arrow

भारतले नेपाललाई लगाएको नाकाबन्दीको विरोधमा अस्ट्रेलियामा विरोध हुँदै

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1362197979.jpeg
अस्ट्रेलिया। एनआरएन अस्ट्रेलियाले नेपालले जवर्जस्ती भोगेको नाकाबन्दीको विरोधमा खुलेरै कार्यक्रम ल्याएको छ। एनआरएन अस्ट्रेलियाले पहिलो चरणमा भारतले नेपाल बिरुद्ध गरेको अमानविय अघोषित आर्थिक नाकाबन्दीको बिरोध गर्न अस्ट्रेलियामा रहेका सबै नेपाली समुदायसंग समन्वय गर्दै अस्ट्रेलियाको सबै स्टेटहरुमा यहि नोभेम्बर २० मा शान्तिपूर्ण बिरोध प्रदर्शन गर्ने भएको छ। सोही अन्तर्गत सिड्नीको मार्टिन प्लेसमा शुक्रबार प्रवासी नेपाली समुदायले शान्तिपूर्ण बिरोध प्रदर्शनमा गर्ने एनआरएन अस्ट्रेलियाले जनाएको छ। पहिलो चरणको बिरोध प्रदर्शन पछि दोस्रो चरणको कार्यक्रम अन्तर्गत भारतीय राजदुतावास लगायत सम्बन्धित अन्य कुटनैतिक नियोग र निकायहरुमा बिरोधपत्र बुझाई सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउने कार्यक्रम रहेको कोषाध्यक्ष डिला खरेलले बताए।
 
यस्तै भारतले नेपाल बिरुद्ध गरेको अघोषित नाकाबन्दीको बिरोध गर्दै सबै स्टेटमा भारतीय राजदुताबास, क्यानबेरा लगायत सम्पूर्ण स्टेटमा रहेका भारतीय महाबाणीज्यदुताबासको कार्यालयमा बिरोध पत्र बुझाउने निर्णय समेत एनआरएन अस्ट्रेलियाले गरेको छ। विरोधलाई प्रभावकारी पार्न एनआरएनले अस्ट्रेलियन सरकारको विदेश मन्त्रालय र अस्ट्रेलियाको विभिन्न राजनैतिक संस्थाहरुलाई अघोषित नाकाबन्दीको जानकारी दिदै ध्यानाकार्षण पत्र बुझाउने कुरा कोषाध्यक्ष डिला खरेलले जानकारी गराए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ