'अपहरणकारी' महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वआइजीपी सर्वेन्द्र खनालले ज्यान लिन सक्ने खतरा औंल्याए
प्रकाशित २०७७ वैशाख १८ बिहिबार
601
Shares
काठमाडौं। प्रहरी परिसर काठमाडौं र सरकारी वकिल कार्यालयले आफूले दर्ता गर्न खोजेको अपहरणको उजुरी नलिएपछि जनता समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादव मानवअधिकार आयोगको शरणमा पुगेका छन्।
आयोगमा पुगेका यादवले आफूलाई नेकपाका सांसदद्वय महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वआइजीपी सर्वेन्द्र खनालले महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको बिषयमा सरकारका दुई निकायमा उजुरी दिन जाँदा नलिएको गुनासफ गरेका छन्।
यादवले सरकारका निकायहरुलाई आफ्नो मानवअधिकार रक्षाका लागि निर्देशन जारी गर्न आग्रह गर्दै आरोपितहरु बिरुद्ध कार्वाहीको माग गरेर बिहीबार उजुरी दिएका हुन्।
शक्ति र सत्ताका आडमा अपहरणमा संलग्न सांसदद्वय महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वआइजीपी सर्वेन्द्र खनालले आफ्नो ज्यान लिनसक्ने खतरा भएको भन्दै उनीहरुलाई पक्राउ गरी आवश्यक कारबाही र छानबिनका लागि सांसद यादवले निवेदन दिएको उनीसँगै रहेका वरिष्ठ अधिवक्ता कृष्ण शर्माले जानकारी दिए।