arrow

नेपालमा कोरोनाको फैलावट गम्भीर चरणमा, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीमा फैलनु असामान्य 

कपिलवस्तुमा ४ सुरक्षाकर्मी र एक स्वास्थ्यकर्मी कोराना संक्रमित, २० सुरक्षाकर्मीको रिपोर्ट आउन बाँकी 

logo
मणिप्रसाद गैह्रे, 
प्रकाशित २०७७ जेठ १ बिहिबार
corona-nepal-health.jpg

कपिलवस्तु । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या उल्लेख्य रुपले बढ्दै गएको छ । एक सयको संख्या पुग्न महिनौं लागे पनि त्यसपछि भने चार दिनमा डेढ सय सजिलै पुगेका छन् । 

बिहीबार बिहान ८ः३० बजेसम्म नेपालमा कोरोना भाइरस संक्रमित २५० पुगिसकेका छन् ।

भारतबाट आएका संक्रमितहरु बढी छन् । त्यसमाथि पछिल्लो समय कोरोना भाइरस संक्रमितसँग नजिक रहेर काम गरेका स्वास्थ्यकर्मी, सुरक्षामा खटिएका सुरक्षाकर्मी र समाचार संकलनमा खटिएका संचारकर्मी पनि संक्रमित हुनुलाई गम्भीर रुपमा लिइएको छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले स्वास्थ्यकर्मीलाई कोराना सर्नुलाई सामान्य रुपमा लिन नसकिने बताएका थिए । 

कपिलवस्तुमा ४ सुरक्षाकर्मी र एक संचारकर्मीमा कोराना
कपिलवस्तुमा थपिएका नयाँ ८ संक्रमितमध्ये  ४ जना सुरक्षाकर्मीलाई कोरोना भएको पुष्टि भएको छ । कृष्णनगरमा लिंक गेट र बजारमा डियुटीमा खटिएका ४ जनामा कोरोना भएको प्रहरी उपरिक्षक दीप शमशेर जबराले बताए । 

नेपाल प्रहरीका २, राष्ट्रिय अनुसंधान र सशस्त्र प्रहरीका एक एक जनामा कोरोना देखिएको हो । प्रहरी स्रोतका अनुसार राष्ट्रिय अनुसंधानका असई तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका सई गरी तथा नेपाल प्रहरीका एक हवल्दार ४ जनालाई कोरोना देखिएको हो । 

८ मध्ये ५ जना पहाडी मुलका रहेको प्रहरीले जनाएको छ । बुधबार साँझ थपिएका आठै जना संक्रमित कृष्णनगर नगरपालिका क्षेत्रको रहेको पाइएको छ ।

यससंगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ३८ पुगेको छ । भेटिएका ८ जना संक्रमितमध्ये ४ जना नगरपालिकाको महेन्द्र मावि क्वारेनटाइनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तु कोरोना फोकल पर्सन कुमार थापाले बताए । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार जिल्लाका ८ जनामा कोरोना पुष्टि भएको हो । क्वारेन्टाइनमा रहेका ५० जनाको स्बाब संकलन गरिएको मध्ये ८ जना संक्रमित भेटिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन भगतले बताए । 

कृष्णनगर क्षेत्रका अझै २० जनाको रिपोर्ट आउन बाँकी रहेको र अधिकांश सुरक्षाकर्मी रहेको प्रहरी उपरिक्षक जबराले बताए । भेटिएका संक्रमितको कन्टयाक्ट ट्रेसिङ र हिस्ट्री लिने कार्य जारी रहेको छ । 

दिउँसो मात्र कपिलवस्तु नगरपालिकाको वडा नं ४ का एक पुरुषमा संक्रमण देखिएको थियो । यशोधरा गाउपालिकामा १२, कपिलवस्तु नगरपालिामा ९ मयादेबी गाउँपालिकामा ४, बुद्धभूमि नगरपालिकामा २, शुद्धोदन गाउँपालिकामा एक जनामा कोरोना देखिएको हो । 

गत मंगलबारमात्र कपिलवस्तु अस्पतालमा कार्यरत एक नर्सलाई कोरोना देखिएको थियो । उनी संक्रमितको सम्पर्कमा आएकी थिइन् । 

त्यस्तै वीरगञ्जमा दुई संचारकर्मी पनि कोरोना संक्रमित भएका छन् । जनकपुरमा पनि संचारकर्मीमा कोरोना देखिएकव छ। यसले जटिलता थप पैदा गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ