arrow

मंगलबार कतिबेला छ उत्तम समय, किन गर्नुहुँदैन राहुकालमा शुभकार्य ?

राशिफलसहित

logo
ज्यो. हरि पन्त, 
प्रकाशित २०७७ जेठ ६ मंगलबार
rashifal-horoscope.jpg

आजको पञ्चांग 
आज मिति २०७७ जेष्ठ ६ गते मंगलबार, इस्वी संवत मे १९ तारिख सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४०, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । 

चान्द्रमान अनुसार ज्येष्ठकृष्णपक्ष बछलागा चलिरहेको छ । सौरमान अनुसार आज ज्येष्ठकृष्णपक्षको द्धादशी तिथि ३१ घटि ५६ पला अर्थात साँझमा ६ बजेर १ मिनेटसम्म त्यसउप्रान्त त्रयोदशी तिथि लाग्नेछ । आज रेवती नक्षत्र, विष्कुम्भादि योगमा आयुष्मान, करणमा गर, आनन्दादि योगमा शुभ रहनेछ । 

सूर्य वृष राशिमा, चन्द्रमा मीन राशिमा रहनेछ । आज दिनमान ३३ घटि ५१ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रही बिहान ठीक ५ बजेर १५ मिनेटमा जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ बजेर ४७ मिनेटमा हुनेछ । 

आजको राशिफल
मेषः समय ठीक छैन । जे काम गर्न खोज्यो बाधामात्रै पर्न सक्नेछ । काम गर्ने वातावरण पनि राम्रो नमिल्ने, जता गयो काममा ढिलासुस्ती हुनाले तपाईंको मन पनि अस्थिर भइरहने छ । आँटेका, शुरु गरेका काम थोरै पूरा हुने, धेरै अधूरा रहने छन् । ठूलो लगानी नगर्नु नै वेस हुनेछ । 

वृषः समय शुभ रहनेछ । आम्दानीका नयाँ स्रोत थपिने देखिन्छ । जमिनसम्बन्धी जुनसुकै पेशा अथवा नगदेवालीमा आधारित कामबाट फाइदा राम्रै पाइने देखिन्छ । धार्मिक कार्यक्रममा दिन बित्नेछ । पुराना इष्टमित्र एक्कासी भेट होलान् । आज तपाईं जे चाहनु हुन्छ त्यो काम बन्ने छ ।

मिथुनः समय मध्यम खालको छ । स्वास्थ्यमा खासै खराबी नआउला । आँटेका काम सबै पूरा नभए पनि हतासको अनुभव नगरी लागि पर्दा राम्रो हुनेछ । आज ठूलो लगानी गर्नु जोखिमपूर्ण छ । त्यसकारण तत्काल पेशा परिवर्तन, ठूलो लगानी, कसैलाई नगद पैसा दिने काम नगर्नु नै वेश हुनेछ ।

कर्कटः समय खराब छ । चुनौतीहरूसँग जुध्नुपर्नेछ । व्यवहारिक समस्याले योजना रोकिन सक्छ । प्रगतिमा ईश्या गर्नेहरूले दुःख दिनेछन् । मिहिनेतको नतिजा चित्तबुझ्दो नआउन सक्छ । बलजफ्ती गर्ने बानीले आफैंलाई समस्या निम्त्याउन सक्छ । आज साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ने देखिन्छ ।

सिंहः समय शुभ छैन । अस्वस्थता र कमजोरी अनुभूति हुनेछ । चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ने, हुलमुलमा धनमाल गुम्न सक्छ । खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ । अवसरको खोजीमा दौडधुप गर्नुपर्ला । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । 

कन्याः समय राम्रो छ । सुन्दर पहिरनले व्यक्तित्व निखार्ने समय छ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। व्यापारमा राम्रो फाइदा लिन सकिनेछ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुनेछ । 

तुलाः मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । कामको चापबाट फुर्सद पाइनेछ । व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ । विभिन्न सहयोग हातलागी हुनेछ । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । रमाइलो यात्रा गर्ने साइत जुर्नेछ । टाढिएका साथीभाइसँग आज भेटघाट हुनेछ ।

वृश्चिकः  आफन्त पर्ने व्यक्ति नै काममा बाधा पु¥याउने देखिन्छ । मनमा ढुक्कपन नहुने, जे काम गर्न खोज्यो विना पैसा काम नबन्ने देखिन्छ । पेट वा शरीरको कुनै भागमा चोट लाग्ने बलियो सम्भावना छ । गाडी चलाउँदा विशेष ख्याल गर्नु होला । समयमा खाना खान नपाइनाले स्वास्थ्यमा समस्या देखिनेछ । 

धनुः समय अत्यन्तै खराब छ । धेरै चिन्ता र तनाउले तपाईंको स्वास्थ्य बिगार्न सक्छ । तपाईंले मानसिक स्पष्टता कायम गर्न भ्रम र निराशा त्याग गर्नु पर्नेछ । आज अत्यन्तै थकित महसुस हुनेछ । कामको व्यस्तताले तपाईंलाई रिसाहा बनाउन सक्छ । आज समय खराब रहेकाले सतर्क हुन आवश्यक छ । 

मकरः स्वास्थ्य मध्यम राम्रो रहनेछ । सन्तुलित भोजन र शारीरिक व्यायाम राम्रो भएमा स्वास्थ्य ठीकठाक रहनेछ । नौलो ठाउँ, नौला व्यक्तिसँगको भेटघाटले मनमा प्रशन्नताको अनुभव हुनेछ । आवश्यक पर्ने पैसाको जोहो, मेलोमेसो जुट्नेछ । आज टाढाको यात्रा पनि सजिलै हुने देखिन्छ । 

कुम्भः स्वास्थ्य भरपर्दो नरहला । खाने पिउने मामलामा ज्यादै ख्याल गर्नुहोला । पेट गड्बडीको सम्भावना बलियो छ । तपाईंका शत्रू जुनसुकै प्रकारले काम बिगारिदिने प्रयासमा लाग्नेछन् । आज खर्च गरेका, लगानी गरेका कामको भविष्य राम्रो छैन । काम शुरु नगर्नु नै बेस । खानपानमा विशेष सतर्क हुनुहोला ।

मीनः  आज पदीय प्रमोशन अथवा पैसा परिश्रम अनुसारको हात पर्ने समय रहेको छ । बच्चाहरुसँग खेल्नाले तपाईंलाई धेरै शान्तिको अनुभव हुनेछ । पुराना मित्रले साँझ तपाईंलाई फोन गरेर घरको सम्झना दिलाउन सक्छन् । आज पश्चिम दिशाको यात्राले फाइदा मिल्नेछ ।

साइतः आज चन्द्रमा मीन राशिमा रहनेछ । त्यसैले पश्चिम बाहेक अन्य कुनै पनि दिशाको यात्रा गर्नु ठीक छैन । आज मंगलबार उत्तर दिशाको यात्रा गर्नु शुभ मानिंदैन । 

आजको शुभ लाभादि बेला 
बिहान ५ः१५बजेदेखि         ६ः४५ बजेसम्म        रोग बेला
बिहान ६ः४५ बजेदेखि         ८ः१५ बजेसम्म        उद्धेग बेला
बिहान ८ः१५ बजेदेखि         ९ः४५ बजेसम्म        चर बेला
बिहान ९ः४५ बजेदेखि        ११ः१५ बजेसम्म        लाभ बेला
दिउँसो ११ः१५ बजेदेखि        १२ः४५ बजेसम्म        अमृत बेला
दिउँसो १२ः४५ बजेदेखि      २ः१५ बजेसम्म         काल बेला
दिउँसो २ः१५ बजेदेखि        ३ः४५ बजेसम्म        शुभ बेला
दिउँसो ३ः४५ बजेदेखि        ५ः१५ बजेसम्म        रोग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय ः दिनमा ३ः०० देखि ४ः३० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोटः यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ