रूसी प्रधानमन्त्री मिशुस्तिन कोभिड–१९ को उपचारपछि काममा फिर्ता
एएनआई,
प्रकाशित २०७७ जेठ ६ मंगलबार
897
Shares
मस्को। रूसी प्रधानमन्त्री मिखाएल मिशुस्तिन कोभिड–१९ को उपचारपछि मङ्गलबार काममा फर्किएको रूसी प्रशासन केन्द्र क्रेमलिनले जानकारी गराएको छ। उनले आफुलाई कोरोनाभाइरसको सङ्क्रमण भएको भन्दै गत अप्रिल ३० मा उपचारका लागि नियमित जिम्मेवारीमा उपस्थित हुन नसक्ने जानकारी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दिएका थिए।
मिशुस्तिन विरामी भएका कारण अनुपस्थित रहँदा उनीबाट सम्हाल्दै आएको प्रधानमन्त्रीको जिम्मेवारीलाई राष्ट्रपतिको निर्देशनमा उपप्रधानमन्त्री एनड्रे बेलोउसोभले कार्यबहाक प्रधानमन्त्रीका रूपमा सम्हाल्दै आएका थिए।
प्रधानमन्त्री निको भएर काममा फकिने जनाएपछि मिशुस्तिनले पुनः प्रधानमन्त्री र बेलोउसोभले उप प्रधानमन्त्रीको हैसियतमा आफ्नो जिम्मेवारी सम्हाल्ने गरी राष्ट्रपति पुटिनले तोकेको क्रेमलिनले जनाएको छ।