arrow

तीन बालकसहित थप नौ जनामा सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या २६७

logo
प्रकाशित २०७७ जेठ २ शुक्रबार

काठमाडौं। कोभिड–१९ को सङ्क्रमण आज फेरि नौ जनामा देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल नेपालगञ्जमा परीक्षणका क्रममा नयाँ नौ जनामा सङ्क्रमण देखिएको बताए।

नयाँ सङ्क्रमितमा पर्साका चार जना, उदयपुरका एक जना, दाङका तीन जना र काठमाडौँका एक जनामा सङ्क्रमण देखिएको हो। तीमध्ये तीन जना बालक, दुई महिला र चार पुरुष रहेका छन्।

उनका अनुसार पर्सा वीरगञ्ज महानगरपालिकाका नौ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिला रहेका छन्। यसैगरी उदयपुरको त्रियुगा नगरपालिकाका २५ वर्षीय पुरुष, दाङको गढवा गाउँपालिका वडा नं  ४ र ५ का २३ र ३६ वर्षीय पुरुष तथा तुलसीपुर उपमहानगरपालिकाका ३४ वर्षीय पुरुष रहेका छन्। 

यसैगरी नयाँ देखिएका सङ्क्रमिमध्ये काठमाडौँ सतुगङ्लका सात वर्षीय बालकसमेत रहेका छन्। योसँगै सङ्क्रमितको सङ्ख्या २६७ पुगेको छ। यसअघि आज नै आठ जना बाँके र एक जना मकवानपुर गरी नौ जनामा देखिएको थियो। मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार सङ्क्रमितको अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ