arrow

अमेरिकामा छट्पटाहट, किन खोज्दैछन् ट्रम्प कोरोना टास्क फोर्स समाप्त गर्न ?

logo
प्रकाशित २०७७ वैशाख २४ बुधबार
corona-trump.jpg

काठमाडौं । अमेरिकामा कोरोना भाइरसको संक्रमणले राष्ट्रपति डोनाल्ड ट्रम्प छटपटिमा छन् । उनले तयार पारेको  ह्वाइट हाउस कोरोना टास्क फोर्सलाई समाप्त गर्न लागिएको बताएका छन् । 

टास्क फोर्सले आफ्नो काम निकै कुशलतापूर्वक निभाए पनि केही परिवर्तन गरिने बताउँदै यसलाई समाप्त पार्न लागिएको ट्रम्पले बताएका छन् । 

अमेरिकी सरकारले चालेको कोरोना नियन्त्रणको तरिका असफल भएसंगै ट्रम्पमा छटपटि आएको हो । उनलाई सुरुआतमै लकडाउन लगाउन गरिएको आग्रह समेत लत्याएका थिए । 

चीनले सघाउन खोज्दा पनि उनले ‘चाइना कोरोना’ भन्दै टाढा हुन खोजेका थिए । जसका कारण सबैभन्दा बढी संक्रमित र मृतक अमेरिकामै भएका छन् । 

हरेक दिन २५ देखि ३० हजारको संख्यामा संक्रमित थपिएका छन् । १५ देखि २५ सयको संख्या ज्यान गइरहेको छ । 

अहिलेसम्म अमेरिकामा १२ लाख ३७ हजार ६३३ जना संक्रमित भएका छन् भने ज्यान गुमाउनेको संख्या ७२ हजार २७१ पुगेको छ । 

ट्रम्पले टास्क फोर्सलाई समाप्त गर्नुको अर्थ कोरोना भाइरसविरुद्धको लडाइँ सकिएको भन्न नमिल्ने बताएका छन् । उनले आफ्नो शैली असफल भएको बताउन भने चाहेनन् ।  

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले पनि कोरोना टास्क फोर्स आउने केही हप्तामा समाप्त गरिने बताएका छन् । गभर्नरहरुलाई लकडाउन खोल्न गरिएको आग्रहलाई उनीहरुले सुनेका छैनन् । किनकि कोरोनाको संक्रमण रोकिएको छैन । 

ट्रम्प भने पाँच वर्षसम्म अमेरिकालाई लकडाउन गर्न नसकिने बताउँदै आएका छन् । ट्रम्प कोरोना नियन्त्रण गर्न असफल भएसंगै उनको राष्ट्रपतिको दोस्रो कार्यकाल कमजोर बन्न सक्ने देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ