arrow

बिबाद बढेपछि नरैनापुरका ५९ कोरोना संक्रमितलाई नेपालगन्ज र कोहलपुर लगिदै

logo
सौरभ गिरी,
प्रकाशित २०७७ जेठ ६ मंगलबार
corona-patient-transfer.gif

नेपालगन्ज । बाँके नरैनापुरका संक्रमित ५९ जनालाई नेपालगन्ज-खजुरा रोडस्थित लायन्स डेन्टल अस्पताल र कोहलपुर पिपिरीस्थित कृषि तालिम केन्द्रमा राखिने भएको छ ।

३६ जनालाई कृषि तालिम केन्द्र र २३ जनालाई डेन्टल अस्पतालमा राखिने जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

यसअघि नरैनापुर २ लक्ष्मणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राख्ने भनिएपनि न्युनतम् पूर्वाधार नभएको ठाउँमा राख्न नहुने दबाबपछि उनीहरुलाई नेपालगन्ज ल्याउन लागिएको हो । 

बत्ती समेत नभएको स्थानमा कोरोना बिरामीलाई राखिनु हुदैन् भन्ने बिबाद बढेपछि बाँके प्रशासनले निर्णय गर्दै कोहलपुर र नेपालगन्जमा लैजान जानकारी गराएको हो।

 प्राथमिक स्वास्थ्य केन्द्र लक्ष्मणपुरका हेल्थ असिस्टेन्ट नवीन बुढा क्षेत्रीले संक्रमितहरुलाई आफूहरुले आइसोलेट गरेर राखेको बताउँदै संक्रमितलाई लैजान एम्बुलेन्स कुरेर बसेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ