महोत्तरीबाट उठाइएका डा सुरेन्द्र यादव सरकारी कब्जाबाट फुस्किए
समाजवादी फुटाउने वालुवाटारको प्रयास असफल हुने संकेत
प्रकाशित २०७७ वैशाख ११ बिहिबार
884
Shares
काठमाडौं। समाजवादी पार्टी फुटाउने प्रधानमन्त्री केपी ओलीको प्रयास असफल हुने संकेत देखिदै गएको छ। पार्टी फुटाउन पूर्व राज्यमन्त्री समेत रहेका डा सुरेन्द्र यादवलाई महोत्तरीबाट प्रहरी लगाएर काठमाडौं ल्याइएको थियो।
नागपोखरीको एक होटलमा राखिएको रेणु यादव नेतृत्को टोलीसँगै रहेका डा सुरेन्द्र यादव विहान सरकारी कब्जाबाट निस्किन सफल भएको समाजवादीका एक नेताले बताएका छन्।
समाजवादीका सांसदहरुसँग कुरा गर्न अशोक राई विहानै होटल गएका थिए। उनीहरु सरकारी सहयोगमा एकिकरण भएको नयाँ दल दर्ता गर्नु भन्दा अघी गएर फुटाएको दल दर्ता गर्न लागिपरेहका छन्। तर यादवको वहिर्गमनले सो पार्टी फुटाउने वालुवाटारको प्रयास सफल नहुने संकेत देखिएको छ।