arrow

प्रवासमा भोका नेपालीका लागि तरुण नेता अर्जुन बने अन्नदाता  

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७७ वैशाख ३० मंगलबार
arjun2.jpg

कंचनपुर । प्रवासमा रहेका आफ्ना नागरिकलाई राहत उद्धारमा सरकार निर्दयी बनि रहेका बेला कांग्रेस निकट नेपाल तरुण दल भारतका कोषाध्यक्ष अर्जुन बोगटी भने नयाँ दिल्लीमा बिपत्तीमा परेका नेपालीहरुलाई खाद्यान्न साहायता गर्दै आएका छन् । 

कंचनपुरको पुनर्वास नगर पालिका ५ घर भएका ३८ वर्षीय तरुण दल भारत प्रवासका कोषाध्यक्ष 'अर्जुन बोगटी' आफ्नै र प्रवासी अन्य युवाहरुको सौजन्यमा दिल्लीमा बिपत्तीको सामना गरि रहेका नेपाली नागरिकहरुलाई खाद्यान्न साहायता बाँड्न पुगी रहेका छन् । कोरोना भाइरसका कारण गरिएको लकडाउनले नेपालीले मजदुरी गर्दै आएका कारखाना कार्यालयहरु लामो समय सम्म बन्द रहन पुगे पछि आर्थिक अभावले भोकभोकै बस्न बाध्य बनि रहेका बेला तरुण नेता बोगटी दाल चामल लगायतका खानेकुरा बोकेर बिपतमा फसेका नेपालीहरुको डेरामा पुग्ने गरेका छन ।

 दिल्लीमा आर्थिक अभावमा बसेका नागरिकहरु प्रति नेपाल सरकार निर्दयी बन्दै गए पछि प्रवासी नेपालीहरु कष्टकर जीवन बाँच्न बाध्य बनेका छन् । तरुण दल भारतका कोषाध्यक्ष बोगटीले सुरुका दिनमा आफ्नै लगानीमा दिल्ली प्रवासमा रहेका नेपालीहरुलाई खाद्यान्न जुटाउदै आए पनि पछि माग झनै बढ्न थाले पछि अरु साथीहरु संग आर्थिक जुटाएर साहायता अभियानलाई तिब्र बनाउदै आएका छन् । 

अहिले सम्म अर्जुनले दिल्लीमा रहेका १ हजार प्रवासी नेपालीहरुलाई साहायता जुटाएकाका छन् । मनकारी तरुण नेता बोगटीले भने'सुरुमा आफु संग भएको ७५ हजार भारतीय रुपैया लगानी गरेर साहायता सामाग्री जुटाउदै हिडियो तर अहिले साहायता माग्ने प्रवासीहरु थपिदै गए पछि अरु साथीहरुसंग आर्थिक जुटाउदै अभियानलाई निरन्तरता दिएको छु ।' बेखर्ची भएर बिहान बेलुकाको खाना जोहो गर्न नसकेर भोका बनेकाहरुको 'अर्जुन' अन्नदाता बन्न पुगेका छन् यतिबेला । 

कोभिदा १९ कोरोना भाइरसका कारण गरिएको लकडाउनमा फसेर भारतमा भोकभोकै अलपत्र बनेका नागरिकको उद्धार गर्न सरकारले पहल नगरेकै कारण दिल्लीमा मात्रै हजारौं नेपालीहरु रहेको मनकारी तरुण अर्जुन बताउछन । नेपाल-भारत सीमामा नेपाल सरकार आफ्नै नागरिक माथि शत्रुता पूर्ण ब्यबहार देखाउदै आफ्नै गाउँ जान रोक्दै गर्नुले गर्दा प्रवासमा नेपालीहरुले भोकमरीको मार खेप्नु परेको उनि बताउछन ।

 कहीं कतैबाट साहायता नपाएका प्रवासी नेपालीहरुले अहिलेको यो बिपताका बेला अर्जुनलाई फेसबुक मोबाइलमै सोझै साहायता गर्न माग गर्दै आएका छन् । भारतमा नेपाली नागरिकहरुले यतिबेला पाएको पीडा प्रति नेपाल सरकार निर्दयी होइन साहायता लागि अघि बढ्नु पर्ने भए पनि सरकारले चासो नदिंदा नागरिक मर्कामा परेको अर्जुन बताउछन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ