arrow

नेपालमा कोरोना संक्रमित २४३ पुगे, थपिएका २४ मा रुपन्देहीका १२ कपिलवस्तुका ८

पर्साका ३ र नवलपरासीका १ मा पनि भेटियो कोरोना 

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ वैशाख ३१ बुधबार
243-corona.gif

काठमाडौं। नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ। रातको ७ वजे ५० मिनेटमा अद्यावधिक तथ्य अनुसार २४ जना नयाँ संक्रमित थपिएका हुन्। 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंको प्रयोगशाला र प्राद्शिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा थप २४ कोरोना संक्रमण पुष्टी भएको हो।

नयाँ संक्रमितहरुमध्ये रुपन्देहीका ९ पुरुष र ३ महिला गरि १२ जना संक्रमित भएको पुष्टी भएको हो। त्यसैगरि कपिलवस्तुमा ८ जना पुरुषमा पनि कोरोना संक्रमण देखिएको हो।  

त्यसैगरि पर्साका २ पुरुष र एक महिलामा पनि कोरोना संक्रमण देखिएको छ भने नवलपरासीमा पनि एक पुरुषलाई कोरोना भएको पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले बताए। 

कपिलवस्तुमा भेटिएका कोरोना संक्रमित मध्ये ३ सुरक्षाकर्मी
कपिलवस्तुमा थपिएका नयाँ ८ संक्रमित मध्ये ३ जना सुरक्षाकर्मीलाई कोरोना भएको पुष्टी भएको सहकर्मी मणि गैह्रे जनाएका छन् । 

कृष्णनगरमा लिंक गेट र बजामर डियुटीमा खटिएका ३ जनामा कोरोना भएको पुष्टी भएको हो । प्रहरी स्रोत अनुसार राष्ट्रिय अनुसन्धानका एक असई तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका सई गरी ३ जनालाई कोरोना देखिएको हो । 

८ मध्ये ५ जना पहाडी मुलका रहेको प्रहरीले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरको बिज्ञप्तीमा कपिलवस्तुका ८ जनामा कोरोना पुष्टि भएको हो 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ