arrow

प्रधानमन्त्रीले धाप मारेपछि समाजवादी पार्टी फुटाएर अध्यक्ष बन्ने दाउमा रेणु यादव 

रेणु र इस्तियाकको डिजाइनमा अरु कोको छन्?

logo
प्रकाशित २०७७ वैशाख १० बुधबार
renu-yadav.gif

काठमाडौं। संघीय समाजवादी पार्टी फुटाएर सो पार्टीकी नेतृ रेणु यादव अध्यक्ष बन्ने दाउमा छिन। उनको यो दाउमा प्रधानमन्त्रीले धाप मारेपछि उनी अरु केहि सांसदलाई लिएर नयाँ पार्टी बनाउने गृहकार्यमा लागेकी हुन्। उनको गृहकार्यलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश मार्फत उत्कर्षमा पुर्‍याए। 

कुनै समय अध्यक्ष उपेन्द्र यादवको खास नजिकको मानिने रेणु अहिले उनैलाई चक्मा दिएर नयाँ पार्टी बनाउन लागेपछि समाजवादी तरंगित भएको छ।  

प्रधानमन्त्रीले अध्यादेश ल्याएको दुई दिनमै रेणुको नेतृत्वमा नयाँ पार्टीमा जुट्न चाहेकाहरु एकाएक काठमाडौं आइपुगेका छन्। केहिलाई प्रधानमन्त्रीको निर्देशनमा प्रहरीले घरबाटै उठाउन थालेको छ। 

रेणु यादव र इस्तियाक राई मुख्य डिजाईनर भएर नयाँ पार्टी बनाएर आए सरकारमा दुई मन्त्री र उपसभामुख समेत दिने आश्वासन दिएपछि समाजवादी पार्टी फुटाउन उनीहरु कस्सिएका थिए।  
 
उपेन्द्र यादव स्वास्थ्यमन्त्री हुँदा राज्यमन्त्री रहेका डा सुरेन्द्र यादवलाई प्रहरीले नियन्त्रणमा लिई महोत्तरीबाट काठमाडौं ल्याउन लागिएको समाजवादीले बताएको छ 

इस्तियाक राई पनि नेपालगञ्जबाट काठमाडौं आइसका छन्। पर्साबाट सांसद प्रदिप यादव पनि काठमाडौं आइसकेका छन्। उपेन्द्र यादवसँग रुष्ट रहेकाहरु रेणूलाई अध्यक्ष बनाएर नयाँ पार्टी बनाउन लागेका हुन्।  

नयाँ पार्टी बनाउन भित्रभित्रैको तयारी अन्तिम चरणमा पुग्दा समेत इस्तियाक राईले तत्काल पार्टी फुट्ने सम्भावना नरहेको बताए। केहि सांसद साथीहरुकाबीच छलफल भइरहे पनि पार्टी फुट्ने गरि तयारी नभएको दावी गरे। तर उनको दावीलाई स्वयं समाजवादीका नेताहरुले पत्याएका छैनन्। 

संघीय समाजवादीका नेताहरु नयाँ रणनीति बनाउन थप छलफलमा लागेका छन्। 

प्रधानमन्त्रीको निर्देशनमा सांसदद्वय बस्नेत, श्रेष्ठ र पूर्व आइजीपी खनाल सांसद अपहरणमा लागेको आरोप



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ