arrow

नेपालमा कोरोना संक्रमितको क्रम बढ्दो, २९१ पुगे, बिहानै १० जना थपिए

logo
प्रकाशित २०७७ जेठ ४ आइतबार
corona-nepal-health.jpg

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ । आइतबार बिहान १० जना थपिएसंगै संक्रमितको संख्या २९१ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षण अनुसार नयाँ पुष्टि भएका कोरोना संक्रमितको संख्या १० रहेको छ । 

आइतबार बिहान ७ः१५ बजेको समय राखेर अद्यावधिक गरिएको उक्त विज्ञप्तिमा थपिएका १० जनामा रौतहट राजपुर नगरपालिका परहदवा ९ निवासी १८, ३२, ३६, ३९, ४२, ४८ वर्षका पुरुषहरु तथा रौटहट इशनाथ नगरपालिका ३ र ५ का निवासीहरु २८, ३० र ३३ वर्षीय पुरुषहरु रहेका छन् । 

उनीहरुको स्वास्थ्य सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् । 

शनिबार मात्रै कोरोनाबाट नेपालमा एक सुत्केरी महिलाको मृत्यु भएको पुष्टि भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ