arrow

रेणुलाई दश बजे दल दर्ता गर्न पठाउने बालुवाटारको प्रयास जारी

logo
प्रकाशित २०७७ वैशाख ११ बिहिबार
renu-yadav.gif

काठमाडौं। उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी फुटाएर नयाँ पार्टी बनाउन सहज होस भनि सरकारी पाहुना बनाएर नागपोखरीको मेरियट होटलमा राखेका रेणु यादव सहितका केहि असन्तुष्ट सांसदहरुलाई अघी सारेर प्रधानमन्त्री केपी ओलीले अझै पनि नयाँ दल दर्ता गराउने प्रयास जारी राखेका छन्। 

प्रधानमन्त्रीको निर्देशनमा प्रहरीले होटलमा सुरक्षा दिइरहेको छ भने निर्वाचन आयोगमा एकिकरण भएको नयाँ दलका भन्दा पार्टी फुटाएर आउनेहरुलाई पहिला प्रवेश गराउने दिने गरि प्रक्रिया मिलाउन भनिए अनुसार सबै तयारी भएको स्रोतको दावी छ।

रेणु यादव सहित होटलमा रहेका मध्ये डा सुरेन्द्र यादव उनीहरुबाट फुत्किएर वाहिरिएपछि भने सरकारी पहलमा नायाँ दल दर्ता गर्ने प्रयाम असफल हुने जस्तो देखिएको छ। तर पनि वालुवाटारले साम दाम दण्ड र भेद प्रयोग गरि पार्टी फुटाई छाड्ने वालुवाटार निकट एक नेकपाका नेताले बताए।  

प्रधानमन्त्रीले अध्यादेश ल्याएको दुई दिनमै रेणुको नेतृत्वमा नयाँ पार्टीमा जुट्न चाहेकाहरु एकाएक काठमाडौं आइपुगेका थिए। केहिलाई प्रधानमन्त्रीको निर्देशनमा प्रहरीले घरबाटै उठाएर काठमाडौं ल्याइएको हो।  

रेणु यादव र इस्तियाक राई मुख्य डिजाईनर भएर नयाँ पार्टी बनाएर आए सरकारमा दुई मन्त्री र उपसभामुख समेत दिने आश्वासन दिएपछि समाजवादी पार्टी फुटाउन उनीहरु कस्सिएका थिए।  
 
उपेन्द्र यादव स्वास्थ्यमन्त्री हुँदा राज्यमन्त्री रहेका डा सुरेन्द्र यादवलाई प्रहरीले नियन्त्रणमा लिई महोत्तरीबाट काठमाडौं ल्याइएको समाजवादीले बताएको थियो। यद्यपी उनी सरकी कब्जाबाट वाहिरि सकेका छन्।  

इस्तियाक राई पनि नेपालगञ्जबाट काठमाडौं आइसकेका छन्। पर्साबाट सांसद प्रदिप यादव पनि काठमाडौं आइसकेका छन्। पर्साकै विमल श्रीवास्तव पनि मेरियट होटलमै छन्। उपेन्द्र यादवसँग रुष्ट रहेकाहरु रेणूलाई अध्यक्ष बनाएर नयाँ पार्टी बनाउन लागेका हुन्।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ