arrow

विश्वमा कोरोनाबाट एकैदिन थपिए ९५ हजार संक्रमित, यस्तो छ शीर्ष ३२ देशको लेखाजोखा 

logo
प्रकाशित २०७७ जेठ ७ बुधबार
corona5.jpg

काठमाडौं । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बुधबार बिहानसम्म ४९ लाख ८३ हजार पुगेको छ । एकैदिन ९५ हजार नयाँ संक्रमित थपिएका छन् । 

मृतकको संख्या अहिलेसम्म ३ लाख २४ हजार ५५४ पुगेको छ । २४ घण्टामा ४ जार ५८९ जना नयाँ मृतक थपिएका छन् । 

निको हुनेको संख्या १९ लाख ५६ हजार ३६१ जना मात्रै रहेको छ । 

२१३ देश तथा प्रशासित क्षेत्रहरुमा फैलिएको कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा  संक्रमितको संख्या १५ लाख ७० हजार ५८३ पुगेको छ । ९३ हजार ५३३ जनाको ज्यान गएको छ । 

दोस्रो स्थानको रुसमा २ लाख ९९ हजार ९४१ जना संक्रमित हुँदा मृतकको संख्या २ हजार ८३७ पुगेको छ । 

तेस्रो स्थानको स्पेनमा संक्रमित २ लाख ७८ हजार ८०३ जना संक्रमित हुँदा मृतकको संख्या २७ हजार ७७८ जना पुगेका छन् । 

चौथो स्थानमा पुगेको ब्राजिलमा २ लाख ७१ हजार ८८५ जना संक्रमित हुँदा मृतक १७ हजार ९८३ पुगेको छ । 

पाँचौ स्थानमा बेलायत रहेको छ । बेलायतमा संक्रमितको संख्या २ लाख ४८ हजार ८१८ पुगेको छ । मृतक ३५ हजार ३४१ रहेका छन् । 

छैटौं स्थानको इटालीमा २ लाख २६ हजार ६९९ जना संक्रमित हुँदा ३२ हजार १६९ जनाको ज्यान गएको छ । 

सातौं स्थानको फ्रान्समा १ लाख ८० हजार ८०९ जना संक्रमित हुँदा २८ हजार २२ जनाको ज्यान गएको छ । 

आठौं स्थानको जर्मनीमा १ लाख ७७ हजार ८२७ जना संक्रमित हुँदा ८ हजार १९३ जनाको ज्यान गएको छ । 

नवौं स्थानको टर्कीमा १ लाख ५१ हजार ६१५ जना संक्रमित हुँदा ज्यान गुमाउनेको संख्या ४ हजार १९९ छ । 

दशौं स्थानको इरानमा १ लाख २४ हजार ६०३ जना संक्रमित हुँदा ७ हजार ११९ जनाको ज्यान गएको छ । 

११ औं स्थानको भारतमा १ लाख ६ हजार ४७५ जना संक्रमित भएका छन् । ३ हजार ३०२ जनाको ज्यान गएको छ । 

१२ औं स्थानमा पेरु रहेको छ । संक्रमितको संख्या ९९ हजार ४८३ जना रहेकामा मृतकको संख्या २ हजार ९१४ रहेको छ । 

१३ औं स्थानको चीनमा ८२ हजार ९६० जना संक्रमित हुँदा ४ हजार ६३४ जनाको ज्यान गएको छ । 

१४ औं स्थानको क्यानडामा ७९ हजार ११२ जना संक्रमित हुँदा ५ हजार ९१२ जनाको ज्यान गएको छ । 

१५ औं स्थानको साउदी अरेबियामा ५९ हजार ८५४ जना संक्रमित हुँदा मृतक ३२९ पुगेका छन् ।

१६ औं स्थानको बेल्जियममा ५५ हजार ७९१ जना संक्रमित हुँदा ९ हजार १०८ जनाको ज्यान गएको छ । 

१७ औं स्थानको मेक्सिकोमा ५१ हजार ६३३ जना संक्रमित हुँदा ५ हजार ३३२ जनाको ज्यान गएको छ । 

१८ औं स्थानको चिलीमा ४९ हजार ५७९ जना संक्रमित हुँदा ५०९ जनाको ज्यान गएको छ । 

१९ औं स्थानको नेदरल्यान्डमा ४४ हजार २४९ जना संक्रमित हुँदा ५ हजार ७१५ जनाको मृत्यु भएको छ ।

२० औं स्थानको पाकिस्तानमा ४३ हजार ९६६ जना संक्रमित हुँदा ९३९ जनाको ज्यान गएको हो । 

२१ औं स्थानको कतारमा संक्रमितको संख्या ३५ हजार ६०६ हुँदा १५ जनाले ज्यान गुमाएका छन् । 

२२ औं स्थानको इक्वेडरमा ३४ हजार १५१ जना संक्रमित हुँदा २ हजार ८३९ को ज्यान गएको छ ।

२३ औं स्थानको बेलारुसमा ३१ हजार ५०८ जना संक्रमित हुँदा १७५ जनाको ज्यान गएको छ ।

२४ औं स्थानको स्वीडेनमा ३० हजार ७९९ जना संक्रमित हुँदा ३ हजार ७४३ जनाको ज्यान गएको हो ।

२५ औं स्थानको स्वीटजरल्यान्डमा ३० हजार ६१८ जना संक्रमित हुँदा १ हजार ८९१ जनाको ज्यान गएको छ ।  

२६ औं स्थानको पोर्चुगलमा २९ हजार ४३२ जना संक्रमित हुँदा १ हजार २४७ जनाको ज्यान गएको छ ।

२७ औं स्थानको सिंगापुमा २८ हजार ७९४ जना संक्रमित हुँदा २२ जनाको मात्र ज्यान गएको छ ।

२८औं स्थानको बंगलादेशमा २५ हजार १२१ जना संक्रमित हुँदा ३७० जनाको ज्यान गएको छ ।

२९ औं स्थानको युएईमा २५ हजार ६३ जना संक्रमित हुँदा २२७ जनाको ज्यान गएको छ ।

३० औं स्थानको आयरल्यान्डमा २५ हजार १२१ जना संक्रमित हुँदा १ हजार ५६१ जनाको ज्यान गएको छ ।

३१ औं स्थानको पोल्यान्डमा १९ हजार २६८ जना संक्रमित हुँदा ९४८ जनाको ज्यान गएको छ । 

३२ औं स्थानको युक्रेनमा १८ हजार ८७६ जना संक्रमित हुँदा ५४८ जनाको ज्यान गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ