पाकिस्तानमा कोरोनाबाट ४३ हजार बढी सङ्क्रमित, ९३९ को मृत्यु
एएनआई,
प्रकाशित २०७७ जेठ ६ मंगलबार
862
Shares
इस्लामावाद। पाकिस्तानमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ४३ हजार ९६६ पुगेको मङ्गलबार पाकिस्तानी अधिकारीले बताएका छन्। विगत २४ घण्टामा पाकिस्तानमा एक हजार ८४१ व्यक्ति सङ्क्रमित भएका छन्। सङेक्रमितमध्ये ९३९ व्यक्तिको अहिलेसम्म मृत्यु भएको छ भने ३६ सङ्क्रमितको विगत २४ घण्टामा मृत्यु भएको हो।
पाकिस्तानी समाचार संस्था जिओ न्यूजका अनुसार पाकिस्तानको सबैभन्दा बढी प्रभावित सिन्ध राज्यमा १७ हजार २४१ व्यक्ति सङ्क्रमित रहेका छन्। त्यसैगरी पञ्जावमा १५ हजार ९७६, ख्यबर पाकतुङ्ख्वामा छ हजार २३०, बालोचिस्तानमा दुई हजार ८२० गिलगित बाल्टिस्तानमा ५५०, इस्लामावादमा एक हजार ३४ र पाकिस्तान प्रशासित काश्मिरमा ११५ जना सङ्क्रमित रहेका छन्।
सङ्क्रमितमध्ये १२ हजार ८८९ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन्।