arrow

सिन्धुपाल्चोककी सुत्केरीको कोरोनाकै कारण मृत्यु भएको पुष्टी 

कोरोना संक्रमितको संख्या पनि २८१ पुग्यो

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ ३ शनिबार
nepal-first-death-corona.gif

काठमाडौं। धुलिखेलमा मृत्यु भएकी सिन्धुपाल्चोककी सुत्केरीको महिलाको कोरोनाकै कारण भएको पुष्टी स्वास्थ्य मन्त्रालयले गरेको छ। 

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तीमा सिन्धुपाल्चोककी २९ बर्षिय सुत्केरी महिला कोभीड १९ कै कारण मृत्यु भएकी पहिलो व्यक्ति भएको जनाइएको छ। 

श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि धुलिखेल अस्पतालमा ल्याइएकी ति सुत्केरी महिलाको अस्पतालमा भर्ना गरेको बिहिवारकै दिन निधन भएको थियो। यद्यपी सुत्केरी महिलाको बारेमा धुलिखेल अस्पतालले प्रष्ट सूचना समयमै नदिदा स्थानियमा अन्यौल र आशंका बढेको थियो। 
 
बिहिवार निधन भएकी बाह्रबिसेकी सुत्केरी महिलाको पीसीआरको प्रारम्भिक रिपोर्टमा कोरोना पोजेटीभ देखिएपछि प्रमुख जिल्ला अधिकारीको नेतृत्वको विपद व्यवस्थापन समितिको वैठक बसी धुलिखेल अस्पताललाई सील गरेको थियो। 

अस्पताल सील गरि अस्पतालका विरामी र स्वास्थ्यकर्मीहरुलाई कसरी सुरक्षित राख्ने भन्ने बारेमा छलफल भइरहेको स्थानिय पत्रकार बद्रीराज तिमिल्सिनाले जानकारी दिए।   

त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा वैशाख २३ गते सुत्केरी भइ २४ मा बाह्रबिसे गएकी चालिसे थरकी ति महिलामा कोरोनाको प्रारम्भिक लक्षण देखिएपछि उपचारका लागि उनी धुलिखेल अस्पतालमा रहेको कोरोना विशेष वार्डमा आइपुगेकी थिइन।   

बिहिवार राती ९ वजेतिर अस्पतालमा आइ भर्ना भएकी उनको सोहि राती नै निधन भएको थियो। उनको निधनसँगै उनको स्वाब परिक्षण गरिएको थियो। अस्पतालमै गरिएको परिक्षणमा उनको रिपोर्टमा कोरोना पोजेटीभ देखिएपछि थप परिक्षणका लागि स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो।

अस्पतालका कोरोना फोकल पर्सन तथा प्रवक्ता डा सुमन ताम्राकारले भने दोस्रो परिक्षणका लागि स्वाब टेकु पठाइएको बताएका थिए। उनको टेकुको प्रयोगशालामा पनि परिक्षण पोजेटीभ आएको थियो। 

टेकुको रिपोर्ट आउन बाँकी रहेकै अवस्थामा पनि जिल्लाको विपद व्यवस्थापनको वैठक बसी सतर्कता अपनाइएको थियो। दोस्रो रिपोर्ट आएपछि उनको शब काठमाडौं टेकुस्थित अस्पतालमा ल्याइएको थियो। त्यहाँबाट उनको शब अन्तिम संस्कारको लागि के गर्ने भन्ने टुंगो लगाइने बताइएको छ। 

यसैबीच दुई नयाँ संक्रमित पनि थपिएर २८१ जना कोरोना संक्रमित पुगेका छन्। धनुषाका २० र ६५ बर्षिय दुई पुरुषमा कोरोना संक्रमण देखिएको हो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ