arrow

भन्न नहुने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ४ बुधबार
chanakya1.jpg

काठमाडौं ।  आचार्य चाणक्यका अनुसार यदि परिवारमा कुनै प्रकारको दोष छ भने यो कसैको अगाडि उल्लेख गर्नु हुँदैन। यदि परिवारमा कुनै प्रकारको असन्तुष्टि छ वा कुनै पनि सदस्यमा कुनै दोष छ भने, तपाईँले यी सबै कुरा बिर्साएर पनि अरूको अगाडि बोल्नु हुँदैन। तपाईँको पारिवारिक मतभेदहरूको मानिसहरूले फाइदा लिन्छन्।

चाणक्य भन्छन् बुद्धिमान मानिसले धनको नष्ट भएपछि यो कुरा कसैको सामु राख्नु हुँदैन। यस्तो अवस्थामा, व्यक्ति तपाईँसामु सहानुभूति व्यक्त त गर्दछन् तर सहयोग गर्न हिचकिचाउँछन्। सम्पत्तिको विनाश भएको समयमा कुनै पनि व्यक्तिले फाइदा उठाउन सक्छ। तपाईँ समस्यामा त फस्नु हुनेछ नै साथै तपाईँले अपमान पनि सहनुपर्नेछ ।

आचार्य चाणक्यका अनुसार यदि तपाईँले कहीँ कतै कठोर र गालिका शब्दहरू सुन्नु परेको छ । वा तपाईँलाई अपमान गरिएको छ भने तपाईँले कसैलाई पनि यस बारे भन्नु हुँदैन। मानिसहरूले सहानुभूति देखाउने बहानामा उल्टो उपहास गर्छन्। तसर्थ, यस कुरालाई जति गोप्य राखिन्छ त्यति नै आफ्नो फाइदा हुन्छ ।

आचार्य चाणक्य भन्छन् श्रीमान् र श्रीमतीको कुरा तेस्रो व्यक्तिको अगाडि कहिले पनि भन्नु हुँदैन। यसले तपाईँको इज्जत मान सम्मानमा  चोट पुर्‍याउन सक्छ। पति र पत्नी बिचको सम्बन्ध नितान्त व्यक्तिगत हुन्छ। यदि श्रीमान् र श्रीमती बिच कुनै विवाद छ र श्रीमतीले कुनै गलत व्यवहार गरिन् भने, त्यसको उल्लेख बिर्सिएर पनि कसैको अगाडि गर्नु हुँदैन।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ