arrow

लकडाउनमा जनताले भोगेका समस्याबारे सरकार गम्भीर बन्न आबश्यक – सुजाता कोइराला

logo
प्रकाशित २०७७ वैशाख २५ बिहिबार
Untitled-125.jpg

विराटनगर । नेपाली कांग्रेसकी नेतृ तथा जिपि कोइराला फाउन्डेसनकी अध्यक्ष सुजाता कोइरालाले लकडाउनको समयमा जनताले भोगिरहेका समस्याका विषयमा सरकार गम्भीर बन्न आबश्यक रहेको बताएकी छिन् ।

बुधबार गिरिजाप्रसाद कोइराला फाउन्डेसन मोरङद्धारा जुम भिडियो कलमार्फत विराटनगरका पत्रकारहरु संग कुरा गर्दै  उनले यस्तो बताएकी हुन् । 

लकडाउनका कारण सिमान्तकृत तथा विपन्न बर्गले भोगिरहेको समस्याका विषयमा सरकारले अबिलम्ब सम्बोधन गर्न आबश्यक भएको बताइन् । 

कोरोनाका कारण भन्दा खान पिनको अभाव र स्वास्थ्य जाँचको अभावमा जनताले अधिकतम समस्या भोगिरहेको बताइन् । 

विभिन्न देशहरुमा फसिरहेका नागरिकहरुलाई उचित सुरक्षा प्रबन्ध र अवस्थावारे रिपोर्ट उतार्नसमेत कोइरालाले सरकारसंग आग्रह गरिन् । 

जिपि कोइराला फाउण्डेशन मार्फत देश तथा विदेशमा समेत सामाजिक काम भइरहेको भन्दै उनले नागरिकका हरेक समस्यामा फाउन्डेसन मार्फत काम भइरहेको जानकारी दिइन् । 

कोरोना सक्रमण नियन्त्रणमा नआए संम्म सवैले सजकता अपनाउन समेत उनले आग्रह गरिन् ।

कोइरालाले बहस र छलफलका माध्यमबाटै हरेक समस्याको समाधान निस्कने भन्दै  सत्तापक्ष दलहरुको राम्रा कामको समर्थन र गलत कामको विरोध गर्न आबश्यक भएको बताइन् । 

कोरोनाका कारण देशमा आउन सक्ने आर्थिक तथा सामाजिक बहस कायम राख्दै विकल्प सहित जनतालाई संबोधन हुने उचित व्यवस्थाका लागि राज्य गतिशिल हुने बेला आएको बताइन् । 

यसका लागि प्रतिपक्षि भुमिका निर्वाह गरिरहेको कांग्रेसले थप निगरानी गर्ने र सरकारलाई घचघचाउने काम गर्न आबश्यक भएको नेतृ कोइरालाले बताइन् ।

फाउन्डेसन मोरङका अध्यक्ष कौशल निरौलाको संयोजनमा भएको जुम भिडियो कलमा विराटनगरका बरिष्ठ पत्रकार शेखर रेग्मी, मीनकुमार नवोदित, अभय राई, विनोद सुवेदी, गोपाल पोखरेल, धिरज दाहाल र अनुज सापकोटा लगायतको सहभागिता रहेको थियो ।

कोइराला र पत्रकारबीच ८८ मिनेटसम्म कुराकानी भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ