arrow

४९ देशका तीन सय सहरमा कोरोना प्रभावित नेपालीलाई एनआरएनएद्धारा सहयोग

logo
प्रकाशित २०७७ जेठ ४ आइतबार

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरसबाट प्रभावित देशहरुमा राहत वितरण भैरहेको जनाएको छ ।

संघका महासचिव डा हेम राज शर्माका अनुसार ४९ देशका ३ सय शहरमा १ हजार ६ सय भन्दा बढी स्वयमसेवक र स्वास्थ्य सेवामा ७० भन्दा बढी मेडिकल चिकित्सकहरु परिचालन गरिएको छ ।

संघका अनुसार शनिवार साँझ सम्म ३८ हजार भन्दा बढी गैरआवासीय नेपालीहरुले प्रत्यक्ष र ४० हजार भन्दा बढीले परामर्शसेवा प्राप्त गरेका छन् ।

मलेसिया, युएई, साउदी अरब, कुबेत, बहराइन, स्पेन, प्रोतुगल, इटाली, माल्टा, साइप्रसमा  संघले करिब ५५ लाख रुपैयाँ आर्थिक सहयोग समेत पठाएको संघका कोषाध्यक्ष महेश श्रेष्ठले जानकारी दिए । 

स्वास्थ्य समितिले विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत तीन दर्जन नेपाली चिकित्सक, नेपाली कुटनीतिक नियोग, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघसंस्थाद्धारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर हरेक आइतवार विदेशमा रहेका नेपालीहरुको कोरोना संक्रमणको अनुमानित तथ्यांक सार्वजनिक गर्दै आएको छ ।

यसअघि संघले अध्यक्ष कुमार पन्तको अध्यक्षतामा ‘कोभिड १९’ उच्चस्तरिय समिति गठन गरेर विभिन्न उपसमिति गठन गरि विश्वभर राहतको लागि अभियान संचालन गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ