arrow

प्रधानमन्त्री ओलीले जुराईदिए समाजवादी र राजपाको एकिकरण

जनता समाजवादी पार्टीको चुनाव चिन्ह राजपाको, झण्डा समाजवादीको

logo
प्रकाशित २०७७ वैशाख ११ बिहिबार
samajbadi-rajapa-unificatio.gif

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले साना दल फुटाउने गरि ल्याएको राजनीतिक दल सम्बन्धी (तेस्रो संशोधन) अध्यादेश, २०७७लाई चक्मा दिदै संसदमा तेस्रो र चौथौ ठूलो दलका रुपमा रहेका संघीय समाजवादी र राष्ट्रिय जनता पार्टी एकिकरण भएका छन्।

एकिकरण पछि नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी राखिएको छ। दल फुटाउन संसदीय र दल र केन्द्रीय समितिमा ४० प्रतिशत चाहिनेमा एक ठाउँमा मात्र भए हुने व्यवस्था गरि अधेयादेश ल्याएपछि समाजवादी र राजपा फुट्ने अनुमान थियो। तर त्यो अनुमानलाई गलत सावित गर्दै दुबै दलहरुको एकिकरण भएको छ।

लामो समयदेखि मिल्ने मिल्ने भनेर मिल्न नसकेका यि दुई दल अहिले आएर प्रधानमन्त्री केपी ओलीका कारण मिल्ने ठाउँमा आइपुगेका छन्। आफूहरु नमिल्दा दुबै पार्टी फुटाई सांसदहरुलाई नेकपामा विलय गराउने योजना थाहा थाहा पाएपछि यि दुई पार्टी एक भएको समाजवादीका एक नेताले बताए।

जनता समाजवादी पार्टीको एकिकरण समानताको आधारमा हुने घोषणा गरिएको छ। दुई दलका नेताले हस्ताक्षर गरेको  सहमति पत्रमा झण्डा समाजवादीले प्रयोग गरेको र चुनाव चिन्ह राजपाले प्रयोग गरेको हुने उल्लेख छ।

एकिकरणको सहमतिपत्रमा दुई दलका ४  जनाको दरले नेताहरुले हस्ताक्षर गरेका छन्। राजपाको तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरदसिंह भण्डारीले हस्ताक्षर गरेको सहमति पत्रमा समाजवादीका तर्फबाट डा बाबुराम भट्टराई उपेन्द्र यादव अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन्। 

एकिकरणको सहमति पत्रमा राजपाका अध्यक्ष मण्डलका अनिल झा र राजकिशोर यादवको भने हस्ताक्षर छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ