- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विदेशमा रहेर बेरोजगार बनेका तथा आफ्नो देशमा आउन चाहने लाखौं नागरिकलाई भारतले स्वदेश ल्याउने विशाल योजना बनाएको छ ।
स्ट्रान्टन्यूज ग्लोबलका अनुसार जल, थल र वायु तीन वटै सवारी साधनको प्रयोग गरेर भारतीयहरुलाई देशमा ल्याउने योजना रहेको बताइएको छ ।
स्ट्रान्टन्यूजले सरकारी विभिन्न धेरै स्रोतहरुलाई उल्लेख गर्दै विशेष गरी तत्काल गल्फ देशहरुबाट भारतीयलाई ल्याउने कदम प्रक्रियामा अगाडि बढिसकेको जनाएको छ ।
पूर्वी एसियाली देशका सरकारहरुसंग भारतले छलफलसमेत गरिसकेको छ । गल्फ देशहरुमा लाखौंको संख्यामा रहेका भारतीयहरुले आफ्नो जागिर गुमाइसकेकाले तिनीहरुलाई तत्काल उद्दार गर्ने योजना भारत सरकारको रहेको छ ।
पूर्वी एसियामा मात्र ८० लाखको हाराहारीमा भारतीयहरु काम गर्छन् । यसरी ठूलो संख्यामा उनीहरुलाई फर्काउनका लागि ती देशका राजदूतहरुले काम गरिरहेको बताइएको छ ।
उनीहरु भारत फर्केपछि तीन सुरक्षाकर्मी, केन्द्रीय सशस्त्र प्रहरी फोर्स र केन्द्र सरकारले तोकेका स्थानमा १४ दिन क्वारेन्टाइनमा बसेर मात्र कोरोनाको परीक्षणपछि घर जान सक्नेछन् ।
यो विशाल संख्यामा हुने भएकाले पनि भारतले यसबारेमा निकै ठूलो तयारी गरिरहेको बताइएको छ । भारतमा मे ३ तारिखसम्म लकडाउन रहेको छ ।