arrow

ट्राफिकले जरिवाना बढायो, गल्ती गर्दा अब २५ रूपैयाँको सट्टा ५०० तिर्नुपर्ने (जरिवानाको सूचीसहित)

logo
प्रकाशित २०७३ वैशाख १७ शुक्रबार
trafik-new-photo.JPG.jpeg
काठमाडौं। नेपाल प्रहरी अन्तर्गतको ट्राफिक प्रहरी महाशाखाले सवारी साधन चलाउँदा गल्ती गर्ने चालकको लागि जरिवानाको दर बढाएको छ। यातायात व्यवस्था ऐन २०४९ समय सान्दर्भिक नभएपछि प्रहरीले सो ऐनलाई संशोधन गर्दै आगामी आईतबारदेखि लागू हुनेगरी जरिवाना शुल्कमा वृद्धि गरेको ट्राफिक प्रहरीले जानकारी दिएको छ।
 
यस अघि सवारी साधनमा क्षमता भन्दा बढी यात्रु राख्दा, सरकारले तोकेके भन्दा बढी क्षमताका सवारी साधनहरू साना बाटोमा लैजाँदा लगायतका गल्तीमा २५ रूपैयाँ जरीवाना लगाउने गरिन्थ्यो भने अहिले नेपाल सरकारद्वारा नेपाल राजपत्रमा मिति २०७२ असोज १४ गते प्रकाशित भाग २, खण्ड ६५ अतिरिक्ताङ्क १५ घ बमोजिम सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४मा रहेका ‘पच्चीस रुपैयाँ देखि पचास रुपैयाँ सम्म’, ‘पचास रुपैयाँ देखि एकसय रुपैयाँसम्म’ र ‘एकसय रुपैयाँ देखि दुईसय रुपैयाँसम्म’ भन्ने शब्दहरुको सट्टा क्रमशः ‘पाँचसय रुपैयाँ’, ‘एक हजार रुपैयाँ’ र ‘एकहजार पाँचसय रुपैया’ भन्ने शब्दहरु राखी संशोधन भएको 
 
महाशाखाका प्रमुख डिआईजी प्रकाश अर्यालले आइतबारदेखि लागूहुनेगरी जरिवाना शुल्क बढाईएको जानकारी दिए । ‘हामीले २० प्रतिशतसम्म शुल्क बृद्धि गरेका छौं ।’ उनले भने ‘यो व्यवस्था आईतबारदेखि लागू हुनेछ ।’ उनका अनुसार चालकले सुरूमा गरेको गल्तीलाई पाँच सय रूपैयाँ र चालकहरूले एउटै गल्ती दोहोर्‍याएको खण्डमा जरिवाना दर बढाउँदै बढीमा १५ सयसम्म लिने गरी ऐन संशोधन गरिएको उनले जानकारी दिए । 
 
यसरी जरिवाना शुल्क बढाउँदा चालकबाट हुने गल्तीमा धेरै कम गर्न सकिने ट्राफिक प्रहरीको बुझाई छ। साँझमा अत्यधिक मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा गम्भीर दूर्घटनाहरू समेत भएपछि प्रहरीले चलाएको मापसे नियन्त्रण अभियानलेधेरैहदसम्म दूर्घटना न्यूनीकरण भएको भन्दै यस निर्णयले सवारी दूर्घटना कम गर्ने अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास ट्राफिक महाशाखाले लिएको छ ।
 
यस्तो छ नयाँ जरिवाना सूचीः–
(क) यातायात मार्फत जरिवाना हुने कसुरहरुः
ज्ञ निर्धा्रित भाडा भन्दा बढी भाडा लिई सवारी चलाएको
द्द बाटो ईजाजत पत्र नलिई सार्वजनिक सवारी चलाएको
सवारीको स्वरुप परिवर्तन तथा मोडिफाई गरेको
द्ध वास्तविक नम्बर प्लेट नराखी आफुखुसी नम्बर राखी सवारी चलाएको वा चलाउन लगाएको
 
(ख) रु १००० जरिवाना हुने कसुरहरु
१. सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी चलाएको
२. सार्वजानिक स्थानमा बाधा पुग्ने गरी मालसामान वा सवारी राखेमा
३. दुर्घटनामा परेको सवारी तथा यात्रीको हानी नोक्सानी पुयाएको वा सम्पर्कमा नआएको
४. मादक पदार्थ सेवन गरी सवारी चलाएको 
५. सवारी चालक अनुमति पत्र प्राप्त नगरेको व्यक्तिलाई सवारी चलाउन दिएमा
 
 
(ग) रु ५०० जरिवाना हुने कसुरहरु
१. तोकिएको भन्दा बढि मालसामान राखेमा 
२. सवारीको वजन हद निर्धारण क्षेत्रमा बढि वजनको सवारी चलाएको 
३. सवारीको अन्य भागमा मानिस तथा मालसामान राखेको
४. प्रयोजन बिपरीत सवारी चलाएको 
५. हेल्मेट नलगाएको
६. सवारी आवागमनमा बाधा पुरयाएको  
७. अरु सवारीलाई खतरा हुने किसिमले सवारी राखेको
८. छतमा यात्रु बोकेको वा राखेको 
 
(घ) १५०० सम्म जरिवाना हुने कसुरहरु
१. ट्राफिक संकेत वा ईसारा उल्लंघन गरी सवारी चलाएको 
२. सवारी अड्याउन निषेध गरिएको ठाउँ वा समयमा सवारी अड्याएको 
३. सवारी मोड्न वा ध्वनि संकेत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेको वा ध्वनि दिएको 
४. सडकमा गलत साईड तर्फबाट सवारी चलाएको 
५. एकतर्फि सडकमा सो विपरित सवारी चलाएको ।
६. अवस्था ठिक नभएको सवारी चलाएको ।
७. निर्धारित गतिभन्दा बढी गतिमा सवारी चलाएको ।
८. राती बत्ती नबाली सवारी चलाएको ।
९. सवारी चलाउन निषेध गरिएको ठाउँ वा समयमा सवारी चलाएको ।
१०. नम्बर प्लेट नराखी सवारी चलाएको ।
११. सवारीको वजनको हद निर्धारण गरिएको ठाउँमा वजन भन्दा बढी वजनको सवारी चलाएको ।
१२. पेटी नबाँधी वा हेलमेट नलगाई सवारी चलाएको ।
१३. सवारीमा बस्ने वा राख्ने मानिस वा मालसामानको हद निर्धा्रित गरिएकोमा सो हद भन्दा बढी राखी सवारी चलाएको ।
१४. सार्वजनिक सवारीको चालकले यात्री लिन ईन्कार गरेको ।
१५. निर्धा्रित भाडा दर भन्दा बढी भाडा लिई सवारी चलाएको । 
१६. लापरवाहीका साथ सवारी चलाएको । 
१७. बाटो ईजाजत पत्र नलिई सार्वजनिक सवारी चलाएको ।
१८. सचाअप, सदकी, सईप साथमा नराखी सवारी चलाएको ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ