arrow

चारमध्ये रामकलाको मृत्यु, अन्यको पनि अवस्था नाजुक

logo
प्रकाशित २०७७ वैशाख २१ आइतबार
dead2.jpg

अर्घाखाँची । भूमिकास्थान नगरपालिका वडा नम्बर–६, खिल्जीमा जंगली च्याउ खाँदा आइतबार एक जनाको ज्यान गएको छ ।  घटनामा तीन जना बिरामी परेका छन् । 

जंगली च्याउको पहिचान नगरी पकाएर खाएका चारमध्ये ३० वर्षीया रामकला महत्राको उपचारका क्रममा बुटवलको लुम्बिनी सिटी अस्पतालमा मृत्यु भएको छ । 

मृतककी छोरी सात वर्षीया बिप, सासू ५८ वर्षीया लालसरी र देउरानी २१ वर्षीया लक्ष्मी महत्रा बिरामी छन् । 

तीनै जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश खत्रीले बताए । 

समस्या जटिल देखिएपछि बुटवल सिफारिस गरिएको अर्घाखाँची अस्पतालका प्रमुख डा कपिल गौतमले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ