए। राहत लिएका पीडितहरुले संकटको घडीमा अफुलाई सघाएको भन्दै खुसी व्यक्त गरे। काम गरी गुजारा चलाउनेहरुको लकडाउनले गर्दा आम्दानीको स्रोत नै बन्द भएको अवस्थामा सहयोग गरेकोमा नेता शाहीलाई ताजाकोटका दलितहरुले धन्यवाद पनि दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ