arrow

चाणक्यका अनुसार यस्ता ब्राह्मण कोरा कागज

logo
चाणक्य,
प्रकाशित २०७७ वैशाख ९ मंगलबार
chanakya43.jpg

काठमाडौं । चाणक्य नीतिमा आचार्य चाणक्यले चार वेद एंव अनेक धर्म शास्त्रहरु घोक्न भन्दा पनि आत्मज्ञान लिएर अनुभव गर्न सुझाएका छन् । उनले धेरै पढेका ब्राह्मण कोरा कागज समान हुन् भनेका छन् ।   चाणक्य नीतिको १५ अध्याायको १२ औँ श्लोकमा भनिएको छ -

पठन्ति चतुरो वेदान् धर्मशास्त्राण्यनेकश:।
आत्मानं नैव  जानन्ति दर्वी पाकरसं यथा ।।  

चाणक्यले आत्मतत्व बिना वेद एंव अनेक धर्म शास्त्रहरुको अध्ययन गर्ने मानिसलाई गुदि कुरो थाहा नहुने बताएका छन् । उनि भन्छन्,  'यदि कुनै मानिस चार वेद एंव अनेक धर्म शास्त्रहरुको अध्ययन गर्छ तर उसले आत्मतत्वलाई जान्दैन भने उ एक चम्चा समान हो ।  जसले अनेक परिकारलाई चलायो तर कुनैको पनि स्वाद चाख्न सकेन ।'

गरुड पुराणको १६ अध्यायको ८२ औँ श्लोकमा भनिएको छ
प्रज्ञानहीनस्य पठनं यथान्धस्य च दर्पणम् ।
अत: प्रज्ञावतां शास्त्र तत्त्वज्ञानस्य लक्षणम् ।।

तत्वज्ञान हीन मनुष्यद्वार शास्त्रहरुको केवाल पठन गर्नु अन्धाको लागि एना समान हो । अत : ज्ञानिहरुको लागि नै शास्त्र तत्वज्ञानको बोध गराउछ ।

वेदको अध्ययन र शास्त्रलाई केवल पढिरहनाले मुक्ति मिल्दैन । मुक्तिको कारण नत वर्णाश्रम हो, न दर्शन शास्त्र र न त अग्निहोत्र आदि कर्म । मुक्तिको कारण केवल अध्यात्म ज्ञान हो । जसरी दाउराको एक चांग माध्ये संजीवनी बुटी नै श्रेष्ठ हुन्छ यसरी नै सबै बाह्य-पुजा, पाठ, शास्त्रको स्वध्यय सवै हठयोगदि साधनहरु भन्दा आध्यात्मज्ञान सर्वश्रेष्ठ हो ।

यसकारण कुनै पनि व्यक्ति आफ्नो मोक्ष चाहन्छ भने उसले सबै प्रकारका प्रयत्न गरेर सबै अवस्थामा अध्यात्म ज्ञानमा नै तत्वनिष्ठ हुनु पर्छ ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ