arrow

उपेन्द्र यादवलाई वालुवाटारबाट मध्यरातमा फोन, जेल हाल्ने धम्की 

पार्टी फुटाउने खोज्नेलाई सहयोग, एकिकरणको पक्षधरलाई धम्की

logo
प्रकाशित २०७७ वैशाख ११ बिहिबार
oli-upendra-yadav.png

काठमाडौं। संघीय समाजवादी पार्टी फुटाउने आफ्नो रणनीतिलाई असफल बनाए पछि प्रधानमन्त्री केपी शर्मा ओली कति रुष्ट भएका रहेछन भन्ने कुरा मध्यरातमा वालुवाटारबाट गरिएका गतिविधीले देखाएका छन्। 

संघीय समाजवादी र राष्ट्रिय जनता पार्टी फुटाएर आफूले ल्याएको अध्यादेशलाई कार्यान्वयन गर्ने तयारीमा पानी खन्याइदिएका नेताहरुलाई बालुवाटारबाट मध्यरातमा गरिएका फोनहरुले उस्को छटपटी देखिएको छ।

समाजवादी पार्टी फुटाउन सरकारी स्रोत र साधनको व्यापक प्रयोगका बीचमा समाजवादीले राष्ट्रिय जनता पार्टीसँग पार्टी एकिकरण गर्‍यो। 

पार्टी एकिकरण गरेर घर पुगेका समाजवादीका अध्यक्ष उपेन्द्र यादवलाई वालुवाटारबाट धम्कीपूर्ण फोन गएको उनले बताएका छन्। उनले आफूलाई अख्तियार लगाएर जेल हाल्ने धम्की दिएको समेत बताए।  

दुई पार्टी एकिकरण भएपछि जनता समाजवादी पार्टी दर्ता गर्ने तयारीमा रहेका उपेन्द्र समेतका नेताहरुले सरकारी असहयोगबाट आफूहरुलाई दल दर्तामा अवरोध हुने आशंका गरेका छन्। आफ्ना दलका केहि सांसदहरुलाई विभिन्न ठाउँबाट प्रहरीले उठाएर ल्याई होटलमा राखि दल दर्ता गर्न पठाउने अन्तिम तयारीमा रहेको समेत आफूहरुको सूचनामा रहेको यादवले बताए। 

सरकारले हाम्रो पार्टी फुटाउने विषयलाई प्रतिष्ठाको लडाई बनाएको यादवले बताए। सरकार अभिभावक बन्नुपर्नेमा साना दल फुटाउने विषयलाई प्रतिष्ठाको लडाई बनाउनु दुर्भाग्य रहेको यादवले बताए।

पार्टी फुटाउन खोज्नेलाई प्रोत्साहन र संरक्षण दिने र एकिकरणको पक्षमा रहेकाहरुलाई तर्साउने काम भइरहेको समाजवादीका नेताहरुले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ