arrow

चक्रवात अम्पुन : आँधीका कारण बङ्गलादेशका फेरी सेवाहरू अवरूद्ध

logo
एएनआई,
प्रकाशित २०७७ जेठ ६ मंगलबार
amphan-cyclon-bangledesh.jpg

ढाका। बङ्गलादेशले अम्पुन नाम दिइएको आँधीका कारण कैयौँ प्रमुख जलमार्गहरूमा फेरी सेवा अवरूद्ध बनेका छन्। बङ्गलादेशको आन्तरिक जल यातायात कर्पोरेसनका अनुसार आँधीका कारण प्रभावित बनेका जलमार्गहरूमा पाटुरिया–दौलतदिया, शिमुलिया–काथलबारी, चन्दपुर–शरितपुर, भोला–लक्ष्मीपुर र भेदुरिया–लाहारहट रहेका ढाका ट्रिबुनले जानकारी गराएको छ।

बङ्गलादेश मौसमविज्ञान विभागद्वारा मङ्गलबार जारी विशेष बुलेटिनमा अम्फानले पश्चिम–मध्य बङ्गाल र वरपरका क्षेत्रमा उत्तरबाट उत्तरपूर्वतर्फ करिब २२५ किलोमिटर प्रतिघण्टाको गतिमा अघि बढेको बताइएको छ। अम्पुन उत्तरबाट उत्तरपूर्व दिशा हुँदै मध्यरातमा खुल्ना–चट्टोग्राम पुग्ने र यसको प्रभाव बुधबार साँझसम्म रहनेछ। सुपर साइक्लोनको केन्द्र रहने क्षेत्रमा समुद्रमा निकै उच्च छालहरू आउने बताइएको छ।

हामीले सामुद्रिक तट नजिकमा रहेका गाउँका करिब १२ हजार व्यक्तिलाई सुरक्षित स्थानमा सार्ने तयारी भएको छ। विभागले माछा मार्न प्रयोग हुने सबै डुङ्गा तथा माझिहरूलाई तत्काल उत्तरको खाडीबाट सुरक्षित स्थानमा जान र अर्को सूचना जारी नहुँदासम्म नफर्कन निर्देशन दिएको छ। अम्पुनको प्रभाव उत्तरपूर्वी भारतमा निकै प्रभाव पार्ने र यसको अप्रत्यक्ष प्रभाव नेपालको पूर्वी तथा मध्य क्षेत्रमासमेत पर्ने बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ