arrow

घरभित्र चितुवा मृत फेला

logo
प्रकाशित २०७७ जेठ ४ आइतबार
leopard1.jpg

गोरखा । गोरखाको पालुङटार नगरपालिका–९ घडेरीखोलास्थित मानव बस्तीभित्र आइतबार एउटा चितुवा मृतावस्थामा भेटिएको छ । शरीरमा कतै पनि चोटपटक नलागेको अवस्थामा बयस्क पोथी चितुवा मृतावस्थामा फेला परेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख तोयानाथ पौड्यालले जानकारी दिए ।

“चितुवा मृत फेला परेको ठाउँमा वरपर चितुवाले दिसा र बान्ता गरेको समेत पाइएको छ”, उनले भने, “शरीरमा कतै पनि चोटपटक देखिएको छैन ।” मृतावस्थाको चितुवाकोे प्रकृति हेर्दा बिष खुवाएर मारेको हुनसक्ने आङ्शका वन कार्यालयले गरेको छ । उक्त मृत चितुवा घडेरीखोलाको बस्ती बीचमा रहेको एउटा घरभित्र फेला परेको उनले बताए ।

स्थानीयवासीले बयस्क चितुवा मर्न लागेको अवस्थामा भेटिएको भनेर जानकारी गराएपछि तत्काल उद्धारका लागि वन कार्यालयबाट टोली पुग्दा चितुवा मरिसकेको पाइएको प्रमुख पौड्यालको भनाइ छ । चितुवा विष खुवाएर मारेको आशङ्कामा कार्यलयले अनुसन्धान शुरु गरेको उनले बताउनुभयो । “यसरी नै म¥यो भन्न सकिहाल्ने अवस्था छैन”, प्रमुख पौड्यालले भने, “घटनाको सबै प्रकृति हेर्दा शङ्कास्पदजस्तो पनि देखिन्छ, मृत्युको कारण पत्ता लगाउन परीक्षणको तयारी भइरहेको छ ।”

उनले मृत चितुवाको परीक्षणका लागि चितवनस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा लैजाने तयारी भएको बताउनुभयो । “परीक्षणपछि कालगतिले मरेको हो वा होइन भन्ने पुष्टि हुन्छ”, उनले भने । यसअघि गएको शुक्रबार पनि जिल्लाको पालुङटार नगरपालिका–२ जामुुनेस्थित जङ्गलछेउमा एउटा चितुवा मृतावस्थामा फेला परेको थियो । शुक्रबार मृत फेला परेको चितुवा भने कालगतिले मरेको पाइएको उहाँको भनाइ छ । जिल्लामा गएको तीन दिनभित्रमा दुई चितुवा मृत फेला परिसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ