arrow

डा. खड्काको पहल पछि त्रियुगा नदि नियन्त्रण सरकारको नीति तथा कार्यक्रममा 

logo
विश्वराज तामाङ,
प्रकाशित २०७७ जेठ ३ शनिबार
bidhya-bhandari-dr-narayan-khadka.jpg

उदयपुर। त्रियुगा नदिको कारण बर्षेनी समस्या भोग्दै आएका उदयपुरबासीको लागि अब भने खुसी मिल्ने भएको छ । उदयपुर प्रतिनिधि सभा १ का सांसद डा. नारायण खड्काको विशेष पहलमा उदयपुरको त्रियुगा नदि नियन्त्रणको योजना सरकारको निति तथा कार्यक्रममा समावेश गरिएसँगै जिल्लाबासीहरु खुसी भएका छन् ।

सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम शुक्रबार ल्याएको हो । संघिय सदनको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपती विद्यादेवी भण्डारीले प्रस्तुत गर्नु भएको निति तथा कार्यक्रममा उदयपुरको त्रियुगा नदि नियन्त्रण कार्यलाई विशेष प्राथमिकतामा राखिने भएको हो । सरकारले आगामी बर्षको लागि तयार गरेको निति तथा कार्यक्रमको २२१ नम्बरमा “त्रियुगा नदि नियन्त्रण कार्य अगाडि बढाईनेछ । नदी उकासबाट प्राप्त जमिनमा कृषि उत्पादन बृद्धि गर्नुका साथै रोजगारीका अवसर सिर्जना गरिनेछ । ” भनी उल्लेख गरिएको छ ।  

डा. नारायण खड्काले बैशाख २६ गते राष्ट्रपती विद्यादेवी भण्डारीसंगको भेटमा उदयपुर कोरोनाको उच्च जोखिममा रहेको जानकारी गराउदै यथासक्य स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्रीको लागि पहल गरेका थिए। सो भेटमा त्रियुगा नदि नियन्त्रण सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रममा समावेश गर्नका लागि विशेष आग्रह गरेका थिए।  

डा. खड्काकै पहलमा उदयपुरको त्रियुगा नदिले बर्षेनी हुने जनधनको क्षती नियन्त्रण र बढ्दै गएको मरुभुमीकरणको समस्या समाधानको लागि यस अघि उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रायलले त्रियुगा नदि र सहायक नदी र खहरेको दिर्घकालिन नियन्त्रण र व्यवस्थापनको लागि त्रियुगा नदि नियन्त्रण गुरु योजना तयार पारी स्वीकृत समेत गरी कार्यान्वनमा आईसकेको छ । यता राष्ट्रिय योजना आयोगले समेत त्रियुगा नदि नियन्त्रण गुरु आयोजनाको लागि वहुवर्षीय ठेक्का सम्झौता सहमति सम्बन्धि अर्थ मन्त्रालयवाट स्रोत सुनिश्चित हुने गरी सहमती प्रदान यस अघिनै भैसकेको छ । 

हालसम्म त्रियुगा नदि नियन्त्रणको लागि गुरु योजना तयारदेखि अर्थ मन्त्रालयबाट समेत स्रोत सुनिश्चितको काम भैसकेकाले चालु आर्थिक बर्षबाट आन्तरिक तथा वाह्य स्रोत सुनिश्चीत गरी पाँच बर्ष भित्र गुरु योजना अनुसार नदिलाई नियन्त्रण गर्नका लागि डा. खड्काले पहल गरेका थिए। 

त्रियुगा नदिका कारण उदयपुरको त्रियुगा, चौदण्डि र वेलका नगरपालिकाका स्थानिय नागरिकहरुले बर्षेनी सास्ती खेप्दै आउनु परेको छ । स्थानियहरुको खेतीयोग्य जमिन कटानसंगै मरुभुमीकरण हुने क्रम बढ्दै जाँदा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व शहरी विकास मन्त्री समेत रहेका डा. नारायण खड्काले विशेष पहल गर्दै आएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ